Author: महेन्द्रनगर पोष्ट

धनगढीः गत आमनिर्वाचनमा एकाएक ७ प्रत्यक्ष र १३ समानुपातिक सिट जितेर संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधि सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले दोहोरो नागरिकता काण्डमा दोषी ठहर गरेपछि ठप्पप्रायः छ। अदालतको फैसलाबाट एकैपटक गृहमन्त्री, सांसद, पार्टी सभापति र संसदीय दलको जिम्मेवारीबाट विमुख भएपछि पार्टीका अन्य मन्त्रीलाई समेत उनले सरकारबाट फिर्ता बोलाएका थिए। अहिले उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ को आगामी उपनिर्वाचनमा होमिएका छन्। आफ्नै काण्डले रिक्त भएको क्षेत्रमा उनी पुनः उठ्दैछन्। यसबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको उक्त पार्टीभित्र असन्तुष्टि भुसको आगोझैँ सल्किएको बताइन्छ। आफ्नो अनुपस्थितिमा १९ जना सांसदमध्ये कसैलाई पनि मन्त्री…

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार राति प्रहरीले २ ग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको र किशोर–किशोरी भएकाले नाम सार्बजनिक नगरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुरका एक जना ५० वर्षीय पुरुषको मृत्यु भएको छ। बुधबार राति धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको से ५ प ४६८४ नम्बरको स्कुटर गोदावरी नगरपालिका–१ मनहरास्थित सडकमा दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार सडकमा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए। उनलाई सुरुमा अत्तरियास्थित पदमा अस्पतालमा लगिएको थियो। पदमाले सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित दोदा नदि कटान प्रभावित क्षेत्रको अनुगमन गरिएको छ। पुनर्वास नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सीकोर नेपालको टोलीले बुधबार संयुक्त रूपमा पुनर्वास नगरपालिका वडा नम्बर ९ सिताबस्ती र वडा नम्बर ७ परासनबस्तीस्थित कटान प्रभावित क्षेत्रको अनुगमन गरेको हो। विगत लामो समयदेखि कटान, पटान तथा डुवानको समस्या खेप्दै आएको सिताबस्तीको अति प्रभावित क्षेत्रमा जैविक तटबन्ध निर्माण गर्ने तथा परासनबस्तीमा वृक्षारोपण गर्ने सम्भावना देखिएको छ। पुनर्वास नगरपालिकाले तटबन्ध निर्माण तथा वृक्षारोपणको कामको लागि छिट्टै पहल गरिने बताइएको छ। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले प्रभावित क्षेत्रको अनुगमन पछि आयोजना गरिएको बैठकमा भने, “प्रभावित क्षेत्रमा दोदा…

Read More

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा भोलि बिदा हुने भएको छ। भोलि बिहीवार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचना मार्फत क्याम्पसले जानकारी दिएको छ। भोली सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

Read More

धनगढीः धनगढी, सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र हो। प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी भारतीय सीमा गौरीफन्टाबाट करीब साढे २ किलोमिटरको दुरीमा छ। प्रदेशको राजधानी, व्यापारिक केन्द्र, बढ्दो सहरीकरण, सीमावर्ती क्षेत्र नजिक हुनु जस्ता कारणले धनगढी सुरक्षाका दृष्टिकोणले समेत संवेदनशिल मानिन्छ। सहरीकरण बढेसँगै यहाँका बस्तीहरु घना बनेपछि चोरी, डकैती, लुटपाट, हत्या हिंसा, लागुऔषध दुव्र्यशनी जस्ता जघन्य प्रकृतिका अपराधिक गतिविधि समेत बढ्न थालेका छन् .। अपराधिक गतिविधि न्यूनीकरण तथा अपराध अनुसन्धानमा सघाउ पुगोस् भन्ने हेतुले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघले धनगढी बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेको थियो। तर धनगढीको मुख्य बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिएको…

Read More

धनगढी : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीले हेल्पलाइन सेवा सुरुवात गरेको छ। हिजो मात्र सम्पन्न अधिवेशनबाट आएको अभिसेक नाथ(लोक) नेतृत्वको कमिटीले हेल्पलाईन सेवा सुरु गरेको हो। अब हेल्पलाइन सेवा मार्फत युवा संघले धनगढी तथा कैलालीभरका बेथिति, भ्रष्टाचार, विकृति, अन्याय, अत्याचारकाविरुद्ध काम गर्ने राष्ट्रिय युवा संघ नेपालका धनगढी उपमहानगरपालिका कमिटीका अध्यक्ष अभिषेक नाथले बताए। उनका अनुसार ९८१३२५५६२० मा सम्पर्क गरेर सबैले आफ्ना गुनासा, समस्या पीडा र सूचना प्रदान गर्न सक्नेछन्। राष्ट्रिय युवा संघ नेपालको धनगढी नगरकमिटीले विगतदेखि नै सडक संघर्ष, कोभिडका बेला विभिन्न अभियान संचालन, मूल्य वृद्धि घटाउन आन्दोलन तथा धनगढीका विभिन्न क्लबलाई खेलकुदका सामग्रीको सहयोग…

Read More

धनगढी: राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिसेक नाथ(लोक) सर्वसम्मत चयन भएका छन्। मंगलबार सम्पन्न राष्ट्रिय युवा संघको नगर अधिवेशनबाट सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको नगर अध्यक्षमा नाथ सर्वसम्मत भएका हुन्। उनी यसअघि युवा संघको नगर संयोजक थिए। अन्य पदाधिकारी र सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा रुद्र आग्री, सचिवमा रामबहादुर सिंह, कोषाध्यक्षमा श्रीया सिंह, उपसचिवमा संजय चापागाई र आयुश ओली चयन भएका छन्। अधिवेशनबाट कार्य समितिका ३७ जना सदस्य समेत सर्वसम्मत चयन गरेको छ। १० प्रतिशत सदस्यलाई भने बैठकबाट मनोनित गर्ने जनाइएको छ। पदाधिकारी तथा सदस्यहरुले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रिय युवा…

Read More

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सचिव प्रकाश पौडेलले देशैभर वृक्षारोपण अभियान थालेका छन्। सचिव पौडेलले सुदूरपश्चिमसहित देशका विभिन्न स्थानहरुमा आफूले त्यहाँका विद्यार्थीहरुसँग समन्वय गरेर अभियान थालेको बताए। उनका अनुसार देशका विभिन्न क्याम्पसहरुमा उनले आफै पुगेर पनि वृक्षारोपणको कार्य गरिरहेका छन्। विषेशगरी विद्यार्थीहरुसंग हातेमालो गरेर क्याम्पसहरुमा उनले बिरुवा वृक्षारोपण गर्ने अभियान थालेका हुन्। सोही क्रममा आज (सोमवार) मात्रै सुदूरपश्चिमको अस्थायी राजधानीस्थित कैलाली बहुमुखी क्याम्पसमा पौडेल नेतृत्वको समूहले वृक्षारोपण गरेको छ। उक्त वृक्षारोपण कार्यक्रममा अनेरास्ववियुका स्थायी कमिटी सदस्य रोहित बम, कैलाली जिल्ला कमिटीका सचिव रोहित बोगटी, कैलाली बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति यमराज जोशी लगायतका नेता तथा विद्यार्थी पनि…

Read More

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई धम्की दिने ओमप्रकाश अवस्थी पक्राउ परेका छन्। शुक्रवार आफूलाई नेविसंघको कार्यकर्ता बताउँदै महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई धम्की दिने अवस्थी समातिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। ती अवस्थीले हिजो पत्रकार धामीलाई फोन गरेर टाउको फुटाइदिने धम्की दिएका थिए। धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् ? तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन्। यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती नेपाल पत्रकार महासंघ, कैलाली लगायत पत्रकारका विभिन्न संगठनहरुले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको…

Read More