Author: महेन्द्रनगर पोष्ट

धनगढी: राष्ट्रिय युवा संघ नेपालका नेता प्रकाश खड्कामाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप लागेको छ । राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य तथा एमाले कैलालीका जिल्ला कमिटि सदस्य प्रकाश खड्कामाथि ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले दुव्र्यवहार गरेको आरोप लागेको हो । खड्कामाथि १५ माघ गते टीकापुरमा सञ्चालित महोत्सव अगाडि दुव्र्यवहार गर्ने डीएसपी शाही र उनका अंगरक्षकलाई कारवाहीको माग गरिएको छ । राष्ट्रिय युवा संघ सुदूरपश्चिमका संयोजक विनय शाहले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै खड्कामाथि प्रहरीले गरेको दुव्र्यवहारप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शाहले जनताको जिउधनको सुरक्षामा खटिने राष्ट्र सेवकबाट सार्वजनिक स्थानमा व्यक्तिगत पूर्वाग्रह राखेर…

Read More

बाजुरा: हिमाली गाउँपालिका–३ युनास्थित कवाडी नदीको बगरको झाडीबाट एक थान भरूवा बन्दुक फेला परेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी बिच्छ्याबाट खटिएको प्रहरीले झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो। यस सम्बन्धमा बाजुरा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: अवैध लागूऔषध चरेशसहित प्रहरीले बैतडीको सुर्नया गाउँपालिका–१ हटैराज गुरकेलीका एक युवालाई पक्राउ गरेको छ। २५ वर्षीय दिपक चन्दलाई १ सय ९९ ग्राम चरेशसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दिपकले सोही ठाउँमा सञ्चालन गरेको श्री केदार हटैराज खुद्रा पसलमा लागूऔषध चरेस बिक्री भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले खानतलासी गर्दा उक्त लागूऔषधसहित फेला पारेको थियो। यस्तै प्रहरीले धनगढी उपमहानगरपालिका–३ चौराहास्थित एक होटलबाट ब्राउनसुगरसहित अछामको सांफेबगर नगरपालिका–३ घर भएका ३४ वर्षीय मुकेश कुँवरलाई पनि पक्राउ गरेको जनाएको छ। सोमबार साँझ प्रहरीले ९ सय मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–५ डेरा गरी बस्ने कुँवरलाई पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय…

Read More

धनगढीः कैलालीमा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। बन्चरो प्रहारबाट गम्भीर घाइते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो। तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएकोमा उनको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको बताइएको छ। उता, इलाका प्रहरी कार्यालय लम्कीले हत्या आरोपित थारुलाई पक्राउ गरेको जनाएको छ। उनलाई मंगलवार बिहान नै जंगलबाट पक्राउ गरिएको हो। श्रीराम पहिला पनि ज्यान…

Read More

धनगढीः १२ माघमा परेको सरस्वती पूजाको दिन धनगढीको त्रिनगर माध्यमिक विद्यालय र पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच लफडा भएको पाइएको छ। धनगढी पार्कमा जम्मा भएका दुवै विद्यालयका विद्यार्थीहरुबीच समान्य विवादमा हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चासो दिएको छ। पार्कभित्र ५–७ जनाको समूहले एक किशोरलाई निर्घात कुटपिट गरिरहेको भिडियो सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोककुमार सिंहको म्यासेन्जरमा पठाइएपछि प्रहरीले चासो दिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले ७–८ कक्षामा अध्ययनरत दुवै विद्यालयका विद्यार्थीबीच समान्य विवादमा झगडा भएको पाइएको जानकारी दिए। उनकाअनुसार घटनामा संलग्न दुवै पक्षका गरेर १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएर…

Read More

धनगढीः धनगढीमा ब्राउनसुगर सहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाइ प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

Read More

कञ्चनपुरः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सोमबार बिरामी र अनाथ बालबालिकासँग बिताए। सहिद दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन रावल गृहजिल्ला कञ्चनपुर आएका थिए। सहिद दिवसको दिन महाकाली प्रादेशिक अस्पतालका बिरामी र महाकाली बाल अनाथालयका बालबालिकासँग बिताए, मुख्यमन्त्री रावलले। महाकाली प्रादेशिक अस्पतालका बिरामीलाई भेटेपछि जेष्ठ सहिद दशरथ चन्दसहित चारै सहिदको शालिकमा माल्यार्पण गरेका थिए, मुख्यमन्त्री रावलले। अस्पतालमा उनले बिरामीसँग साक्षात्कार गर्दै फलफूल बाँडे। अस्पताल व्यवस्थापन समिति र चिकित्सकहरुसँग अस्पतालको पछिल्लो अवस्थाको बारेमा मुख्यमन्त्री रावलले जानकारी लिएका थिए। महाकाली प्रादेशिक अस्पताल व्यस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले दक्ष जनशक्ति नहुँदा सोचे जस्तो गुणस्तरीय सेवा प्रदान गर्नमा समस्या भएको मुख्यमन्त्रीलाई सुनाएका थिए।…

Read More

धनगढी: नागरिकता विवादमा मुछिएर पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन दबाब दिँदै अनसन बस्न लागेका एक युवालाई प्रहरीले समातेको छ ।   आज नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि ‘रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ’ भन्दै अनशन बस्न लागेका पप्पु दास नामक युवालाई प्रहरीले समातेको हो । ‘रवि लामिछानेकाे साथ सपाेर्टमा हामी सबै छौँ,रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ’ भन्दै उनले उग्रता देखाउन थालेपछि बानेश्वर वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई समातेर तीनकुने लागेको छ।  रौतहटको दुर्गा भगवती गाउँपालिका घर भई अहिले काठमाडौँमा फार्मेसी पढिरहेका २२ वर्षका दास दिउँसो सवा तीन बजेतिर ‘जय देश,जय मधेस’ भन्दै अनसन बस्न पुगेका थिए…

Read More

धनगढी: कैलाली प्रहरीको प्रमुख भएर एसपी देवेन्द्र पाल आएसँगै एकपछि अर्को अप्रेशन गर्न थालेका छन्। एसपी पालले जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता, भन्सार छलीको सामानको अवैध ओसारपसार र अवैध यौन धन्दालाई अप्रेशनको टार्गेट बनाएका छन्। जिल्ला प्रहरी कार्यालयकाअनुसार पछिल्लो समय सदरमुकाम धनगढी क्षेत्रबाट लागुऔषध कारोबार र प्रयोगमा संलग्न व्यक्तिहरु एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन्। भन्सार छलीको सामान ओसारपासरमा संलग्नहरु पनि पक्राउ पर्ने क्रम जारी छ। माघ दुई सातामा मात्र प्रहरीले धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले चार युवतीसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी चौराहको बुढिनन्दासहितका…

Read More

धनगढी: भारतीय पक्षले शारदा ब्यारेजको नेपालतर्फको ढोका खोल्दा नदीको बहाब बढेर महाकालीमा फसेका २० जनाको उद्धार गरिएको छ। भारतीय पक्षसंग समन्वय गरेर शारदा ब्यारेजको नेपालतर्फको ढोका बन्द गराएर प्रहरीले महाकालीमा फसेका ८ जना ट्याक्टर चालक सहित २० जना मजदुरको उद्धार गरेको हो। नेपाली प्रशासनलाई कुनै जानकारी नदिइ भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाब बढेर ट्याक्टर सहित मानिस फसेको थिए। उनीहरु बिहान ११ बजेको आसपासमा महाकालीमा फसेका थिए। नदीमा पानीको बहाब कम गराएर जेसिबीको सहायताले उनीहरुको १२ बजे प्रहरीले उद्धार गरेको हो। भीमदत्त नगरपालिका–११ भुजेलामा गिट्टी, बालुवा ढुवानीका लागि ट्याक्टर लिएर गएका चालक र मजदुरको उद्धार गरिएको जिल्ला…

Read More