Author: महेन्द्रनगर पोष्ट

सप्तरी – सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्-श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो । सिराहाको वस्तिपुर–९ घर भई हाल सुरुङ्गा नगरपालिका-३ बस्ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोकेपछि दुवै जना फरार भएका थिए । उनीहरूलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी जनाएको छ । यसैगरी प्रहरीले…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आज बुधबार राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको विविध क्रियाकलापहरुको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा सिंहले सम्मान गारदको निरीक्षण गरी प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं समूहको प्रशिक्षार्थीद्वारा प्रदर्शन गरिएको कवाजको अवलोकन गर्नु भएको थियो । त्यसै गरी प्रमुख अतिथिज्यूले प्रशिक्षार्थी ब्यारेक, महिला ब्यारेक र मेसको निरीक्षण गरी प्रतिष्‍ठान परिसरमा वृक्षारोपण गर्नुभएको थियो । महानिरीक्षक सिंहले प्रशासनिक भवनमा रहेका प्रतिष्‍ठान र अपराध अनुसन्धान विद्यालयका विभिन्‍न शाखाहरु, कक्षाकोठाहरु, पुस्तकालय तथा घटनास्थल अनुसन्धान तालिम प्रयोगशालाको समेत निरीक्षण गर्नुभएको थियो । सिंहले सोही बिशेष अवसरमा United Nations Office For Project Services (UNOPS) को सहयोगमा संचालित “Strengthening Training…

Read More

काठमाडौं – वादी समुदाय संघर्ष समितिले सरकारसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै केन्द्रीय सरकार र कर्णाली प्रदेशसँग भएका सहमति अक्षरस कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । वादी समुदाय संघर्ष समितिले नेपाल सरकारसँग २०६४ सालमा पहिलोपटक २६ बुंदे र दोस्रोपटक सुर्खेतमा ५ बुंदे सहमति भएको कुनै पनि सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ ।पत्रकार सम्मेलनमा बोल्दै वादी समुदाय संघर्ष समितिका संयोजक हिक्मत वादीले सरकारसँग आफुहरुले गरिखानलाई खेती योग्य जमिनमात्र उपलब्ध गराइदिन माग राखेको बताएका हुन् । उनले…

Read More

काठमाडौं – न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार एक सञ्चारमाध्यमले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो। न्यायाधीश र कानुन व्यवसायीबीचकै अडियो सार्वजनिक भएपछि न्याय परिषदको आकस्मिक बैठक बसेको हो । घुस डिल प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै गल्ती नगरेको दाबी…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीले गरेको मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । आज (बुधबार) बसेको सचिवालय बैठकले पार्टीले गरेको निर्णय कार्यान्वयन किन हुन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । ‘अहिले मन्त्रीमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन रु तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौँ,’ उनले भने । आज बालुवाटारमा बस्ने गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय सुनाउने पनि उनले बताए । सचिवालय बैठकमा पार्टीका आगामी बैठकका तयारीबारे पनि छलफल भएको उनको…

Read More

काठमाडौं – बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधबार प्रतिनिधि सभा अन्र्तगतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन् । समिति बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि संशोधन हाल्ने सांसदहरुले बलात्कारको घटनामा कानूनी दायरालाई कडाइ गर्नुपर्ने बताएका हुन् । नेकपा ९माओवादी केन्द्र०कि सांसद पूर्णकुमारी सुवेदीले दश वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताइन् । उनले…

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको प्रस्ट पारे । उनले भने, ‘पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको विशिष्ठ ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर नै आइरहेको छ, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद नगरी प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ…

Read More

काठमाडौं – नेकपा एमालेका सांसद भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । आज (बुधबार) संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् । संविधान विपरीत इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजीमा राख्न ठुलो चलखेल भएको समेत रावलले बताए । छलफलमा रावलले भने, ‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दर्ता नवीकरण गर्नेले, नयाँ दर्ता गर्ने र सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आबद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राके जुलुस निकालेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ, डिजेल प्रतिलिटर १९२ रुपैयाँ पुर्‍याइएपछि राप्रपा विद्यार्थी संगठनले राके जुलुस निकालेको हो । भृकुटिमण्डप देखि सुन्धारासम्म राके जुलुस निकालिएको थियो ।राप्रपा विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष जे.पि बगालेले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म निरन्तर प्रदर्शन गरिरहने बताएका छन् ।

Read More

काठमाडौं – जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग १० करोडको घुस डिल गर्ने अधिबक्ता रुद्र प्रसाद पोखरेल विवादित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग मिलेर आफ्नै सहकर्मीमाथि जथाभावी गाली गर्थे । १० करोड घुस डिलकै कारण मंगलबार विहान जिल्ला अदालतका प्रमुख न्यायाधीश राजकुमार खतिवडाले सबै सहकर्मीलाई पेशीको गोला तान्न बोलाउँदा न्यायाधीश कोइरालालाई बोलाएनन् । प्रमुख न्यायाधीश खतिवडाले कोइराला र नेपालका बारका पूर्व कोषाध्यक्ष (कानुन व्यवसायी) रुद्र प्रसाद पोखरेलका बीचमा १० करोड लेनदेनको कुरा भएको सबै न्यायाधीशलाई जानकारी गराएका थिए। उनको विषयमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग पनि कुरा भएकोले छानबिनमा जाने कुरा पनि खतिवडाले सुनाएका थिए । न्यूज २४ टेलिभिजनले १० करोडको लेनदेनको अडियो…

Read More