Author: महेन्द्रनगर पोष्ट

धनगढीः प्रस्ताव अस्वीकृत भएपछि सिभिल मलमा एक युवाले आत्मदाहको प्रयास गरेको खुलेको छ। बिहीबार बिहान ११ः५५ मा सुन्धरास्थित मलको भुइँतलामा २९ वर्षीय बिसन गुरुङले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। प्रहरीका अनुसार गुरुङ केही महिनायता एक युवतीसँग प्रेममा थिए। युवती मलस्थित सपिङ सेन्टरमा काम गर्थिन्। अस्वाभाविक व्यवहार देखाएपछि युवती गुरुङसँग टाढा हुने कोसिसमा थिइन्। यस क्रममा गुरुङले युवतीलाई नियमित पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउनेलगायतका गतिविधि गर्दै आएका थिए। आजित बनेकी युवतीले पछिल्ला दिन उनलाई वास्ता गर्न छाडेकी थिइन्। यही क्रममा उनी बिहीबार बिहान बोतलमा पेट्रोल लिएर मल पुगेका थिए। युवतीले भेट्न नमानेपछि उनी सरासर मलको भुइँतलामा पुगे र बोतलको पेट्रोल शरीरमा…

Read More

कञ्चनपुरः पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरका आमा–छोराकोे अन्तिम संस्कार भोलि महाकालीमा गरिने भएको छ। आइतबार पोखरामा ज्यान गुमाएका भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका छोरा स्लकको शव घर ल्याइदैछ। उनको दिउँसो १२ बजेतिर महाकाली घाटमा अन्तिम संस्कार हुने जनाइएको छ। विमान दुर्घटनामा ज्यान गुमाएका सुष्मा महेन्द्रनगरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती हुन भने स्लक कान्छा छोरा हुन्।

Read More

धनगढीः धनगढीका सरोज चौधरी २८औं पटक भलमन्सा चयन भएका छन्। सरोज धनगढी उप–महानगरपालिका वडा नम्बर ८ धनगढी गाँउको २८औं पटक भलमन्सा चयन भएका हुन्। गाउँको विकास निर्माण, आपसी मेलमिलाप तथा झै–झगडा मिलाउने र सरोकारवाला निकायसंग राम्रो समन्वय गरेको भन्दै फेरी भल्मन्साको जिम्मेवारी दिएको धनगढी गाउँका सुर्य चौधरीले बताए। चौधरी २०५२ सालदेखि लगातार बिना पारिश्रमिक भल्मन्सा बन्दै आएका छन्।

Read More

धनगढीः डोटीमा ६ जनाको ज्यान जाने गरी भूकम्प आएको अढाई महिना बितिसक्दा पनि सरकारले पीडित परिवारको पुनःस्थापनाको काममा तदारुकता देखाउन सकेको छैन। सयौं घरहरू क्षतीग्रस्त हुँदा भूकम्पपीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्तिबारे विस्तृत तथ्यांकसमेत संकलन गर्न सकेको छैन। कठ्यांग्रिँदो चिसोमा त्रिपालमुनि ओत लगाएर बस्न बाध्य रहेको डोटीको पूर्वीचौकी गाउँपालिका– ३ काडामाडौका पदम बोहराले दुखेसो सुनाए। ‘राहत ल्याउनेहरू लुगाफाटो र त्रिपाल बोकेर मात्र आउँछन्, टाउको निहुराउने घर पुनर्निर्माण गरिदिए सहयोग हुने थियो’, पूर्वीचौकी ३ गैरागाउँकी लक्ष्मी बोहराले दुखेसो गरिन्, ‘चिसोले गाउँमा सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या भइसकेको छ।’ स्थानीय तहहरूले पठाएको प्रारम्भिक विवरणका आधारमा राहतका…

Read More

धनगढीः कैलालीमा खुकुरी प्रहारबाट २ युवक घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगपालिका १ भुरुवामा खुकुरी प्रहारबाट दुई युवक घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा जगत टमटा र राजेश टमट्टा रहेका छन्। सोमबार राति छिमेकीको घरमा नाच्न गएको समयमा करीब १० बजेतिर आपसी विवाद भएपछि लफडा भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। विवादपछि स्थानीय ४ जना युवाले २१ वर्षीय जगत टमट्टा र २५ वर्षीय राजेश टमटामाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ। यस्तै घाइते दुबै जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। तर, उनीहरुको नाम खुलाएको छैन्। घटनामा संलग्न एक…

Read More

कैलालीः कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताएकी छन्।कैलाली टीकापुरमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले पाँच वर्षसम्म प्रतिनिधिविहीन कैलाली क्षेत्र नं १ का जनताले देश निर्माणको अभिभारासहित नेतृत्व तहमा पु¥याएको बताइन्। “हाम्रा लागि अबको पाँच वर्ष अवसर र चुनौती दुवैले घेरिएको छ। त्यो अवसर र चुनौतीलाई एकैसाथ टुङ्गोमा पु¥याउनुपर्नेछ, उनले भनिन्, “जनताकामाझमा बाँडेका सपना पूरा गर्नुछ। दश वर्ष विकासमा पछाडि परेको टीकापुरलाई समृद्धिको बाटोमा डो¥याउने मेरो सङ्कल्प रहनेछ।” उनले टीकापुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै त्यसका लागि आवश्यक अभावलाई…

Read More

धनगढीः कैलालीमा खसी चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ को कौवापुरबाट खसी चोरेर भागेका प्युठानको मल्लरानी गाँउपालिका–४ बस्ने ४५ वर्षीय नारायण पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीमा खसी चोरी लगेको भन्ने निवेदन परेपछि खोजतलासका क्रममा पुनमगरलाई खसीसहित पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका सभामुख आलोचित बनेका छन्। सभामुख भीमबहादुर भण्डारी क्वाटरवाला लफडाका कारण कार्यकालको सुरुमै विवादमा तानिएका हुन्। उनले सभामुखको सरकार निवासको कार्पेट र त्यहाँ रङ्गरोगन नभएको भनेपछि आलोचना खेप्नुपरेको हो। उनले कार्पेट पूरानो भएको भन्दै निवासमा बस्न नमानेको पनि बताइन्छ। तर, उनले भने त्यो कुरा अस्वीकार गरेका छन्। उनले केही दिनमा क्वाटरमा सर्ने दाबी गरे। यता प्रदेशसभा सचिवालय स्रोतले भने सभामुख र उपसभामुखले सरकारी आवासमा कार्पेट र रङ्गरोगनको माग गर्दै बस्न नमानेको जनाएको छ। सचिवालयले बजेट व्यवस्थापन गरेर क्वाटरहरु सजाएर बस्ने वातावरण मिलाउने पनि जनाएको छ

Read More

धनगढीः सुदुरपश्चिम प्रदेश सरकारको सरकारको प्रवक्ता मन्त्री खगराज भट्ट तोकिएका छन्। बुधबार बसेको मन्त्रीपरिद बैठकले प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्टलाई तोकेको हो। उनी बिना विभागीय मन्त्री हुन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका नयाँ डिआइजी अशोक सिंह धनगढी पुगेका छन्। बुधवार प्रहरी नायव महानिरीक्षक (डिआइजी) सिंहले धनगढी पुगेर प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन्। उनी हालै यहाँ सरुवा भएका हुन्। उनी यसअघि विशेष ब्युरोमा कार्यरत थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका यस अघिका डिआइजी मोहनकुमार आचार्यको सरुवा भएपछि उनी यहाँ आएका हुन्। उनी धनगढीका स्थानीय बासिन्दा हुन्। सिंह काठमाडौं, पोखरा लगायतका जिल्लाको कमाण्ड सम्हालिसकेका व्यवसायिक प्रहरी अधिकृत हुन्।

Read More