Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोजमा महाधिवेशन गर्ने भएको छ। उदयपुरको रौतामाइमा भएको १३औं केन्द्रीय कमिटीको बैठकले असोज १–८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने भएको हो । पार्टी विभाजनपछि महाधिवेशनको मिति तय भएको केन्द्रीय सदस्य शरद वलीले जानकारी दिए। चैतमा कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित निर्णय पार्टी नेतृत्वले उल्लंघन गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वमा नेकपा बहुमत गठन भएको छ। सो बैठकले महासचिव विप्लवको स्थानीय तह निर्वाचन उपयोग गर्ने प्रस्ताव असफल पारेको थियो। बैठकले पार्टी चुनावमा सहभागी नहुने तर एमसीसी विरोधी उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको थियो। तर विप्लव निकट नेताहरु स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि विवाद…

Read More

खोटाङ- मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ । ठक्करबाट गम्भीर घाइते भएका ५६ वर्षीय श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । गत शुक्रवार खोटाङको दिक्तेल बजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका श्रेष्ठको उपचारका क्रममा आज आइतवार निधन भएको हो । हेलिकप्टरबाट न्युरो अस्पताल बाँसबारी पुर्‍याइएका श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको हो । श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको रत्नपार्क जिरोप्वाइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो । श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए । झन्डै १५ वर्ष…

Read More

कैलाली- कैलालीको चौकीडाँडामा युवाहरुको अगुवाईमा हेल्प डेक्स स्थापना गरिएको छ । गोदावरी नगरपालिका– ३ को वडा कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कबाट वडामा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिइने जनाइएको छ । सहयोगी हातहरुको हातेमालो कार्यक्रम अन्तर्गत हेल्प डेस्क स्थापना गरिएको स्थानीय सुनीराम बिकले बताए । अगुवा युवा रमेश भट्टराईले वडामा सेवा लिन आउँदा जेष्ठ नागरिक, अपाङ्गता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सेवा दिन हेल्प डेस्क स्थापना गरिएको बताए । उक्त हेल्प डेस्कको जेष्ठ नागरिक तारा पार्कीले उद्घाटन गरेका थिए । उक्त हेल्प डेस्कमा स्थानीय युवाहरुले स्वस्फुर्त रुपमा सेवा दिने जनाइएको छ ।

Read More

अछाम- अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ले गर्भवती महिलाका लागि राहत दिने निर्णय गरेको छ । वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले वडाका कुनैपनि गर्भवति महिला सुत्केरी हुनका लागि जिल्ला अस्पताल पुर्याउनुपर्दा सहुलियत स्वरुप १५ सय रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो । कुनै पनि गर्भवती महिला रकमको अभावका कारण अस्पताल जान नसक्ने अवस्था नआओस् र आमा र बच्चाको स्वास्थ्य जटिल हुने अवस्था नहोस् भनेर उक्त निर्णय गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । आफूले चुनावको बेला गरिएको प्रतिबद्धता अनुसार महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै वडाको पहिलो बैठकबाटै उक्त निर्णय गरिएको उहाँको…

Read More

दार्चुला- जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यालय तालिका सार्वजनिक गर्दै आज मतदाता नामावली प्रकाशन गरेको छ । जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा समन्वय समितिका पदाधिकारीको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको छ । ९ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ । जिल्लामा (नेकपा माओवादी केन्द्र)को ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुख सहित…

Read More

अछाम- नेपाल पत्रकार महासंघ अछामले स्वर्गीय पत्रकार एलबी बिश्वकर्माको आश्रित परिवारलाई आर्थिक सहयोग गरेको छ ।शाखाले स्वर्गीय पत्रकार बिश्वकर्माका धर्मपत्नीलाई ३५ हजार नगद सहयोग गरेको शाखाका अध्यक्ष खम्म खत्रीले जानकारी दिए । आइतबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको रोहबरमा महासंघका केन्द्रीयय सदस्य सरिता तिमिल्सैना पंगेनीले नगद रु ३५ हजार बिश्वकर्माका धर्मपत्नीलाई हस्तान्त्ररण गरिन् । उनको घरखर्च चलाउन केही हदसम्म भएपनि सहज होस् भनेर आर्थिक सक्दो आर्थिक सहयोग गरिएको अध्यक्ष खत्रीले बताए । आगामी दिनमा समेत उनको आश्रित परिवार र एकजना छोराको पढाईको लागि पहल गरिने समेत उनले बताए । सो अवसरमा केन्द्रीय सदस्य तिमिल्सैनाले समेत केन्द्रबाट…

Read More

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया युवतीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधराचाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले युवतीको शनिबार साँझ उद्धार गरेको हो । युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न भारत उत्तरप्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट युवतीको उद्धार गरिएको जानकारी दिए । युवतीलाई झुक्याएर भारत लैजाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गर्नुको साथै युवतीको उद्धार…

Read More

कैलाली- उद्योग वाणिज्य संघको नेतृत्वका लागि छुट्टाछुट्टै दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संघको यही जेठ २८ गते हुने चुनावमा बर्तमान अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई प्यानल बनेका हुन् । दुबै प्यानलले आइतबार मनोनयन दर्ता गरेका छन् । कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । कुँवर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज…

Read More

कैलाली- नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गर्दै नयाँ मन्त्री पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नयाँ मन्त्रीको नाम सिफारिससमेत गरिसकेका छन् । मन्त्रीका लागि सिफारिस हुनेमा गैरसांसद शेरबहादुर कुँवर पनि छन् । पार्टीले उनलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएको छ । यो मन्त्रालय यसअघि एकीकृत समाजवादीकै कृष्णकुमार श्रेष्ठले हेर्दै आएका थिए । कुँवर यसअघि साट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेका थिए । नेपालको संविधानले कुनै पनि संघीय संसद्‌को सदस्य नभएको नेता बढीमा ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेको छ । संविधानको…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभाको १० आं बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै आर्थिक विकास र गरिवी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय…

Read More