Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – संयुक्त राष्ट्र सङ्घ (युएन) ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रवार फोर्स कमान्डर नियुक्त गरेको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन् । शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् । सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यवद्धता हुनुपर्ने बताए । कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरू मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनले बताए । कार्यक्रममा उनले अब वामपन्थीहरू कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने पनि बताए…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ । संक्रमितमध्ये एक हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संथगत आइसोलेसनमा छन् ।

Read More

काठमाडौँ- राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताएका छन् । सूची:

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गरेका हुन् । झापामा जङ्गली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाँणले सम्बन्धित निकायका प्रमुखसँग आज फोनमा कुराकानी गरेका हुन् । बर्दियाको मधुवन नगरपालिका–१, २ र ३ मा जङ्गली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका…

Read More

काठमाडौँ – भारतको नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एवं काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटप्रति टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटले सत्ता बाँडफाँडको भद्दा भल्को दिएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ ले २००७ सालमा राणा र काँग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ ।’ २०७३ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको सन्दर्भ पनि…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै वाईसीएलले राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नरअधिकारीलाई तुरुन्त बर्खास्त गरी छानबीन गर्न माग गरेको हो । वाईसीएलले ज्ञापनपत्र बुझाउँदै आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोकिन समेत सरकारको ध्यानाकर्षण गराएको छ । साथै वाईसीएलले संवैधानिक परिषद सम्बन्धि विधेयक तुरुन्त फिर्ता लिन,सरकारले विपद व्यवस्थापन तथा आकस्मिक उद्धार साथै युवाहरुको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्न समेत माग गरेको छ ।…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई कमभन्दा कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कोइरालाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको बताए । गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए । अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग…

Read More

काठमाडौँ – दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुसँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र आरजुबीच भेटवार्ता भएको थियो । प्रचण्डले आजै भारतीय विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन्।

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन्। शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पार्टीमा पछिल्लो समय स्वेच्छाचारिता बढेको, एकलौटी ढङ्गबाट सञ्चालन भएको, पार्टीमा ठेकेदार र भ्रष्टाचार हाबी भएको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पुँजी हुनेहरूको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको…

Read More