Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको घोडाघोडीम नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा सुरुवात गरेको छ । नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम दुलारे चौधरी प्यानलसहित विजयी भएका छन् । उनी ८ सय २६ मत ल्याई विजय भएका हुन् । महिला सदस्यमा सुनिता चौधरीले ८ सय ४३, दलित महिला सदस्य मातादेवी दमाईले ८ सय २२, सदस्यद्वय गोपुल दास डगौरा चौधरीले ८५१ र रामनाथ चौधरीले ७९० मत ल्याएर विजय प्राप्त गरे ।

Read More

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ४ मा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भएको छ । माओवादीका बहादुर राना प्यानलसहित विजयी भएका छन् । रानाले ५ सय ९० मत ल्याए भने एमालेका ओमप्रकाश रानाले ४ सय ८० र काँग्रेसका लक्षमण रानाले ४ सय २७ मत ल्याए । स्वतन्त्र उम्मेदवार सोमबिर चौधरीले पनि ४ सय २७ मत पाए । वडा सदस्यहरुमा पनि बहादुर रानाकै प्यालबाट विजयी भएका छन् । लालझाडी गाउँपालिका ४ मा २ हजार ४ सय ८६ मत खसेको थियो ।

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । उनले अग्रता पनि बढाउँदै गएका छन् । जम्मा १९५३ मतगणना हुँदा हमालले ९०९ मत ल्याएका छन् । उनलाई गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दको ८३ मत पुगेको छ । उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका शान्ति अधिकारीले अग्रता लिएकी छन् । उनले ४५८ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले २४० र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३११ मट ल्याएका छन् । मतगणनामा बदर मतको संख्या पनि धेरै देखिएको छ । १९५३ मतगणना गर्दा ९०९ मत बदर भएका छन्…

Read More

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी यात्रा शुरूवात गरेको छ । नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार वीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरका साथ विजयी भएको हो । वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।

Read More

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार धनबहादुर साउँदले अग्रता लिएका छन् । ९ सय ५२ मत गन्दा साउँदले २ सय ९५ मतसहित अग्रता लिएका हुन् । नेकपा एमाले छाडेर उनले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई कांग्रेसका टेकराज पाण्डेयले पछ्याइरहेका छन् । उनले २ सय ३३ मत पाएका छन् । गत निर्वाचनमा विजयी भएका माओवादीका उमेश भट्टले भने १ सय ८४ मत पाएका छन् भने एमालेका पदम पालले १ सय ४८ मत पाएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले र काँग्रेसबीच कडा प्रतिष्पर्धा भइरहेको छ । ३२६ जम्मा मत गणना हुँदा एमालेले ११५ मत पाएको छ भने काँग्रेसले ११३ पाएको छ। एमाले काँग्रेस भन्दा जम्मा २ मतले अगाडि रहेको छ । यस्तै माओवादी केन्द्रले ६४, एकीकृत समाजवादीले ९ मत प्राप्त गरेको छ । उपमेयरमा मांग्रेसले १ सय १०, एमालेले ९७, माओवादी केन्द्रले ७ र समाजवादीले ८ मत प्राप्त गरेको छ ।

Read More

काठमाडौं- सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Read More

डोटी– डोटीको पूर्वीचौकी गाउँपालिका वडा नंं. १ खिरसैनमा नेपाली कांग्रेसको वडाध्यक्षसहित प्यानल विजयी भएको छ । अध्यक्षमा अकंबहादुर खड्का, दलित महिला सदस्य खिनादेवी लुहार, महिला वडा सदस्यमा पारुदेवी श्रीमाल, वडा सदस्यमा वीरबहादुर खड्का, वडा सदस्यमा सरस्वतीदेवी साउँदको सिंगो प्यानल विजयी भएको छ। उनले प्रतिपक्ष नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार कैलाश खड्कालाई ३४८ मतान्तर ले पराजित गर्दै विजयी सुरुवा गरेका हुन्। पूर्वीचौकी गाउँपालिकामा अरु वडाहरुको मत गणना जारी छ।

Read More

डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएका हुन् ।

Read More

रोल्पा– रोल्पाको रोल्पा नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगी गोलाप्रथाबाट विजयी भएका छन् । डाँगी र कांग्रेसका देउचन थापाले बराबरी ५४३ मत ल्याएपछि गोलाप्रथा गरिएको थियो । सुरुवाती चरणमा डाँगीको अग्रता भएपनि अन्तिममा थापाले मतान्तर घटाउँदै बराबरी बनाएका थिए । यहाँ एमालेले ७४ र राप्रपाले ३५ मत ल्याएको छ ।

Read More