Author: महेन्द्रनगर पोष्ट

सप्तरी- सप्तरीमा आफ्नै भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बोदे बर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले आफ्नै भाउजु राजकुमारीलाई २१ माघ २०७८ मा पेट्रोल छर्की आगो लगाएका थिए । आगोले शरीरको अधिकांश भाग जलेकी राजकुमारीको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो । घट्नापछि फरार रहेका प्रमेश्वरलाई आइतबार आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ ।

Read More

कैलाली- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जिल्लामा सवारीको गति मापन गर्ने ‘लिडर स्पिड गन’को प्रयोग गर्न सुरु गरेको छ । उक्त उपकरणबाट सवारी साधनको गति नियन्त्रण गर्न गर्न मद्दत गर्ने छ । सवारी साधन तिब्र गतिमा चलाउँदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको कैलालीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए । उनका अनुसार कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङक, अवस्था तथा प्रकृतिलाई बिश्लेशण गर्दा तिब्र गतिका कारण दुर्घटना भई घाइते, मृत्यु तथा धनजनको क्षति अत्याधिक मात्रामा भएको पाइएको छ । मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्व पश्चिम राजमार्ग सडक…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिकामा काँग्रेसको पूर्ण बहुमत रहेको छ । कार्यपालिकामा मेयर उपमेयर सहित २२ जना रहेका छन् । मेयरमा काँग्रेसको तर्फबाट निर्बाचित बिरेन्द्र भट्ट सहित काँग्रेसकै ८ जना वडा अध्यक्ष रहेका छन् । यस्तै एमालेको तर्फबाट उपमेयर सहित ४ जना वडा अध्यक्ष रहेका छन् । यस्तै कार्यपालिकाको निर्वाचनबाट काँग्रेसकै इस्वरा नेपाली, बसन्तीदेवी थरुनी, शारदादेवी भट्ट, डम्मरी शाहु र ईस्वरी रावल निर्वाचित भएका छन् । काँग्रेसबाट नै महादेब कामी, चन्द्रादेवी भुल र धनी कामी पनि कार्यपालिकामा निर्वाचित भएका छन् । कार्यपालिकाका सबै सदस्यहरुले सोमबार नै सपथ लिएका छन् ।

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । नवनिर्वाचित मेयर साहले पहिलो बैठकबाट फोहोर व्यवस्थापनका लागि पहल थालेका हुन् । आफ्नै नेतृत्वमा समिति गठन गरेका साहले उपप्रमुख सुनिता डंगोल र केही वडाध्यक्षलाई समितिमा राख्ने निर्णय गरेका छन् । उनले यसअघि नै काठमाडौंको फोहोर व्यवस्थापन नगरी जितको खुसीयाली नमनाउने बताएका थिए । यस्तै कार्यपालिका बैठकले सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने मेयर साहको प्रस्ताव पनि अनुमोदन गरेको छ । कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न ७ दिनभित्र कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको…

Read More

कैलाली- कैलालीको अत्तरियामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । सुदुरपश्चिम प्रदेशको राजधानी समेत रहेको अत्तरियास्थित महेन्द्रनगर रोडमा नयाँ अस्पताल सञ्चालनमा आएको हो । सोमबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै १५ करोडको लगानीमा अत्तरिया हस्पिटल प्रालि संचालनमा ल्याइएको अस्पतालका प्रमुख डा आन्नद पाठकले जानकारी दिए । अस्पतालले अहिले १५ बेडको स्वीकृती लिएकोमा एक सय बेडसम्मको भौतिक संरचना निर्माण गरिएको उनले बताए । प्रदेशवासीलाई गुणस्तरीय सेवा दिने अस्पतालले दाबी गरेको छ । अस्पतालले ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, आईसियु, एनआईसियुको सेवा दिने जनाएको छ । यस्तै आकस्मिक उपचार, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, दूरबिनबाट पत्थरी, एपेन्डीक्स,…

Read More

बाजुरा- बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन् । बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरवाही गरेको भन्दै सरकारले सिडिओसहित सुरक्षा अधिकारीहरु फेरेको हो । यसअघि निर्वाचन आयोगले कार्यरत प्रजिअसहित सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो । अहिले बाजुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा प्रकाशचन्द्र अधिकारी आएका छन् । उनी अध्यागमन विभागमा कार्यरत थिए । यस्तै जिल्ला प्रहरी कार्यालय प्रमुखमा नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापा हाँजिर भएका छन् । यस्तै सशस्त्र प्रहरी प्रमुख डिएसपीमा टीकापुर तालिम केन्द्रमा कार्यरत गंगा पन्तलाई बाजुरा पठाइएको छ । उनीहरु तीनै जनालाई…

Read More

बैतडी- बैतडीका विभिन्न तीन पालिकाका तीन वडामा पानी पुगेपछि स्थानीय खुशी भएका छन् । जिल्लाको सिगास गाउँपालिका–३, सुर्नया गाउँपालिका–६ र मेलौली नगरपालिकाको काँडा बजारमा खानेपानी पुगेपछि त्यहाँका स्थानीय खुशी भएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट लिफ्ट खानेपानी निर्माण गरिएपछि गाउँमा खुसियाली छाएको हो । अहिले त्यहाँका स्थानीयले टाढा पुगेर पानी बोकेर खानुपर्ने बाध्यता हटेको बताएका छन् । यसअघि ती गाउँहरुमा दैनिक एक घण्टा ओरालो, उकालो गरेर खानेपानी बोक्नुपर्ने बाध्यता थियो ।

Read More

कैलाली- कैलालीमा माछा मार्नेक्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ कुटी बस्ने ३५ वर्षीय बिनोद राजीको सोही ठाउँमा मोहना नदीमा डुबेर मृत्यु भएको हो । उनको आइतबार नदीमा डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्रमा एक वर्षदेखि उठ्न नसकेको ढुंगा गिट्टी नगरपालिकोले उठाएको छ । सदरमुकाम क्षेत्रमा खानेपानी पाइपको खोदान खन्ने क्रममा सडक छेउमा राखिएका ढुंगा गिट्टी नगरपालिकाले सफाई गरेको हो । महाकाली नगरपालिकाको डोजर प्रयोग गरि सदरमुकाम क्षेत्रमा कुरुपको रुपमा देखिएको ढुंगा गिट्टी सफाई गरिएको छ । नगरप्रमुख नरसिंह चैसिरको सक्रियतामा बजारभरी रहेको ढुंगा गिट्टी सफाई गरिएको हो । यस्तै धेरैदिन उठ्न नसकेको फोहोर पनि उठेको छ । बजारमा जथाभावी रुपमा फालिएका फोहोर उठाइएको छ । नगरबासीले बजार क्षेत्रमा भएको ढुंगा गिट्टी सफाई अभियानलाई सकारात्मक भन्दै वीरेन्द्र वन क्षेत्रमा रहेका सडकका खाल्डाखुल्डी समेत बन्द गर्न माग गरेका छन्…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले नगरबासीका गुनासा र सुन्न र सम्बोधन गर्न आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख हमालले धनगढीबासीका गुनासा, सल्लाह–सुझाव तथा समस्या सम्बोधन गर्नका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् । सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन उनले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरे । विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएमा यही नम्बरमा आफूलाई सिधै सम्पर्क गर्न सकिने उनले बताए । कहीँकतै कमी कमजारी भएमा तुरुन्तै कारबाही गरिने उनले बताए । उनले व्यक्तिगत कामका लागि भने उक्त…

Read More