बाजुरा- बाजुरामा गौमुल गाउँपालिकामा एमाले विजयी भएको छ । यससंगै बाजुरमा एमालेले खाता खोलेको छ । यसअघि स्वामीकार्तिकमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । गौमलमा हरिबहादुर रोकाया अध्यक्ष र सीता थापा रोकाया उपाध्यक्षमा फेरि विजयी भएका हुन् । उनीहरु ०७४ सालको चुनावमा पनि एमालेबाटै विजयी भएका थिए । एमालेले गौमुल गाउँपालिकाका छवटै वडा पनि जितेको छ । बाजुराका नौ पालिकामध्ये पाँचवटा पालिकामा मतगणना जारी छ । बुढीगंगा नगरपालिकामा विवादले गणना हुन बाँकी छ भने बुढीनन्दा नगरपािलकाको एक वडामा चुनाव नै स्थगित छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । हवाइ फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको छ । सेनाले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेको छ । झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले बताए ।मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।
ललितपुर – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ । वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार…
अछाम- अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस अध्यक्ष र उपाध्यक्षले जितेका छन् । अध्यक्षमा प्रकाशबहादुर साउद तीन हजार १८१ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले दुई हजार ५५५ मत पाए । तेस्रो स्थानको एकीकृत समाजवादीका शेरबहादुर बुढाले एक हजार ५९० मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै नेत्रकलादेवी शाही तीन हजार १०० मत पाएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी मायादेवी बुढाले दुई हजार ५७३ मत पाइन् । एकीकृत समाजवादीकी देभकला चलाउने ९खत्री० ले एक हजार ५७८ मत पाइन् ।
काठमाडौं – देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। ८३ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेस ३२ वटा स्थानीय तहमा विजयी भएको छ भने एमालेले २९ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ। नेकपा (माओवादी केन्द्र)ले २० स्थानमा प्रमुख पदमा विजय प्राप्त गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानमा प्रमुख जितेको छ। माओवादीले १ सय ६ स्थानीय तहमा अग्रता लिएको छ भने एकीकृत समाजवादीले १८ ठाउँमा अग्रता लिएको छ। त्यस्तै, अन्य पार्टीले…
कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा निर्मल राना ४५१६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मदनसेन वडायकले २८५८ मत ल्याए । बडायक २०७४ को निर्वाचनमा विजयी भएका थिए। उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी राना विजयी भएकी छिन् । उनले ३५६१ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी राधा रानाले ३४९३ मत ल्याइन् ।
डोटी- डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका दुर्गादत्त ओझा ३ हजार ४४९ मत सिहत अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्ट ३ हजार ४१२ ल्याएर हार बेहोरे । एकीकृत समाजबादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै जमुनाकुमारी बोहरा निर्वाचित भएकी छन् । उनले ३ हजार ५९९ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्राकुमारी साउँदले ३ हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले १ हजार ३१७ मत पाइन् ।
बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा निबर्तमान अध्यक्ष र उपाध्यक्ष पुनः विजयी भएका छन् । दुबै जना एमालेबाट निर्बाचित भएका हुन् । सो पालिकामा एमालेका गोरखबहादुर चन्द अध्यक्ष र विना भट्ट उपाध्यक्षमा विजयी भए । अध्यक्षमा चन्दले ३७८२ मत ल्याएर भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याए । उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि नेकपा एकीकृत समाजवादीका राजेन्द्र चन्दले २५०० मत प्राप्त गरे । उनीहरु दुवैजना ०७४ सालको स्थानीय तहको चुनावमा समेत विजयी भएका थिए ।
बैतडी- बैतडीको शिवनाथ गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँद फेरि विजयी भएका छन् । उनले तीन हजार १६५ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका हजारीसिंह साउँदले दुई हजार ८४९ मत पाए । उपाध्यक्षमा एमालेकी सकुन्तला साउँद विजयी भएकी छन् । उनले दुई हजार ८७९ मत पाइन भने उनका प्रतिद्वन्द्वी माओवादीका नरेन्द्र साउदले दुई हजार ६७९ मत पाए । सो पालिकामा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठवन्धन रहेको थियो । अध्यक्षमा विजयी साउँद ०७४ मा पनि विजयी भएका थिए । त्यस बेला पनि उपाध्यक्षमा…
काठमाडौं- काठमाडौं महानगरपालिका–१ मा एमाले विजयी भएको छ । एक वडासदस्यसहित भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर वडाध्यक्ष विजयी भए । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार किरण श्रेष्ठले ५ सय ९८ ल्याएर दोस्रो नम्बरमा आएका छन्। एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६ सय २२ मत ल्याएर विजयी भएका छन् । तर यो वडाबाट एमालेकै मेयर उम्मेदवार स्थापितले भने आधा मत पाएका छन्। यहाँ उनको मत ३ सय ६५ आएको छ। यो वडाबाट मेयर उम्मेदवारमध्ये सबभन्दा बढी बालेन शाहले ७ सय ८३ मत पाएका छन् । यो वडामा ३ हजार ७ सय ४० मतदाता भए पनि २ हजार ७९ मत खसेको थियो ।