Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए । बयानपछि उनी पत्रकारहरूले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले उहाँहरूले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ ।’ आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानबिन गर्दै आएको छ । सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान मन्त्री शर्मालाई बोलाइएको थियो । समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको…

Read More

खार्तुम – सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् । इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने । शनिबारदेखि सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए ।

Read More

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् । सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् । ‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुदे ब्याख्याले टारेका थिए । अब बाह्रसत्ताईस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’

Read More

काठमाडौं – संसदीय विशेष छानबिन समितिको बैठक सुरू भएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बैठक बिहिबार बिहान सिंहदरबारमा सुरू भएको हो। बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएका छन्। आजको बैठकमा पूर्वमन्त्री सँग छलफल हुने कार्यसूची अनुसार बैठकमा शर्मा उपस्थित भएका हुन्। समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार समितिले यसअघि बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो।यसैगरी समिति संयोजक लक्ष्मणलाल कर्णले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल गर्ने बताए। ७ दिन म्याद थप…

Read More

काठमाडौं – संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Read More

डोटी । डोटीमा गत आर्थिक वर्ष २०७८/७९ मा रु ५८ करोड करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा गएको आर्थिक वर्षको अन्तसम्ममा रु ५८ करोड २६ लाख ७१ हजार ४७३ राजस्व सङ्कलन भएको छ । यसैगरी जिल्लामा रु एक अर्ब ५७ लाख ६० हजार ३६५ बजेट फ्रिज भएको छ । तोकिएको समयमा काम गर्न तथा रकम खर्च गर्न नसकिएका कारण जिल्लामा बजेट फ्रिज भएको बताइएको छ । जिल्लाका नौ वटा स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाका स्थानीय तहमा सङ्घीय…

Read More

काठमाडौं – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले छानबिनका लागि थप समय माग्ने भएको छ । आज (बुधबार) बसेको समितिको बैठकले छानबिनका लागि अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेकाले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । सभामुख अग्नि सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । आज सिसिटिभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ भने फरेन्सिक ल्याबबाट सिसिटिभी रिकभर भएपश्चात् मात्रै समिति निष्कर्षमा पुग्न सम्भव हुने भएकाले समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

Read More

विराटनगर – नेपाल प्रहरीले विराटनगरबाट युरेनियमजस्तो देखिने पदार्थसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोलीले विशेष सूचनाको आधारमा प्रहरीले आइतबार ८ जना र मंगलबार ७ जनालाई पक्राउ गरेको हो । आइतबार विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकमा रहेको ‘ठूल्दाइको होटल’ मा कोठा लिएर बसेका ८ जनालाई विशेष सूचनाको आधारमा १ किलो ८७.३ ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङ घर भएकामात्रै पाँच जना छन् । मोरङको विराटनगर महानगरपलिका–१२ का ४६ वर्षीय फटिककुमार कार्की, धनपालथान गाउँपालिका–७ का ४१ वर्षीय शिवशंकर पासवान, ४४ वर्षीय लक्ष्मण शर्मा, ४३ वर्षीय प्रदीप पुरी, सोही…

Read More

काठमाडौं – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तक्र्रियामा उनले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताए । ‘मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ’, महासचिव पोखरेलले भने, ‘एमालेले जसलाई मित्र ठान्यो उसैसँग सहकार्य हुन्छ ।’ उनले पार्टी फुटे पनि त्यसको असर नगन्यरुपमा देखिएको बताए । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बने आफूहरू एक्लै निर्वाचनमा होमिएर विजय प्राप्त गर्ने भनाइ राखे । महासचिव पोखरेलले मुलुकमा जति धेरै पार्टी भयो…

Read More

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट सङ्घ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए । राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको…

Read More