Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ । कुन स्थानीय तहलाई कति बजेट ? हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौं – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाएसंगै अन्त्येष्टि गरिएको छ । सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ । सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।

Read More

काठमाडौँ – हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोधमा यति एयरलाइन्सले आज (बिहीबार)को सबै उडान रद्द गरेको छ । भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो । ‘इनरुट’सम्बन्धी अन्योलकै कारण हिजो (बुधबार) पनि काठमाडौँबाट ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित भएको थियो । मौसम सफा भए पनि ‘इनरुट’को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योलका कारण समस्या भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रस्ट जानकारी दिएको छैन । जसले एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ’, उनले भने ।…

Read More

दार्चुला – दार्चुलाका ९ वटा स्थानीय तहमा १८ मतभार रहेको छ। तर जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलसँग बहुमत मतभार छैन । एमाले र नेकपा माओवादी केन्द्र मिले भने यहाँ समन्वय समिति बनाउन सक्ने देखिएको छ । सबैभन्दा धेरै ५ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको एमालेसँग पनि जिल्ला समन्वय समिति गठनका लागि बहुमत मतभार छैन। एमालेले दुहु गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका अध्यक्ष, महाकाली नगरपालिका प्रमुख, उपप्रमुख, मालिकार्जुन अध्यक्ष, लेकम गाउँपालिका उपाध्यक्ष र शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुख जितेको छ । उससँग ८ वटा मतभार रहेको छ। कांग्रेसले अपिहिमाल उपाध्यक्ष, दुहु गाउँपालिका उपाध्यक्ष, नौगाड उपाध्यक्ष र मार्मा उपाध्यक्ष जितेको छ।…

Read More

बैतडी – जिल्ला समन्वय समिति बैतडीको निर्वाचन यही जेठ २४ गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधानअनुसार चुनावको मिति तय भएको हो । मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ । यसमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन् । चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार हुन पाउने प्रावधान रहिआएको छ । मतदाताका रूपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । निर्वाचनका लागि जेठ २१ गते मनोनयन दर्ता हुनेछ ।…

Read More

एजेन्सी – ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ। कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरहरूलाई भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ। पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यस अघि दोस्रो सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा १७५ जनाले ज्यान गुमाएका थिए । अग्निनियन्त्रक र ब्राजिलियन सेनाले तालिम प्राप्त उद्धार कुकुरहरूको सहयोगमा बेपत्ता…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन्। चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छन्।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका वडां. १६ का वडाध्यक्ष मुकुन्द रिजालले कार्यकक्षमै टिकटक बनाएर बस्ने गरेका छन् । सामाजिक सञ्जालमा देखिएको टिकटकमा ‘डाँडाघरे माइली…’ नामको गीतमा टिकटक बनाएको भिडियो सार्वजनिक भएको छ । वडाध्यक्ष रिजालको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीविरुद्ध धेरै प्रतिक्रियाहरु आइरहेका छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिकाको लाइभ बैठकमा उनले दिएको अभिव्यक्तिप्रति पनि उनीविरुद्ध सामाजिक सञ्जालमा प्रतिक्रियाहरु देखिएका थिए । त्यसलगत्तै उनको यस किसिमको कार्यकक्षमै बसेर रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि धेरै प्रतिक्रियाहरु आइरहेका छन् । २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं. १६ बाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी भएका रिजाल…

Read More

काठमाडौँ – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलवार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

Read More

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले आर्थिक वर्ष २०७९/८० को बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले अहिलेको बजेटले थप संकटको पुनरोत्पादन गर्ने जिकीर गरे । उनले भने, ‘विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप संकटको पुनरुत्पादन गर्ने हिसाबले आयो यो बजेट, मैले त्यस्तो अपेक्षा गरेको थिएन ।’ अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकिकन बजेट ल्याएको भनेर उनले आलोचना गरे । ‘यसले उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन,’ उनले भने ।

Read More