Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – मन्त्रिपरिषद्का धेरै सदस्यहरूले राजीनामा दिए पनि बेलायती प्रधानमन्त्री बोरिस जोनसन पदमा ‘टाँसिरहने’ दाउमा छन् । राष्ट्रिय हितविपरित काम गरेको भन्दै पार्टीकै नेता र सांसदहरूले राजीनमा दिन बोरिसमाथि दबाब दिएका छन् । प्रिती पटेल र ग्रान्ट साप्ससहित प्रधानमन्त्रीका अधिकांश समर्थकले पनि उनलाई राजीनामा दिन सुझाएका छन् । त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाइ राजीनामा दिने लहर जारी छ । अहिलेसम्म वेल्स सेक्रेटरी साइमन हार्ट राजीनामा गर्ने सबैभन्दा पछिल्ला क्याबिनेट मन्त्री हुन् । त्यस्तै, महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले ‘लिडरसिप च्यालेन्ज’ सुरु गरेका छन् । तर, प्रधानमन्त्री जोनसनले मतदाताको ‘म्यान्डेट’ भन्दै तत्काल राजीनामा नदिने संकेत गरेका छन् । बरु, आफ्ना विरोधी र राजीनामा…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा ६ वटा कार्यसूची रहेको छ। पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७७-२०७८’ पेश गर्ने राखिएको छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको खानेपानी तथा सरसफाइ विधेयक,२०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव गर्ने र त्यसपछि सो विधेयक पारित…

Read More

पोखरा – राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण र अवैधरूपले हुने राजस्व चुहावट रोक्नु जरुरी रहेको बताए । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित कार्यक्रममा हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गर्दै छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्ने बताउँदै उनले आफूहरूको दृष्टिमा ठूला भन्ने कोही नरहेको बताए । राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, ट्रेकिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उनले उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले…

Read More

दार्चुला – जिल्ला कारागार दार्चुलाका ४० जना कैदीबन्दीहरुले सिलाई कटाई तालिम सिकेका छन । जिल्ला कारागार शाखा दार्चुलाले गत जेठ १५ गतेदेखि ३० दिने सिलाई कटाई सीप तालिम सञ्चालन गरेपछि उनीहरूले सिलाई कटाई तालिम सिकेको कारागार दार्चुलाले जनाएको छ ।कारागारको कैदी जीवन सकेपछि घर फर्कँदा पनि व्यवसाय सञ्चालन गर्न सजिलो होस् भन्नको लागि सिलाई कटाई तालिम सञ्चालन गरिएको जिल्ला कारागार दार्चुलाका राम राज पन्तले जानकारी दिनुभयो । खाली समयमा सीप सिक्दा उनीहरूको बाँकी जीवनलाई सघाउ पुग्ने गरी हरेक वर्ष सीप विकास तालिम सञ्चालन गर्ने गरिएको छ । आर्थिक वर्षमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेश तथा केन्द्र सरकारको संयुक्त…

Read More

धनगढी – कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले नियमित तालिमको दौरानमा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएको बताए । उनीहरुलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा समान्य उपचारपछि छ जना डिस्चार्ज भए पनि अन्य तीन जनाको उपचार जारी छ । उनीहरु मध्ये दुई जनालाई आईसीयू र एक जनालाई जरनल वार्डमा राखेर उपचार भइरहेको छ ।…

Read More

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् ।व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट महाकाली नदीमा खसेर १७ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् । भारत गर्वाधार बजारबाट समान लिएर घर फर्कने क्रममा दुम्लिङका १७ वर्षीय बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजी कार्य भइरहेको छ ।

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीतिक दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विधेयक ल्याउन लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा भाग लिन पुगेका महतोले बिहीबरको संसदको बैठकमा नयाँ नागरिकता विधेयक पेश हुन लागेको बताएका हुन् । ‘विगतमा राजनीतिक दलबीच भएका सहमतिका बुँदालाई समेटेर मात्रै नयाँ विधेयक ल्याउन लागिएको छ,’ महतोले भने, ‘जुन विधेयकले जन्मसिद्ध नागरिकताको सन्तानको समस्या समाधान गर्नेछ ।’ उनका अनुसार गृहमन्त्री बालकृष्ण खाडले बिहीबार बस्ने संसद बैठकमा विधेयक पेश गर्ने सूचना दिएका छन् ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन् । यसको ज्ञान पनि नरहेको उनको भनाइ छ । ‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन । यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, ‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो । गलत प्रचार गरियो ।’ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागिरहेको छ । पछिल्लो १३ दिनको मात्र फुटेज…

Read More