काठमाडौं- सशस्त्र प्रहरीका ९ जना उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा रिक्त रहेको पदमा बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षक सिफारिस गरिएको हो । बढुवाका लागि सिफारिस हुनेहरुमा पहिलो नम्बरमा दीपेन्द्र शाह छन् । त्यस्तै सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा बढुवा सिफारिस भएका छन् ।
Author: महेन्द्रनगर पोष्ट
बझाङ –जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नरबहादुर बोहरा निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनको उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहरा र उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले बताए । यस्तै समितिको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मितादेवी चदारा, बाटुली देवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध चयन भएकी छन । त्यस्तै खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौरीशङ्कर जोशी, टोपबहादुर खड्का र…
कैलाली- अनिमियत रुपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय घेराउ गरेका छन्। स्थानियले अनिमियत रुपमा विद्युत कटौती गरेको भन्दै सोमबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का स्थानीयले कार्यालय घेराउ गरेका हुन्। गर्मीको सिजनमा जनतालाई विद्युत कटौती गरी मारमा पारेको अब पनि यो समस्या सामाधान नभए संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्। उनीहरुले पहलमानपुर, पवेरा, हसुलिया ग्रीडको लाइन हटाएर धनगढीबाट लायन जडान गर्नुपर्ने, वडामा चौबिसै घण्टा नो लाइट सेवा उपलब्ध गराउनुपर्ने, वडाभरी आएको भोल्टेजको समस्या समाधान गर्न ट्रान्सफर्मरको व्यवस्था गर्नुपर्ने, पोल र तारको व्यवस्था गर्नुपर्ने र कृषि मिटरको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
डडेल्धुरा- डडेल्धुरामा २ जनाको शव फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो। आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतक दुवै नातामा देवर भाउजू रहेको प्रहरीले बताएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको सुर्नया गाउँपालिका–६ कोखेत खालीडाँडास्थित लोकेश स्मृति भवनमा नागरिक आरोग्य केन्द्र स्थापना भएको हो। स्थानीय नागरिकहरुको आयुर्वेदिक उपचारमा पहुँच पुर्याउनका लागि नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले जानकारी दिए। नागरिक आरोग्य केन्द्रबाट औषधोपचार, योग, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवाहरु प्रदान गरिने बताइएको छ। अहिले लागि केन्द्रमा एकजना वैद्य र एकजना कार्यालय सहयोगी कर्मचारी राखिएको उनले बताए।
काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०२ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ…
काठमाडौं – अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार) बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरिएको छ । असार ५ गते बस्ने बैठकका लागि बोलाउने निर्णय गरेको समितिका सदस्य राम कार्कीले जानकारी दिए । सरकार प्रमुखको आसन्न आमेरिका भ्रमणबारे देउवासँग छलफल गर्न लागेको बताइएको छ । यस्तै, बैठकमा परराष्ट्र मन्त्री नारायण खड्कालाई पनि बोलाउने निर्णय भएको सदस्य कार्कीले बताए ।
काठमाडाैं – वीरगञ्जबाट प्रहरीले एक सय १३ वटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट अवैधरूपमा ल्याएका एक सय १३ वटा ज्युँदा कछुवासहित बाराको कलैयाका आनन्दलाल टेमालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँको बाटो हुँदै कछुवा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले टेमानीलाई पक्राउ गरेको हो। उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै आजै प्रहरीले काठमाडाैं महानगरपालिका ३२ कोटेश्वरबाट १० वटा ज्युँदा कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका १ घर भएका राज देउला र राहुल देउला रहेका छन् ।
पोखरा – गण्डकी सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हाे । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए । त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले मंसिर पहिलो साता आमनिर्वाचन गर्ने तयारी समेत गरेकाे छ । गण्डकीमा पहिले…
काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कारबाहीको माग गरेका छन् । उनले भने ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’६० प्रतिशत किसान भएको मुलुक नेपाल भएकोले कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’ फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौं ? भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उनको सुझाव छ ।