धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन्। शनिवार एक भिडियो सन्देश जारी गर्दै मेयर हमालले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको प्रतिष्ठासँगै आवश्यकता भएकाले आन्दोलनमा सहभागी हुन अपिल गरेका हुन्। उनले आम सर्वसाधारणसँगै स्थानीय तहका प्रमुख जनप्रतिनिधिलाई पनि अभियानमा सहभागी हुन अनुरोध गरेका छन्। ‘स्थानीय तहका प्रमुख, जनप्रतिनिधिलाई अनुरोध गर्न चाहन्छु की यो अभियानमा सबैले सहयोग गरौं। जुनसुकै दलमा भएपनि एकछिनका लागि दल बिर्सौ। यो हाम्रो प्रतिष्ठाको विषमा मात्रै होइन आवश्यकताको पनि कुरा हो’ उनले भनेका छन्।
Author: महेन्द्रनगर पोष्ट
बर्दिया: चितुवासँग सेल्फी खिच्न खोजेपछि बर्दियामा पाँच जना आक्रमणमा परेका छन्। शनिबार बेलुका ४ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका -९ बनतरिया जाने बाटोको छेउमा दलिराम चौधरीको मकै बारीमा चितुवासँग भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिँदा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ। चितुवाको आक्रमणबाट ठाकुरबाबा–९ का ४९ वर्षीया सीता थरुनीको बायाँ हात र पिँठ्यूमा चिथोरेको, स्थानीय ३० वर्षीय सोमप्रसाद थारुको दाहिने हातको औंलामा घाउ खत भएको, ४० वर्षीय सोहराम थारुको बायाँ हातमा घाउ खत भएको, ४५ वर्षीय रामदास चौधरीको पिँठ्यू, बायाँ खुट्टामा घाउ खत रहेको र २८ वर्षीय चन्द्र बोगटीको बायाँ खुट्टामा चितुवाले चिथोरी घाउ खत बनाएको छ। चितुवा देखेपछि स्थानीय २०/२५ जना युवाहरूको समूह…
कैलाली: कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग उठिरहेका बेला नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले मुख खोलेका छन्। कैलाली निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत बनेका उनले सामाजिक सञ्जालमार्फत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै सञ्चालन हुनुपर्ने माग राखेका छन्। उनले लेखेका छन् , ‘म सदनभित्र भएपनि होस वा सदनबाहिर, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ आफ्नो भूमिका स्पष्ट रूपमा खेलीरहेकै छु, प्रतिबद्ध छु। जनताको मागभन्दा सर्वोपरी मेरा लागि अरू केही हुनै सक्दैन र कहिले भएन पनि।’
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित ३ युवक पक्राउ परेका छन्। गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सिमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन्। शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश र ०.६० ग्राम खैरोहेरोइन बरामद भएको प्रहरीले जनाएको छ। तिनै जनालाई सशस्त्र प्रहरी सिमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।
डोटीः डोटीको सेती नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। रामेछाप उर्माकुण्डा गाउँपालिका–५ कृतिगाउँ घर भई हाल काठ चिरानको काम गर्दै आएका २४ वर्षीय मिलन तामाङको आइतवार डुबेर मृत्यु भएको हो। उनी सेती नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए। डुबेर बेपत्ता भएका तामाङकोे जिल्ला प्रहरी कार्यालय डोटी, ईलाका प्रहरी कार्यालय दिपायल र स्थानीयहरुको सहयोगमा खोजीपछि शव फेला परेको थियो।
साउथ वेल्स: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो। त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। बसका चालकलाई अनिवार्य परीक्षण र मूल्यांकनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो । घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरूकाे न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ ।
धनगढीः सुदूरपश्चिममा नीति तथा कार्यक्रम माथिको छलफल जारी छ। सोही सन्दर्भमा आज ३ बजेका लागि सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ। तर, आज प्रदेश सभा प्रवेशमा निषेध गरिने भएको छ। कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षमा रहेका आन्दोलनकारीहरुले प्रदेश सभा प्रवेशमा निषेध गर्ने भएका हुन्। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले सोमवार २ बजेबाट प्रदेश सभा अगाडि धर्ना तथा घेराउको कार्यक्रम रहेको बताए।
काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई कार्यालय पोसाक, कार्यालयको सवारी साधन र कार्यालय हाताभित्र टिकटक नबनाउन निर्देशन दिएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको र व्यक्तिगत प्रचारमा बढी लागेको भन्दै टिकटक बनाउन रोक लगाइएको हो । यसअघि भिडिओ नबनाउन सुझाव दिए पनि कर्मचारीले अटेर गरेपछि त्यसलाई नियन्त्रण गर्न निर्देशन नै दिइएको मन्त्रालयका प्रवक्ता एवं सह-सचिव कमलप्रसाद भट्टराईले जानकारी दिए। यदि निजामती कर्मचारीले कार्यालय पोसाक, सरकारी सवारी साधन र कार्यालय हाताभित्र टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको उनले बताए।
काठमाडौँ: अअ शिक्षक कर्मचारीहरूले टिकटक चलाए कारबाही हुने भएको छ। आइतबार एक सूचना जारी गर्दै नवलपरासीको गैँडाकोट नगरपालिकाले कक्षा कोठामा टिकटक, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल प्रयोग नगर्न भनेको हो। सामाजिक सञ्जालको दुरुपयोग गर्दै कार्यालयमा अवाञ्छित र अमर्यादित भाषा प्रयोग गर्ने, संस्थागत वा जनताको आम भलो हुने निर्णय गर्दा विद्यालय तथा कार्यालयमा व्यक्ती वा नेतृत्वलाई गलत लाञ्छना र अमर्यादित भाषा प्रयोग गर्नेको संख्या वृद्धि भएको गुनासो शिक्षा शाखामा पुगेपछि सूचना सार्वजनिक गरिएको हो । निर्देशन विपरीतका कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ।
कैलाली: नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहसँगको सहकार्यमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ। तीन वटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ। पहुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने हेतुले सङ्घले देशका विभिन्न क्षेत्रहरूमा निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दैै आइरहेको छ। जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल…