-कविता जोशीबा आज हजुरका पदचाललाई पछ्याउँदैपाइलाहरु चाल्ने कोशिसमा छु,सकुला नसकुला शितलता दिन ती हजुरकागरेका त्याग सङ्घर्ष तिर्नै नसकिने अभिभाराहरु,तर भुल्ने छैन हजुरले दिनुभएको ज्ञान ।त्यो जिम्मेवारीले भरिएको जिन्दगीको रिनकहिले भुल्ने छैन आफ्ना सपनालाई मारेरछोराछोरीकै लागि गर्नुभएको बलिदान ।। बामेरा बाको कहानी सरु हुन्छ मेरो जन्मसङ्गै,जिम्मेवारीले कसिलो गरि बाँधिएको काँधआजसम्म अलिकति नि खुकुलो भएनतर पनि बा कहिले थाक्नुहुन्न,आमा त दुःख लुकाउन सक्दिनन्आँसुद्वारा व्यक्त गरिदिन्छिन्तर मेरा बा आफ्नो कर्तव्य निभाउँदा निभाउँदायति कठोर हुन पुगे,जति दुःखको पहाड आए निजति नै पीडा भए नि,जति रोए पनिकहिले कसै सामु देखिने गरी आसु नै झार्नु हुन्नअहिले थाहा पाउँदैछुँ त्यसैले त आजसम्मत्यो आवाजविहीन रुवाइलाई कसैले देख्दैन ।।…
Author: महेन्द्रनगर पोष्ट
नयाँ दिल्ली : यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली र जमील सैदीले ८ जुनमा दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन् । उनका अनुसार भारतमा ३० दिनसम्म १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा बोल्दै मिस वर्ल्ड २०२१ कारोलिना बिलावस्काले भनिन्, ‘हामी यहाँ भारतमा १४० राष्ट्रहरूसँग पूरै महिना बिताउने छौं’ उनले भनिन, ‘भारत मिस वर्ल्ड यहाँको विविधताको प्रतिनिधित्व गर्दछ।’ लाईफ स्टाईल एसियाका अनुसार ७१ औं मिस वल्र्ड प्रतियोगिताका लागि संसार भरीका इच्छुक प्रतियोगीहरुले प्रतिक्षा…
काठमाडौँ: निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ । संविधानमा भएको व्यवस्था विपरीत सरकारले आयोगलाई कार्यपालिका मातहत राख्न खोजेकाले सबै दलसँग परामर्श गर्न लागिएको हो । १५ जेठमा संघीय संसदमा प्रस्तुत बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहतमा लगिएको छ ।
काठमाडौँ : राष्ट्रिय अनुसन्धान विभागले आफ्नै तालिम केन्द्र बनाउने तयारी गरेको छ । हालसम्म विभागका कर्मचारीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा तालिम दिइँदै आएको थियो । हालै आफ्नै तालिम केन्द्र बनाउनका लागि विभागले कागेश्वरी मनोहरा नगरपालिकामा ३५ रोपनी जग्गा प्राप्त गरेको छ । सरकारी स्वामित्वमा रहेको जग्गा विभागको नाममा आएको हो । तालिम केन्द्रको डीपीआर बनाउने र पर्खाल लगाउनका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेट समेत छुट्टिएको स्रोतको भनाइ छ । एक अधिकारीका अनुसार पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभागमा अधिकारीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ । त्यसअनुसार अहिले आतङ्कवाद, राष्ट्रिय सुरक्षा लगायतका विषयमा तालिमहरू पनि सञ्चालन भइरहेको…
धनगढी: धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । यसअघि सुदूरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो । चौथो संस्करणको एसपिए सुदुरपश्चिम स्पोर्टस अवार्डको सारथी अस्पताल बर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारात्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका…
कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयमा गर्मी बिदा दिएको छ ।गर्मी अत्यधिक बढेपछि भोलि जेठ २६ गतेदेखि ३० गतेसम्म ५ दिन विद्यालयहरुमा बिदा दिइएको हो । हाल बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे बिदाबाट मिलान हुने गरी सो अवधिमा विद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पत्राचार गरिएको जनाइएको छ ।
बैतडी: विद्यालय कर्मचारीहरुको आन्दोलनमा नेपाल शिक्षक संघ बैतडीले पनि ऐक्यबद्धता जनाएको छ । नेपाल शिक्षक संघ बैतडीले विज्ञप्ती निकालेर विद्यालय कर्मचारीहरुको आन्दोलनमा आफूहरुको साथ रहेको जनाएको हो । यही जेठ २१ गतेदेखि बैतडीका विद्यालय कर्मचारीहरु आन्दोलनमा छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने लगायतका कुराहरु गरेको भएपनि बजेटबाट त्यो कुरा सम्बोधन नगरेकाले विद्यालय कर्मचारीहरु देशैभरी आन्दोलनमा उत्रेका छन् । शिक्षक संघ बैतडीले विद्यालय कर्मचारीका जायज मागहरु सरकारले पूरा गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामासमेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । साथै पहाडी भूभागका उपत्यका तथा खोँचमासमेत तापक्रम क्रमिकरुपमा बढ्नसक्ने सम्भावना रहेकाले…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । मेयर शाह यतिबेला भारत भ्रमणमा छन् ।
नवलपुर: तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ…, बचाउ…’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्दै गरेको मान्छेले डोरी समातेपछि तानेर उसलाई डुब्नबाट बचाएर सकुसल उद्धार गरिन्छ । यो घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा बुधबार आपतकालिन उद्धारका लागि गरिएको नमुना अभ्यासको दृश्य हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोरसहित सुरक्षाकर्मीले समुदायका बासिन्दालाई नदीमा बगेको तथा डुबेको अवस्थामा उद्धार गर्ने तरिकाबारे सिकाइरहेका थिए । बन्द कोठामा सैद्धान्तिक…