Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी ६ लेन सडकमा राखिएका डिभाईडर हटाउन थालिएको छ। डिभाईडरले सवारी दुर्घटना बढेको भन्दै धनगढी उपमहानगरपालिकाको सहकार्य र मोहना अत्तरिया ६ लेन सडक खण्डको सहयोगमा मोहना अत्तरिया ६ लेन सडक खण्डमा राखिएका डिभाईडर हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। सवारी दुर्घटना न्युनिकरण तथा सडकमा नै हुने पार्किङलाई निरुत्साहित पार्न उक्त मोहना अत्तरिया ६ लेन सडक खण्डमा राखिएका डिभाईडर हटाउने कार्य सुरु भएको जनाएको छ। यस्तै साईकल चालकले सडक प्रयोग गर्दा बाँया लेनको प्रयोग, साईकलमा रिफ्लेकटिभ स्टिकरको प्रयोग, सडक क्रस गर्दा अपनाउनु पर्ने सावधानि र रातिको समयमा टल्कने जाकेटको अनिवार्य प्रयोग गर्ने समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय…

Read More

धनगढीः कैलालीबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाडा बस्दै आएका २४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट खानीडाडा कैलालीले धानुकलाई पक्राउ परेको हो। लागुऔषध चरेस मुद्दामा जिल्ला अदालत बझाङ्गको २०७६ मंसिर १८ गतेको फैसला आदेशअनुसार ८ महिना २९ दिन कैद र पाँच हजार जरिवाना तोकिएका धानुक फरार थिए। बझाङ्ग जिल्लाको साविक दहबगर गाविस वडा नम्बर ३ स्थायी घर भई हाल चुरे गाउपालीका–५ खानीडाडा बस्दै आएका धानुकलाई शुक्रबार पक्राउ गरिएको हो।

Read More

बैतडीः दशरथचन्द नगरपालिका–८ त्रिपुरा पुजारागाउँबाट प्रहरीले अवैध लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। २ सय ८० ग्राम चरेशसहित सोही ठाउँ बस्ने ५० वर्षीय नारायण सिंह थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले थापाको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा उक्त चरेशसहित फेला पारेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ।

Read More

धनगढीः पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष नेता डा. भीमबहादुर रावल। जसले नेकपा एमालेमा हुँदा या बाहिर हुँदा जहिल्यै विधि, नीति र सिद्धान्तको कुरा गरिरहे, अहिले पनि गरिरहेकै छन्। संसद्‍मा होस् या बाहिर रावल देशको राष्ट्रिय स्वाभिमान र परराष्टसँग सम्बन्धित सवालहरूमा खरो उत्रिन्थे। उनको स्वभाव अहिले पनि उस्तै छ। उनै रावलले २०७८ मंसिरमा एउटा आँट गरे। चितवनमा भएको नेकपा एमालेको १०औँ महाधिवेशनमा केपी शर्मा ओली सर्वसम्मत रुपमा पार्टी अध्यक्ष बन्ने मुडमा थिए। तर, त्यही बेला सुदूरपश्चिमको कुना (अछामबाट) राजनीति सुरु गरेर चम्किएका रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिए। प्राविधिक रूपमा रावल ओलीसामु पराजित बने तर राजनीतिक रुपमा जितेको भन्दै ख्याती…

Read More

काठमाडौंः प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं छन् । यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब…

Read More

धनगढीः बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको बनारसी धाममा अगामी मंगलबार जात्रा लाग्ने भएको छ। सुर्नया नदी किनारमा रहेको बनारसी धाममा विशेष पुजाआजासहित १७ गते माघ सुक्लदशमीको दिन जात्रा लाग्ने भएको हो। यो धाममा सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थीहरु आउने गर्छन्। विशेषगरी यो जात्रामा यहाँ दलित समुदायका पुजारीबाट प्रशाद ग्रहण गर्ने प्रचलन छ। यसलाई जातिय सद्भावको रुपमा लिइने गरिन्छ भने कुनै विभेद नगरी सबै समुदायका व्याक्तिहरुले पुजाआजामा सहभागी भएर दलित समुदायका पुजारीबाट प्रशाद ग्रहण गर्दै आएका छन्। यसैबीच पाटन नगरपालिकाले बनारसी धाममा लाग्ने जात्राका लागि मंगलबार सार्वजनिक विदा समेत दिएको छ। बनारसी धाममा लाग्ने जात्राको अवसरमा…

Read More

धनगढीः धनकुटामा महोत्सव अन्तर्गत सांगितक कार्यक्रममा भागदौड हुँदा केही घाइते भएका छन्। गायक प्रमोद खरेलले गीत गाइरहँदा दर्शकहरूको धकेलाधकेलका कारण भागदौड मच्चिएको बताइएको छ। धनकुटा बजारको टुँडिखेलमा भएको कन्सर्टमा प्रमोद खरेलको प्रस्तुतिको क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए। धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मी अधिकारीले आफू घटनास्थलमा भएको भन्दै अहिले बोल्ने अवस्था नभएको बताए । घटनाका प्रत्यक्षदर्शीका अनुसार गेट ठेलेर एक हुल मान्छे छिरेपछि सयौं दर्शक लडेका थिए। दु्ईवटा एम्बुलेन्सले घाइते बोकेको आफूले देखेको उनले बताए। माघ ६ देखि जारी सांगितिक कार्यक्रम उक्त घटनापछि स्थगित गरिएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो ६ महिनाको अवधीमा ७२ जना कुष्ठ रोगी भेटिएका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७२ जना कुष्ठ रोगी भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। शनिबार धनगढीमा स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत मनोज ओझाले प्रदेशमा कुष्ठरोग बढ्दै गएको तथ्यांक सार्वजनिक गरेका छन्। उनकाअनुसार सबैभन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगी फेला परेका छन्। अहिलेसम्म कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोगीको उपचार भइरहेको छ। डोटीमा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २, २ र डडेल्धुरामा १ जना कुष्ठरोगी रहेको ओझाले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा २०५ जनामा…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्लोबल इजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–५ को हसनपुरस्थित ऐश्वर्या स्कुल नजिकै ग्लोबल इजुकेशन टे«निङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो। ग्लोबल इजुकेशनले सबै तह र विषयका तयारी कक्षा, ब्रिज कोर्ष, कम्युप्टर कक्षा, लोकसेवा आयोग तयारी कक्षा, शिक्षक सेवा आयोग कक्षा अध्यापन गराइने जनाएको छ। यस्तै बैंकिङ तयारी कक्षा, नेपाल प्रहरीका तयारी कक्षा, अंग्रेजी, कोरियन, जापानिज लगायतका भाषाको शिक्षण पनि गराइनेछ। इजुकेशनले दक्ष तथा विषय विशेषज्ञ शिक्षकबाट कक्षा सञ्चालन गरिने जनाएको छ।

Read More

बझाङः बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन्। जिल्लाको दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Read More