Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सात वर्षअघि कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीको पनि चुनाव अवधिभर टेलिफोन सुविधा कटौती गरिएको थियो । डिल्लीबजारस्थित सदरखोरमा कैदीजीवन बिताइरहेका उनले स्थानीय चुनाव अवधिभर भेटघाट भने तीव्र बनाएका थिए । चुनावअघि भने चौधरी घन्टौँ भेटघाटमा रहन्थे । गलत सन्देश जाने खतरा देखिएपछि विभागले परिवारका सदस्यबाहेक उनको राजनीतिक भेटघाटलाई कटौती गरेको थियो । यही क्रममा उनको टेलिफोन सुविधा पनि कटौतीमा परेको थियो । विभागका महानिर्देशक घिमिरेका अनुसार उनलाई भेटघाट गर्न कारागारमा मान्छेको भिडजस्तै लाग्ने देखिएपछि केही कडाइ गरिएको हो ।

Read More

काठमाडौँ – नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।  बढुवामा सिफारिसको सूचना

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम चलाउने भएको छ । पार्टीको शनिबार बनेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महरा अनुसार पार्टीले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ । त्यस्तै पार्टीले आगामी चुनावसम्मका लागि प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न एउटा समिति बनाउने निर्णय…

Read More

काठमाडौँ – सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। शुक्रबार दिउँसो प्रतिनिधि सभाबाट २०७५ सालमा संसदमा पेस भएको नागरिकतासम्बन्धी ऐन माथिको संशोधन विधेयक फिर्ता लिएको सरकारले राती नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएको हो। संसद सचिवालयमा दर्ता गराइएको नागरिकतासम्बन्धी ऐनको संशोधन विधेयक २०७९ ले नेपाली नागरिकसँग विवाहलगत्तै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था माथि संशोधन नगर्ने भएको छ। २०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो। सरकारले अहिले ल्याएको संशोधनमा २०७५ को व्यवस्था हटाइएको छ। नागरिकता ऐनको दफा ५ को व्यवस्थामा संशोधनको प्रस्ताव गरिएको छैन।…

Read More

काठमाडौं –  बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार ३ हजार ६४८ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले झण्डै एक हजार मतले अग्रता लिएका छन् । नेपाली काँग्रेसका रंगबहादुर खातीले पछिपछि रहेका छन् । एमालेका उम्मेदवारले मेयरमा २ हजार १९६ र उपमेयरमा २ हजार १७२ मत पाएका छन् भने काँग्रेसका उम्मेदवारले मेयरमा १ हजार २३९ र उपमेयरमा १ हजार २६१ मत पाएका छन् । एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको…

Read More

काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोली प्रहारबाट ज्यान गुमाएका आबेको निधनमा राष्ट्रिय शोक बनाउने निर्णय गरेको हो। ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ,’उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आवेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।’

Read More

कैलाली – कैलालीको धनगढी स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ।

Read More

महेन्द्रनगर – केही दिनअघि मात्रै गायिका इन्दिरा जोशीले सार्वजनिक गरेको गीतमा अहिले चोरेको आरोप लागेको छ। ‘पछ्यौरी’ बोलको गीत अंग्रेजी गीतसँग हुबहू मिल्न गएपछि चोरीको आरोप लागेको हो। अमेरिकी गायक जेसन डेरुलोले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेको गीतसँग जोशीको गीतमा प्रयोग भएका सुर तथा धुन हुबहु मिलेको छ भने उक्त गीत जोशीले आफ्नै शब्द, संगीत र स्वरमा एक साताअघि मात्रै सार्वजनिक गरेकी थिइन्।

Read More

काठमाडौँ – नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा…

Read More