Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरभित्रका दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेका छन्। आज पदभार ग्रहण गर्दै उनले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने बताए। नगरभित्रका स्वास्थ्य संस्थाबाट अन्यत्र उपचारका लागि पठाउनुपर्ने सुत्केरी र अशक्त बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गर्ने निर्णय गरिएको छ। थारू समुदायको परम्परागत कालदेखि प्रचलनमा रहेको भल्मन्सा, वडघर प्रथालाई कानुन निर्माण गरी नगरसँग जोडिने छ। सामाजिक सुरक्षा भत्तालाई वडा तहमा वितरण गर्ने र नगरपालिकाभित्र रहेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णयसमेत गरेका छन् । रासस

Read More

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारीले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको खुलेको छ । परिषद्का तालिम अधिकृत विजयकुमार झाले शनिबार आफ्नै कार्यकक्षमा बोलाएर आफूलाई दुर्व्यवहार गरेको ती युवतीको आरोप छ । युवतीमाथि यौन दुव्र्यवहार गरेको पाइएपछि उनलाई निलम्बन गरिएको छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै युवतीले दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि उनलाई निलम्बन गरिएको परिषद्का एक अधिकारीले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको र झामाथि थप कारबाही प्रक्रियासमेत अघि बढाइनेछ । झाले यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि उनलाई दुई महिना निलम्बन गरिएको थियो ।

Read More

बैतडी- बैतडीको पुर्चोडी नगरपालिकाले सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रतिपरिवारलाई वार्षिक २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्दै सहिद परिवारका लागि यस्तो निर्णय गरेका हुन् । साथै जनयुद्धका घाइतेहरूका लागि निःशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निर्णय समेत गरिएको छ । यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चोडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना १ साउनदेखि नै एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने निर्णय पनि गरिएको छ । यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ । बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो । वडाध्यक्ष गजेन्द्र शाहीले बालबालिकाहरूले धुम्रपान र मद्यपान विक्री वितरण तथा सेवन गरिरहेको गुनासो बढेपछि सो सूचना जारी गरिएको बताए । उनले लागुपदार्थ दुर्व्यसनीले देशमै प्रसय पाएको हुँदा नियन्त्रण गर्न पनि वडा कार्यालयले ऐन बमोजिम वडामा सो नियमलाई कडाईका साथ अघि बढाएको बताए । उनले…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र मधेस प्रदेशका एक–दुई स्थानमा वर्षा भएको छ । दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म ७ सय ४५ पालिकाको नतिजा आइसकेको छ । देशका ७ सय ५३ पालिका मध्ये बाँकी ८ पालिकाको नजिता आउने क्रममा छ । यो समाचार तयार पर्दासम्म काँग्रेस ३२५, एमाले २०२, माओवादी केन्द्र १२१, जसपा ३०, एकीकृत समाजवादी २० र लोसपा १६ पालिकाको नेतृत्व हात पारेको छ । राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, राष्ट्रिय जनमोर्चा २, नेमकिपा १, विवेकशील साझा १, जनता प्रगतिशील पार्टी १, तमलोपा १ र जनमत पार्टी १ गरी साना दलले १४ पालिकाको नेतृत्व हात पारेका छन् । १६ ठाउँमा स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख–अध्यक्ष हात परेको अवस्था छ । यस्तै काँग्रेस…

Read More

कैलाली- कैलालीस्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि संयुक्त नागरिक आन्दोलन गरिने भएको छ । सरकारले मंलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल सञ्चालनको विषय नसमेटिएपछि यहाँका संयुक्त नागरिक आन्दोलित बनेका हुन् । मेडिकलन सञ्चालन गर्नुपर्ने माग गर्दै स्वस्फुर्त रुपमा नागरिक आन्दोलनमा जुटिरहेका बेला बुधबार धनगढीमा आन्दोलन अगाडि बढाउन नागरिक समूहले छलफल गरेका छन् । एक मात्र साझा एजेन्डा ‘गेटा मेडिकल कलेज तत्काल संचालन गर्न’ सयुक्त नागरिक आन्दोलन गर्ने निर्णय गरिएको रबिन पन्तले बताए । उनल अन्य नागरिक समाज, पेशागत संघ सङ्ग्ठन सङ्ग समन्वय गरेर संयुक्त नागरिक अन्दोलन गर्ने निर्णय गरिएको बताए । अर्बौको लगानीमा गेटामा पूर्वाधार निर्माणको ९० प्रतिशत…

Read More

कैलाली- कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले मंगबार राति धनगढी–२ ट्राफिक चोकबाट करिब ४ सय मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका–१२ बस्ने २३ वर्षीय पुरन विक र डोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढीमा वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न धनगढी–१८ को वडा कार्यालयमा लाइन बसेका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो । वडा कार्यालयमा पालो कुरिरहेका चौधरी एकाएक ढलेर बेहोस भएका थिए । उनी ढलेपछि उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । परिवारका अनुसार उनी दम र सुगर रोगबाट पीडित थिए ।

Read More

काठमाडौं- स्थानीय तह निर्वाचन अन्तर्गत अझै देशभरका पाँच पालिकाको नतिजा आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अगाडि छन् । उनलाई नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले पछ्याइरहेकी छन् । उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी अग्रस्थानमा छन् । उनलाई प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले पछ्याइरहेका छन् । रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार अगाडि छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर…

Read More