Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीकी दुई बालिका बेपत्ता भएकी छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर २ बगनियाकी १६ वर्षीया बसन्ती बजगाई र करुणा खत्री बेपत्ता भएकी हुन्। बसन्ती बजगाई एसईई दिएर बसेकी थिइन भने करुणा खत्री कक्षा ८ मा अध्यनतर थिइन्। उनीहरु गत २० गते शनिबार राति ९ बजेदेखि बेपत्ता भएको आफन्तले बताएका छन्। यता प्रहरीले पनि उनीहरुको खोजी गरिरहेको जनाएको छ। उनीहरुलाई कतै फेला पारेमा प्रहरीलाई सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्। साथै उनका बुबाको नम्बर ९७४८२५७९७६ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।

Read More

काठमाडौं- झापामा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपीन राईलाई प्रहरीले पक्राउ गरेको छ। मेचीनगर नगरपालिका १३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको प्रहीले जनाएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बैतडी- दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ ज्ञापन पत्र बुझाएको छ । विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै समाजले तालिमका लागि धनगढी आएका बैतडीका १० वटै पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुलाइ ज्ञापन पत्र बुझाएको समाजका सहसचिव राकेश मडैले जानकारी दिए । ज्ञापन पत्र मार्फत अध्यानको सिलसिलामा बैतडीबाट कैलाली गएका विद्यार्थीहरुको समस्या सामाधानका लागि पहल गर्न माग गरिएको छ । यस्तै शिक्षा क्षेत्रको सर्वाङगण्ीय विकासका लागि काम गर्न, बैतडेली भाषा,कला संस्कृतिलाइ तराइका जिल्लामा पहिचान गराउन विभिन्न किसिमका रचनात्मक साँस्कृतिक तथा धार्मीक कार्यक्रम गर्नु पर्ने लगायतका आठ बुंदे माग अघि सारेरे ज्ञापन पत्र बुझाइएको दशरथचन्द बैतडी विद्यार्थी समाज…

Read More

कञ्चनपुर- टिकटक स्टार अंश बर्मालाई परीक्षामा बस्न नदिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको हो। संगठनले सुपवि विद्यालयको कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परीक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो। “विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने नियम छ । तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भैरहेका छन्” संगठनका इकाई कमिटी अध्यक्ष प्रेम रावलले भने “नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो,…

Read More

काठमाडौं- नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । शुक्रवार प्रदेश १, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…

Read More

आज – २७ जेठ २०७९ शुक्रवारको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ…

Read More

काठमाडौं- सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार (भोलि)देखि उक्त उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो । पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।

Read More

कञ्चनपुर- नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । अस्पताललाई सभ्य सुलभ, सहज र बिरामीमैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने, अस्पतालमा सरसफाइको ध्यान दिनुपर्ने, थन्किएर रहेका उपकरणहरू यथासिघ्र सञ्चालनमा ल्याउनुपर्ने लगायतका मागहरु हाम्रो संगठनको रहेको अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले संगठनका जायज मागहरुलाई सम्बोधन गर्ने र आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । यस अवसरमा अखिल क्रान्तिकारीले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेको छ ।

Read More

बझाङ- बझाङमा अज्ञात रोगबाट १ वर्षमा ६ शिशुले ज्यान गुमाएका छन् । जयपृथ्वी नगरपालिका–१ को भण्डार गाउँमा अनौठो खालको लक्षण देखिने रोगले शिशुहरुले ज्यान गुमाएका हुन्। भण्डार गाउँकी ललिता रोकायाको ३ महिने छोरो, रेखा विष्टको १ महिने र सुमन विष्टको ४ महिनाको शिशु गरी हालसम्म ६ जनाको यस्तै लक्षणका कारण मृत्यु भइसकेको स्थानीय मोहनबहादुर विष्टले बताए। उनका अनुसार ती शिशुको बान्ता, पिसाब र श्वासबाट पेट्रोल तथा डिजेलको जस्तो गन्ध आउने अनौठो खालको लक्षण देखिएको थियो। यस्तै खालको लक्षणपछि गम्भीर बिरामी परेका दुई बालकलाई धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ। शिशुहरूमा भएको संक्रमणको निदान जिल्लामा हुन नसकेपछि धनगढी…

Read More

डोटी- डोटीमा एक शिक्षक मृत भेटिएका छन्। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत फेला परेका हुन्। उनी बिहीबार बिहान घर नजिकैको एक पसलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको कम्मर र खुट्टामा चोट लागेको छ। उनी विगत केही वर्ष यता सातफरी आधारभूत विद्यालयमा कार्यरत थिए।

Read More