Author: महेन्द्रनगर पोष्ट

कैलाली- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले मतदानमा सहभागिता जनाइनन् । झण्डै दुई हप्ता सुदूरपश्चिम बसेर कांग्रेसका उम्मेदवारका लागि मत मागेकी राणाले अन्तिममा आफै मतदान गरिनन् । उनी प्रचारप्रसारका लागि गृहजिल्ला डडेल्धुरा समेत गएकी थिइन्। प्रधानमन्त्री एमव् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोलामा पुगेपनि राणा भने त्यहाँ पुगिनन् । असिग्राम मावि रुवाखोला ‘ख’ का मतदान अधिकृत सुरेन्द्रबहादुर कार्कीले नेतृ राणाको मतदाता नामावली पनि सोही मतदान केन्द्रमा छ । उनले राणा मत खसाल्न नआएको पुष्टि गरे । राणा अहिले काठमाडौंमै रहेको बुझिएको…

Read More

धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवाद भएपनि मतदान स्थगित गरिएको छ । मतदाताबाट मतदान गरिएको भन्दै दिउँसोदेखि विवाद बढेपछि मतदान स्थगित गरिएको हो । विवादपछि लामो समयसम्म सर्वदलीय बैठक मार्फत छलफल हुँदा समेत सहमति नभएपछि मतदान स्थगित गरिएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले बताइन् । अब मतदान कहिले भन्ने यकिन नभएको उनले बताइन् । निर्वाचन कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रक्रिया अघि बढाईने उनको भनाइ छ।

Read More

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा मतदान स्थगित भएको छ। डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि मतदान स्थगित भएको हो । स्थगित भएको निर्वाचन आगामी जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

Read More

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आज (शुक्रबार) बिहान २ बजे सिलिन्डर बम विस्फोट गराइएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार एक जना व्यक्तिले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन् । विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको छैन । तर घटनास्थल आसपासमा केही पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ।

Read More

तनहुँ – तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । व्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । जोशीको टाउकोमा चोट लागेको छ । काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् । जोशीले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि आक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थेँ’ उनले भने, ‘अहिले पनि बाहिर गुन्डाहरू छन्, म भित्र छु ।’

Read More

सुर्खेत – भारी वर्षा भएपछि सुर्खेतका दुई पालिकामा मतदान प्रक्रिया प्रभावित भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा पानी परेपछि निर्वाचन प्रक्रिया प्रभावित भएको हो। भारी वर्षा भएपछि दुई पालिकाका केही मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। पानी पर्न रोकिएपछि ती स्थानमा मतदान सुरू हुने बताइएको छ। सुर्खेतमा अहिले पनि हावा हुरीसँगै भारी वर्षा भइरहेको छ।

Read More

बैतडी – बैतडीमा भोट हाल्नका लागि स्टेचरमा राखेर मतदान केन्द्र लगिएका एक वृद्धको मृत्यु भएको छ । पाटन नगरपालिका-६, पाटनमा भोट हाल्न पुर्‍याइएका टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार स्टेचरमा बोकेर विष्टलाई कृष्ण मध्यमिक विद्यालय मतदान केन्द्रमा पुर्‍याइएको थियो । मतदानस्थलमा पुर्‍याइएपछि उनी त्यहीँ बेहोस भएका थिए । उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Read More

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका छन् । डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत फुटाइएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक ज्येष्ठ नागरिक महिलाको मत खसाल्न गएका मतदान अधिकृत विपिन यादवलाई स्थानीयले लछारपछार गर्नुका साथै दुई वटा मतपेटिका फुटाएका हुन् । मतपेटिका फुटाए पनि मतपेटिकामा खसालिएको मतपत्र भने सुरक्षित नै रहेको उनले बताए । ती ज्येष्ठ नागरिक महिलाले आफूले भनेविपरीत छाप लगाइदिएको भनेपछि विवाद भएको थियो । अवरुद्ध भएको मतदान सुचारू गराउन सर्वपक्षीय बैठक बोलाइएको गौतमले बताए ।

Read More

धादिङ – धादिङको उत्तरी क्षेत्र रुविभ्याली गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। निर्वाचन अधिकृत भीमप्रसाद भण्डारीका अनुसार खादिङ भन्ने मतदान केन्द्रमा भने सम्पन्न भएको हो। उनका अनुसार उक्त मतदान केन्द्रमा ४ सय १८ जना मतदाता रहेकोमा लगभग सबैले भोट हालिसकेका छन्। ‘एकदुई जना छुट्नु भएको हुन सक्छ ता पनि हामी केही समय पर्खन्छौं,’ उनले भने। गाउँपालिकामा समग्र ४० प्रतिशत मतदान भइसकको उनले जनाकारी दिए। रुविभ्याली गाउँपालिकाको अध्यक्षमा यसभन्दा अघि राप्रपाले जित हासिल गरेको थियो।

Read More

पर्सा – वर्षाका कारण पर्साका तीन पालिकामा मतदान रोकिएको छ। जिल्लाको ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा वर्षाका कारण निर्वाचन झण्डै आधा घण्टादेखि रोकिएको निर्वाचन अधिकृत रञ्जिता झाले जानकारी दिइन्। उनका अनुसार भारी वर्षा भएपछि ५, ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने उनले जानकारी दिइन्। निर्वाचन आयोगको रिपोर्टिङ अनुसार जिल्लामा ४७.५ प्रतिशत मतदान सम्पन्न भएको उनले बताइन्।

Read More