Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीको सौराई स्क्वायरले नारी दिवसका अवशरमा धनगढीका ९ जना महिलाहरुलाई सम्मान गरेको छ। १ सय १३ औँ अन्तराष्ट्रिय नारी दिवशका अवशरमा स्क्वायरले बिभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने महिलाहरुलाई सम्मान गरेको हो। नारी दिवशका अवशरमा धनगढीका निर्मला बागचन्द, सरिता कठायत, गोबिन्दी भट्ट, उन्नति चौधरी ,भारती कुवर, सुल्जित कौर, गिता आले, रमा चन्द र रुपा राइ लाई स्क्वायरले सम्मान गरेको हो। ९ वटै महिलाहरुलाई धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले प्रमाणपत्र तथा नगद प्रदान गर्दै सम्मान गरेकी हुन् । सम्मानपत्र वितरण गर्दै रानाले अबको बिकास मानविय बिकास रहेको बताइन् । मानविय बिकास भए मात्रै हरेक नारीले स सम्मान जिउन…

Read More

धनगढी : गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ। गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो। उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ। यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो। यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ। विवाहलाई राजेशपायलले गोप्य राखेका थिए। विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ।  विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए। गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो।

Read More

धनगढीः बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वरको स्ववियु सभापतिको लागि आशिष मालले उम्मेदावारी घोषणा गरेका छन्।डिलाशैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेस्वरका मालले सभापतिमा उम्मेदावारी घोषणा गरेका हुन्। विद्यार्थीहरूका समस्याहरू समाधानको लागी स्ववियुमा उम्मेदावारी घोषणा गरेको उनले बताए। उनी अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन क्रान्तिकारीका नेता हुन्।

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव गुरुङले प्रधानमन्त्री दाहालसँग बिहान १० बजेदेखि झण्डै एक घण्टा कुराकानी गरेको बताइएको छ। गुरुङपछि प्रधानमन्त्री भेट्न प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह त्यहाँ पुगेका थिए। उनीहरुबीच झण्डै ४५ मिनेट कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ।

Read More

धनगढीः छिमेकी मुलुक भारतका ५० भन्दा बढी गाउँका समुदाय नेपाली सञ्चारमा निर्भर रहेको पाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतका ५० भन्दा बढी गाउँमा भारतीय सञ्चार उपलब्ध छैन। जसका कारण त्यहाँका बासिन्दाले नेपाली सञ्चार सुविधा उपभोग गर्ने गरेका छन्। भारतीय सञ्चारको सेवा नहुँदा सीमावर्ती गाउँका जनताले आफन्तलाई नमस्कार गर्न नेपाली सञ्चार सेवा प्रयोग गर्ने गरेका हुन्। यसका लागि उनीहरूले चर्को पैसा खर्च गर्नुपर्ने हुन्छ। रोमिङका कारण उनीहरुलाई भारतको तुलनामा नेपाली सञ्चार सेवा प्रयोग गर्न महँगो परेको बताइन्छ। यसका बाबजुद पनि भारतीय सञ्चार सुविधा नहुँदा मानिसहरु नेपाल–भारत सीमावर्ती क्षेत्रमा नेपाली सञ्चार सेवा लिन बाध्य छन्। सीमावर्ती गाउँहरुमा नेपाली सञ्चारको सेवा लिने भारतीय…

Read More

धनगढीः बैतडीमा मृत फेला परेका अनुसन्धानका सूचक जीवन बुडालको शव आफन्तले बुझेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका २५ वर्षीय जीवन फागुन १३ गते मृत फेला परेका थिए। मृत फेला परेको ११ दिनपछि मंगलबार आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन्। बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिनसम्म शव बुझ्न मानेको थिएनन्। परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना…

Read More

टेकसिंह धामी, धनगढीः कैलालीस्थित गौरीगंगा नगरपालिका–१, लठैयाका ४५ वर्षीय प्रदेशु चौधरी पहिला डकर्मी थिए। सुदूर पश्चिमका पहाडी जिल्लामा उनी घर बनाउने काम गर्थे। अरूका घर बनाउने प्रदेशुले आफ्नो घर बनाउन निकै तनाव झेल्नुप(यो। यसअघि उनी कहिले बैतडी त कहिले अछामतिर हुन्थे। अचेल उनी कहीँ जाँदैनन्। कारण उनको त्यही घर बनाउँदा लिएको ऋण र लघुवित्त संस्थाबाट पाएको पीडा हो। जेठ १७ गते पनि उनी पहाडतिरै काममा व्यस्त थिए। त्यसै दिन उनका कानमा नराम्रो खबर पुग्यो। त्यो खबर थियो, श्रीमती ३४ वर्षीया रेश्मा चौधरीको निधन। त्यो दिन रेश्मा आँगनमा बेहोस अवस्थामा भेटिएपछि उनका ७३ वर्षीय ससुरा चारु चौधरीले छोरा प्रदेशुलाई खबर गरेका…

Read More

काठमाडौंः साल्ट टेडिङ कर्पोरेसनको ढुवानी अनुदानमा प्राप्त आयोडिनयुक्त नुन हेलिकोप्टरबाट कर्णालीका विकट गाउँमा झारिएको छ। पैदल मार्ग हुँदै पुर्याउन प्रतिकूल भएपछि सुर्खेतमा रहेको नुन हुम्लाको सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट कैलाश एयरको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो। साल्ट ट्रेडिङ सिमकोट शाखा प्रमुख राजबहादुुर लामाले चालु आर्थिक वर्षको दुई हजार दुुई सय क्विन्टल नुन गत फागुन १४ गतेदेखि कैलाशको हेलिकोप्टरमा ओसार्ने कार्य भइरहेको बताए। उनका अनुसार सुर्खेतदेखि पैदल मार्ग हुँदै दुल्लीकुनासम्म पुर्याएर त्यताबाट हेलिकोप्टरमा ढुवानी गरिएको हो। साल्ट ट्रेडिङको शाखा अन्तर्गतका तीन वटा गाउँपालिकाका लागि उक्त नुनको व्यवस्था गरिएको हो। जसमा खार्पुनाथ गाउँपालिकाका पाँचवटै वडामा हेलिकोप्टरबाट नुन ढुवानी गरिएको छ। ‘प्रत्येक वडामा…

Read More

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) तुर्माखाँद गाउँपालिका वडानम्वर ४ को वडा कमिटी बैठक सम्पन्न भएको छ । पार्टीको वडा कमिटी अध्यक्ष एबं वडा अध्यक्ष पदम बहादुर बिसीको अध्यक्षता र नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी अध्यक्ष मन बहादुर बयकको प्रमुख आथित्यतामा बैठक सम्पन्न भएको हो ।  बैठकमा पार्टीको २ महिने अभियानको बारेमा जानकारी सहित वर्तमान राजनीतिक परिवेशबारे छलफल गरिएको थियो । यस्तै वडाका काम प्रती समिक्षा गर्दै पार्टी संगठन बिस्तार तथा सुदृढीकरण गर्ने निर्णय गरिएको छ । बैठकका अवसरमा प्रमुख अतिथि तथा पार्टीको गाउँपालिका कमिटी ईञ्चार्ज बयकले पार्टी संगठन सुदृढिकरण र विस्तारका लागि पार्टी नेता कार्यकर्ता परिचालन हुनुपर्ने…

Read More

धनगढी: कैलालीको अत्तरियामा फागुन २५ र २६ गते स्टीम मेला लाग्ने भएको छ।अत्तरियास्थित एभरेष्ट एकेडेमीले स्टीम एक्स्पो तथा च्यालेन्ज नामक २ दिन कार्यक्रम गर्ने भएको हो। उक्त कार्यक्रमबारे आयोजकले आज (सोमवार) धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो। आयोजकका अनुसार कोे स्टीम प्रोजेक्टमा करीव २० देखि २५ विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन्। यो प्रोजेक्टका लागि गोदावरी नगरपालिका लगायत विभिन्न संस्थाहरुले सहयोग गरेका छन्। यस्तै एभरेस्ट एकेडमीले पनि ३ लाख बराबरको बजेट यो प्रोजेक्टमा लगाएको छ। विशेषगरी यो कार्यक्रममा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स फोर डेभलपमेन्ट लगायतका संस्थाहरुले सहायता प्रदान…

Read More