Author: महेन्द्रनगर पोष्ट

झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरू गरेको छ । लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो। जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिए। नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरू गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईँले बताए। विषादी छर्किने प्राविधिकहरूलाई सही र प्रभावकारीरूपमा विषादी छर्कन निर्देशन दिइएको उनको भनाइ छ। यही असार ४ गतेदेखि सुरू भएको अभियान १७ गतेसम्म सञ्चालन हुनेछ। एकपटक छर्किएको विषादीले तीन महिनासम्म काम गर्ने नगरपालिकाले जनाएको छ।

Read More

काठमाडौं – कर्मचारीले भन्सार एजेन्ट बन्न नपाउने भएका छन् । बहालवाला कर्मचारीलाई पनि भन्सार एजेन्ट बन्न दिने मनसायसहित अर्थले मागेको रायमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विमतिपछि एजेन्टको परीक्षामा नाम निकालिसकेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने भएका हुन् । मन्त्रालयको रायपछि भन्सार विभागले एजेन्टको परीक्षामा नाम निकालेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने विभागले जनाएको छ । भन्सार विभागले सूचना प्रकाशित गर्दै कर्मचारीले दोहोरो सुविधा नपाउने जनाकारी दिएको हो । बहालवाला कर्मचारीले दोहोरो सुविधा लिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको थियो । विभागले ६ सय ६० जनालाई भन्सार एजेन्ट नियुक्त गर्न वैशाख १७ गते लिएको…

Read More

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका २ कि २२ वर्षिया राधिका कार्कीलाई प्रेमीले शरीरमा करेन्ट लगाइदिएका छन् । अहिले अस्पतालमा लावारिश अवस्थामा उपचार गराइरहेकी कार्कीलाई जेठ १७ गते प्रेमिले जिउमा केरन्ट लगाइदिएका हुन् । अहिले नयाँ जिवनको लागि संघर्षरत छिन् । प्रेमि अरुण शाहले राधिकाको दुवै हातखुट्टा सहित जिउभरि विद्युतिय करेन्टले पोलिदिएको पिडितले बताएकी छिन् । राधिका कोल्टोसम्म फेर्न नसकिने अवस्थामा छिन् । गत जेठ १७ गते प्रहरीले उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याएको थियो । प्रेममा परेर सिन्धुलीबाट जनकपुर पुगेर आफूलाई बन्धक बनाएर करेन्ट लगाइएको राधिकाले बताइन् । करिब ८ महिना अघि घर छोडेर जनकपुर आएकि राधिकाले प्रेमिलाई विवाह गरेर घर लैजान…

Read More

काठमाडौँ- काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले जानकारी दिए। उनका अनुसा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो। महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ। महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ।

Read More

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार राति कार दुर्घटना हुँदा चार वर्षीय बालकको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। जिल्लाकै छतौनाबाट छठियारको भोज (बच्चा जन्मिएको छ दिनमा गरिने भोज) खाएर रौतहटको वृन्दावन हरैयातर्फ फर्किदै गरेकाहरु सवार बीआर ०५ एआर ५१३७ नम्वरको कार शनिबार राति १ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका–४, हरैया बस्ने शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। दुर्घटनामा वृन्दावन नगरपालिका–४, हरैयाकै ७० वर्षीय महेन्द्र राय, ४ वर्षीय अमित कुमार यादव, १४ वर्षीया मीरा कुमारी यादव, ३२ वर्षीय जितेन्द्र कुमार यादव, १७…

Read More

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । एआईजी बढुवा बिरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि…

Read More

काठमाडौं – मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । २४ जना सुन्दरीलाई पछि पार्दै जोशी विजेता बनेकी हुन् । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना भएको हो । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए । यस्तै मिस नेपाल इन्टरनेसनलमा न्यान्सी खड्का र मिस नेपाल अर्थमा सारिसा श्रेष्ठ विजेता भएका छन् ।

Read More

दार्चुला – पूर्ण खोप सुनिश्चितताका लागि जिल्लामा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण थालिएको छ । जिल्लाका ९ओटै स्थानीय तहमा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टका अनुसार राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले सबै खोप लगाए–नलगाएको बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भईरहेको छ । सबै पालिकाका वडामा सर्वेक्षण तथा प्रमाणीकरण भईरहेको बताइएको छ । पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरी घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण कार्य थालिएको खोप सुपर भाइजर भट्टले बताउनु भयो । १६ महिनादेखि २३ महिना सम्मका…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण गर्दा १४ जना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ र ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ जना कोरोना संक्रमणबाट निको भएका छन् ।…

Read More