Author: महेन्द्रनगर पोष्ट

धनगढी: प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ । कारागार चलान गरिएका सांसद चौधरी विरुद्ध जिल्ला अदालतले गरेको मुद्दा नै त्रुटिपूर्ण रहेको दाबीसहित उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदनको तयारी गरिएको हो । सांसद चौधरीका एक कानुन व्यवसायका अनुसार जिल्ला अदालतले फैसला गर्नुभन्दा पहिले अदालतले म्याद पठाउँछ । तर म्याद पठाउँदाखेरि अरुण चौधरीका बुवा करिंगा चौधरीले बुझेको देखाइएको छ । त्यसमा करिंगा चौधरीले गर्ने हस्ताक्षर भन्दा नितान्त फरक रहेकाले म्याद नै किर्ते रहेको ती कानुन व्यवसायीको जिकिर छ ।  कानुन व्यवसायीले भने, ‘निष्पक्ष सुनुवाइको मौका सबैले पाउनुपर्ने हुन्छ…

Read More

धनगढी: सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके पनि विश्वासको मत लिने दिनको टुंगो अझै लाग्न सकेको छैन। मुख्यमन्त्री बनाउँदा समर्थन गर्ने चार मध्यको एक दल नागरिक उन्मुक्ति पार्टीले बिश्वासको मत दिने वातावरण बनिनसकेको भनेपछि बिश्वासको मत लिने दिनको टुंगो लाग्न नसकेको हो। विश्वासको मतका लागि वातावरण तयार गर्न  सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्रबहादुर रावल दोश्रो पटक काठमाण्डौं गएका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको लगत्तै मुख्यमन्त्री रावल काठमाण्डौ गएर नागरिक उन्मुक्तिका नेता, प्रधानमन्त्री र एमाले अध्यक्षसंग भेट गर्दै विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गरेका थिए। तर अझै पनि विश्वासको मत पाउने वातावरण नभएपछि मुख्यमन्त्री रावल बिहीबार दोश्रो पटक संघिय राजधानी गएका…

Read More

काठमाडौं: नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ नै चलाइएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोज्नु गलत भएको बताए । ‘…जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?’

Read More

धनगढीः कैलालीको अत्तरियामा सवारी दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक महिला घाइते भएकी हुन्।  अम्बर आयल स्टोर अगाडी ट्रकले मोटरसाइकलाई ठक्कर दिएको हो। मोटरसाइकलमा सवार घोडाघोडीकी ३० बर्षीया चम्पा सुनार घाइते भएकी हुन्। घाइते सुनारको पद्मा अस्पतालमा उपचार भइरहेको छ। ना ५ ख २९२४ नम्बरको ट्रकले से ५ प ६९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक डोटीको बुडरका ३० बर्षीय लोकेश बिक सकुशल रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

Read More

धनगढी: नेपाल किसान संघ कञ्चनपुरका अध्यक्ष भैरबसिंह ऐरको निधन भएको छ। आज बिहान हृदयघातका कारण धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको मृत्यु भएको हो। ७५ वर्षीय ऐर नेपाली कांग्रेस कञ्चनपुरका पूर्व कोषाध्यक्ष र झलारी गाउँ पञ्चायतका उपप्रधानपञ्च समेत थिए।

Read More

धनगढी: होटलको छतबाट खसेर धनगढीमा एक जना युवा घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित कमल रोशन होटल एण्ड लजको छतबाट खसेर अछामको मंगलसेनका २६ वर्षीय कपिल सोडारी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्रबहादुर पालले राती करीब साढे १२ बजेतिर सोडारी छतबाट खसेर घाइते भएको जानकारी दिए। सोडारीका दुवै खुट्टामा चोट लागेको छ। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढी: नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले देशभरका विमानस्थललाई फ्री ईन्टरनेट सेवा सहज रुपमा प्रदान गर्न निर्देशन दिएको छ। आज एक परिपत्र जारी गर्दै सुदूरपश्चिम प्रदेशसहित देशभरका  विमानस्थलहरुमा सहज र शुलभ निशुल्क ईन्टरनेट सेवा व्यवस्थापन गर्न निर्देशीत गरिएको हो। प्रधान कार्यालयका प्रबन्धक विष्णु गौतमले यसबारे सम्बन्धित नागरिक उड्डयन कार्यालयलाई परिपत्र गरेको बताए।हेर्नुहोस् निर्देशनपत्र

Read More

काठमाडौं: काठमाडौंको किर्तिपुरमा युवा व्यवसायी फिरोज सिंहले नेवारी रेस्टुरेन्ट संचालनमा ल्याएका छन्। हालै उनले सस: ट्वा नामक रेस्टुरेन्ट खोलेका हुन्। उनका अनुसार सस भनेको ससुराली र ट्वा भनेको टोल हो। उनले यो रेस्टुरेन्टमार्फत त्यो टोललाई नै परिचित गराउन खोजेको पनि बताएका छन्। यस्तै यो नेवारी रेस्टुरेन्ट भएकाले यहाँ नेवारी स्पेसल खानाका प्रकारहरु उपलब्ध रहने उनको भनाई छ। यस्तै यहाँ आउनेहरुको सत्कार र मीठो खाना खुवाउनुका साथै नेवारी संस्कृतीलाई प्रवर्द्धनसमेत गर्ने हेतुले रेस्टुरेन्ट संचालनमा ल्याइएको उनले जनाए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । वेबसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले ह्याक भएको वेवसाइट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

Read More

घनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले मातहत अधिकारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्। प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुखलगायतलाई भर्चुअल माध्यमद्वारा निर्देशन दिएका हुन्। उक्त अवसरमा डिआइजी सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर लाग्न निर्देशन दिए। ‘जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुस्,’ उनले भने। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको १० बुँदे कार्ययोजना मातहतमा समेत अक्षरस कार्यान्वयन गर्न डिआइजी सिंहले निर्देशन दिए। भारतसँगको खुल्ला सिमा नाकाहरुका कारण लागूऔषध सेवन…

Read More