Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् ।व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट महाकाली नदीमा खसेर १७ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् । भारत गर्वाधार बजारबाट समान लिएर घर फर्कने क्रममा दुम्लिङका १७ वर्षीय बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजी कार्य भइरहेको छ ।

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीतिक दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विधेयक ल्याउन लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा भाग लिन पुगेका महतोले बिहीबरको संसदको बैठकमा नयाँ नागरिकता विधेयक पेश हुन लागेको बताएका हुन् । ‘विगतमा राजनीतिक दलबीच भएका सहमतिका बुँदालाई समेटेर मात्रै नयाँ विधेयक ल्याउन लागिएको छ,’ महतोले भने, ‘जुन विधेयकले जन्मसिद्ध नागरिकताको सन्तानको समस्या समाधान गर्नेछ ।’ उनका अनुसार गृहमन्त्री बालकृष्ण खाडले बिहीबार बस्ने संसद बैठकमा विधेयक पेश गर्ने सूचना दिएका छन् ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन् । यसको ज्ञान पनि नरहेको उनको भनाइ छ । ‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन । यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, ‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो । गलत प्रचार गरियो ।’ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागिरहेको छ । पछिल्लो १३ दिनको मात्र फुटेज…

Read More

काठमाडौं – बजेट निर्माणका बेला गत जेठ १४ गते राति अर्थमन्त्रीले मध्यरातमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको र राजस्वका दरहरू परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन् । समितिलाई छानबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्न म्याण्डेड दिइएको छ । संसदीय विशेष समितिमा एमाले सांसदहरु सांसदहरु खगराज अधिकारी, प्रदिप ज्ञवाली, भानुभक्त ढकाल र बिमला बिक, नेपाली कांग्रेसबाट पुष्पा भुषाल गौतम र सीताराम महतो, माओबादीबाट देव गुरुङ, शक्ति बस्नेत, लोसपाबाट लक्ष्मणलाल कर्ण, नेकपा…

Read More

काठमाडौँ – नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ ।  यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल सरुवा भएका छन् ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अगाडि सारेको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको छ । तर, सरुमा सत्तारुढ दलहरु संसदीय समिति गठनका लागि तयार भएका थिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ छलफलपछि माओवादी संसदीय छानबिन समिति बनाउन तयार भएको छ । तर, त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले संसदमा बोल्ने भन्दै माओवादी नेताहरुले एमाले नेतासँग छलफल गरेका थिए । तर, एमालेले शर्मालाई स्पष्टीकरण दिने अवसर नदिने र संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने…

Read More

काठमाडौं – सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । विसं २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख थियो ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो । समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुङ्गो लागि नसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संसदीय छानबिन समिति ६ सदस्यीय हुने बताइएको छ ।

Read More