Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रूपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ । यसअघि शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो।

Read More

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए। ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने । पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको लामिछानेले आरोप लगाए । विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै लामिछानेले भने ‘म चुनौतीका साथ भन्छु…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन् । शनिबार आयोजित पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका हुन् । उनले बन्जी जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताउँदै भने–‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ । ओलीले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा युवाको सहभागी हुनुपर्ने भनाइ छ ।

Read More

दार्चुला – दार्चुलामा एक जना पुरुष बेपत्ता भएका छन । जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं ३ रातोभिटा घर भएका अन्दाजी ५० वर्षीय करविर कार्की वेपत्ता भएका हुन् । बिहिबार साँझ आफनै पसल कोलीगाडबाट घर जाने बेला बाटोबाटै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगत मगरले जानकारी दिनु भएको छ । बेपत्ता भएका कार्कीको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो । बेपत्ता कार्कीको अहिलेसम्म एउटा मोबाइल फोन बाहेक अन्य केही नपाएको प्रहरीले जनाएको छ । बेपत्ता कार्कीलाई खोज्न खण्डेश्वरी प्रहरी चौकी तथा लटिनाथबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताएका हुन् । ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए । ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । ‘एघार जनाको समिति बनाउने, सात जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमण मुक्त भएका छन् । यस्तै दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

Read More

दाङ – प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु साथै १४ जना घाइते भएका छन् । शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी सत्यनारायण थापाले जानकारी दिए । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए ।

Read More

दार्चुला – दार्चुलाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको शनिबार हेलिकप्टरबाट उद्दार गरेर थप उपचारका लागि सुर्खेत लगिएको हो । दार्चुला जिल्ला लेकम गाउँपालिका–२ गराडी बस्ने ३० वर्षीया काली सार्की सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनु भएको छ । सार्कीको शारीरिक अवस्था कमजोर रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि अवस्था कमजोर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रजिअ उपाध्यायले बताउनु भयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ति महिलाको उद्दार गरिएको प्रशासनले जनाएको छ…

Read More

बैतडी – बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् । चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो । खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ । बासस्थान र आहारको कमीका कारण चितुवा मानव…

Read More

दार्चुला – नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले सहिदहरुको सम्झनामा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेकोे छ । संगठनको जिल्ला कार्यसमिति दार्चुलाको आयोजनामा सहिद झपेन्द«, मनोज र सुरेन्द्रको स्मृति दिवसको सन्दर्भमा शनिबार जिल्ला अस्पताल दार्चुलामा रहेका विरामीहरुलाई फलफुल विरतण गरिएको हो । कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्यपक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की र मनोज जोशी सुरन्द्र विकको सम्झनामा फलफुल बितरण गरीएको कर्मचारी संगठनले जनाएको छ । संगठनले जिल्ला अस्पताल दार्चुलामा करिब २५ जना बिरामीहरुलाइ फलफुल र जुस बितरण गरेको छ। नेपाल निजामति कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश समिति उपाध्यक्ष श्याम सिह धामीले साउन १५ का…

Read More