Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रहरीमा बढुवा एउटा नियमित प्रक्रिया हो । तर कहिलेकाहीँ घटुवामा परेका समाचार पनि प्रकाशमा आउने गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको उन्नावमा एक डीएसपीलाई घटुवा गरेर सिपाही बनाइएको छ । उन्नावको तत्कालीन सर्कल अफिसर रहेका डीएसपी कृपा शंकर कनौजियालाई घटुवा गरेर सिपाही बनाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कृपा शंकरले ६ जुलाई २०२१ मा उन्नाव एसपीसँग पारिवारिक कारण देखाएर बिदा मागेका थिए । तर बिदा स्वीकृत भएपछि उनी घर नगएर अन्तै घुम्न गएको पत्ता लाग्यो । डीएसपी कृपा शंकरले बिदा लिएर हिँडेपछि मोबाइल बन्द गरेका थिए । पत्नीले बारम्बार फोन सम्पर्क गर्न खोज्दा मोबाइल लगातार ‘स्वीच अफ’…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन् । सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अरबौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार अख्तियारले मुद्दा दायर गरेको हो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन् ।  दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई मुद्दा दायर गरेपछि मुद्दा किनारा नभए सम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।  मुख्य सचिव अर्याल २०८० साल…

Read More

धनगढीः कैलालीको धनगढीबाट नगदसहित पक्राउ परेका सात जना जुवाडेमा पूर्व जनप्रतिनिधिदेखि प्रहरीसम्म परेको पाइएको छ। हिजो (शनिबार) धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुमा पूर्व वडाध्यक्षदेखि प्रहरीका पूर्व सईसहित व्यापारीहरु परेका हुन्। प्रहरीले हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा गजुरेलसहित सात जनालाइ समातेको थियो।उनीहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी ताससहित समातेको थियो। यसरी समातिनेमा धनगढी वडानम्बर ३ का पूर्व वडाध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता बलबहादुर ऐर, नेपाल प्रहरीका पूर्व सई एवं हाल भन्सार एजेन्टको रुपमा कार्यरत मोहनसिंह धामी र…

Read More

काठमाडौं : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषदलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले परिषदलाई अझ प्रभावकारी र सबै सुरक्षा संयन्त्रहरुको बीचमा सशक्त समन्वयको माध्यम बनाउनुपर्ने धारणा राखे । ‘बाह्य चलखेललाई जस्तो कुनै अपराधीहरु आएर लुक्यो, विदेशबाट आएको सुरक्षाकर्मीले इनकाउन्टर गर्दाखेरि नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन । सुरक्षा परिषदलाई थाहा हुँदैन । त्यो अवस्था पनि छ’, उनले भने । यस्तो अवस्थामा सुरक्षा संयन्त्रहरुका बीचमा प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘तीन वटै सुरक्षा संयन्त्रको बीचमा सुरक्षा समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने छ…

Read More

धनगढी : धनगढीमा अवैध सामान बरामद भएको छ । आइतबार दिउँसो वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले तीन लाख १० हजर २५० मुल्य बराबरकोअवैध सामान बरामद गरेको हो । प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका ४, बसपार्क पछाडि भारतबाट भन्सार छली गरी ल्याइएको बेबारिसे अवस्थामा रहेको समान फेला पारेको हो। बरामद गरिएको समानमा ५०५ जोर सेन्डिल चप्पल र ६,७०० पिस प्रेसर कुकरको रबर रहेका छन्। यो समान अनधिकृत रुपमा भारतबाट ल्याइएको भन्दै प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको समान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा पठाउने तयारी भईरहेको छ।

Read More

धनगढी: धनगढीमा सडकमा हिड्ने मान्छेलाई सताउने ६ जना तेस्रो लिङ्गीहरु पक्राउ परेका छन्। अस्ति (शुक्रबार) सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रो लिङ्गीहरुलाई पक्राउ गरिएको हो। धनगढी उप-महानगरपालिका-३ चटकपुरस्थित सडकमा हिडडुल गर्ने मानिसहरुलाई अनावश्यक हैरानी दिएको भन्दै उनीहरूलाई समातिएको हो। उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको इन्सपेक्टर जनकराज ढुङ्गानाको टोलीले समातेको थियो। अहिले उनीहरूविरुद्ध थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यी हुन् समातिएकाहरुजिल्ला पर्सा बिरगञ्ज महानगरपालिका वडा नं. ०४ घर भएकी वर्ष २५ उर्मिला थापाजिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०६ बस्ने वर्ष १९ रेनुसिंह ठकुरीऐ.गौरीगंगा नगरपालिका वडा नं. ०५ बस्ने वर्ष १८ पारु…

Read More

धनगढी : कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले विभिन्न स्थानहरुमा भन्सार छलि गरी ल्याइएको झण्डै चार लाख मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । लेडिज कुर्ति सुरवाल, सुजी, सिस्टम गुट्खा, बोईलर कुखुरा, बच्चाको चप्पल, चिनि लगायतका विभिन्न सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ । बराबरको मालसमान नियन्त्रणमा लिई भन्सार कार्यालय त्रिनगर पठाएको छ।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो । अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो ।

Read More

काठमाडौं : टी-२० विश्वकपको सुपर ८ को आठौँ खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ।  अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले यो खेलमा ह्याट्रिक विकेट लिएर इतिहास रचेका छन्।  उनी टी-२० विश्वकपमा दुईपटक ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्।

Read More

धनगढी: बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका वडा नम्बर १० महरागाउँका ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए। बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More