Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- टिकटक स्टार अंश बर्मालाई परीक्षामा बस्न नदिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको हो। संगठनले सुपवि विद्यालयको कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परीक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो। “विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने नियम छ । तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भैरहेका छन्” संगठनका इकाई कमिटी अध्यक्ष प्रेम रावलले भने “नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो,…

Read More

काठमाडौं- नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । शुक्रवार प्रदेश १, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…

Read More

आज – २७ जेठ २०७९ शुक्रवारको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ…

Read More

काठमाडौं- सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार (भोलि)देखि उक्त उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो । पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।

Read More

कञ्चनपुर- नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । अस्पताललाई सभ्य सुलभ, सहज र बिरामीमैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने, अस्पतालमा सरसफाइको ध्यान दिनुपर्ने, थन्किएर रहेका उपकरणहरू यथासिघ्र सञ्चालनमा ल्याउनुपर्ने लगायतका मागहरु हाम्रो संगठनको रहेको अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले संगठनका जायज मागहरुलाई सम्बोधन गर्ने र आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । यस अवसरमा अखिल क्रान्तिकारीले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेको छ ।

Read More

बझाङ- बझाङमा अज्ञात रोगबाट १ वर्षमा ६ शिशुले ज्यान गुमाएका छन् । जयपृथ्वी नगरपालिका–१ को भण्डार गाउँमा अनौठो खालको लक्षण देखिने रोगले शिशुहरुले ज्यान गुमाएका हुन्। भण्डार गाउँकी ललिता रोकायाको ३ महिने छोरो, रेखा विष्टको १ महिने र सुमन विष्टको ४ महिनाको शिशु गरी हालसम्म ६ जनाको यस्तै लक्षणका कारण मृत्यु भइसकेको स्थानीय मोहनबहादुर विष्टले बताए। उनका अनुसार ती शिशुको बान्ता, पिसाब र श्वासबाट पेट्रोल तथा डिजेलको जस्तो गन्ध आउने अनौठो खालको लक्षण देखिएको थियो। यस्तै खालको लक्षणपछि गम्भीर बिरामी परेका दुई बालकलाई धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ। शिशुहरूमा भएको संक्रमणको निदान जिल्लामा हुन नसकेपछि धनगढी…

Read More

डोटी- डोटीमा एक शिक्षक मृत भेटिएका छन्। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत फेला परेका हुन्। उनी बिहीबार बिहान घर नजिकैको एक पसलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको कम्मर र खुट्टामा चोट लागेको छ। उनी विगत केही वर्ष यता सातफरी आधारभूत विद्यालयमा कार्यरत थिए।

Read More

बझाङ- बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षीया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। अत्याधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा. मिलन खड्काले बताए।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११२ जना होम आइसोलेसनमा रहेका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ…

Read More