Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारी बोधको रुपमा लिएको प्रतिक्रिया समेत दिएकी छन्। आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबै मतदाताहरूलाई आह्वान गरिन् । उनले भनिन्, ‘यो जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा…

Read More

एजेन्सी – “श्रीलङ्काले सामना गरिरहेको गम्भीर कठिनाइहरू कोभिड-१९ महामारीको प्रभावहरूको प्रारम्भिक सङ्केत हो । त्यस्तै युरोपमा जारी द्वन्द्वले अन्य कमजोर राष्ट्रहरूलाई क्षेत्रीय र विश्वव्यापीरूपमा पनि असर गर्न सक्छ ।” उहाँले भन्नुभयो । राष्ट्रपतिले यस जटिल समस्यामा ध्यान दिनुपर्ने र कृषि उत्पादनलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले देशवासीलाई यस्ता विकराल समस्याको सामना गर्ने उपाय खोज्न पनि आग्रह गर्नुभएको छ । “जापान श्रीलङ्काको प्रमुख विकास साझेदारहरू मध्ये एक हो र हामी आशा गर्छौं अहिले जापानबाट कोष जुटाउने सम्बन्धमा भइरहेको वार्ता छिट्टै टुङ्गिनेछ र हामीले हाम्रो अर्थतन्त्र र हाम्रो राष्ट्रलाई स्थिर बनाउन प्रयास गर्नेछौं,” डेली मिररले राजापाक्षेलाई उद्धृत गर्दे…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौँको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।  ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौँलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ । नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।

Read More

काठमाडौं – रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले आगलागी नियन्त्रणमा आएको जानकारी दिए। उनले एउटा ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको खुलाए । आगलागी कारण खुलिनसकेको उनको बताए ।

Read More

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा दुईसय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा दुईसय रुपैयाँले नै बढ्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढ्दै आज एकहजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छिन् । शुक्रबार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाइन् ।सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने उनले बताइन् । मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि…

Read More

काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार भई पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्। जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उनले बताए। ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु,’ उनले धन्यबाद वक्तव्य जारी गर्दै भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’ काठमाडौंको विकास र समृद्धिप्रति…

Read More

काठमाडौं – पटकपटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला आह्वान गरेका छन् । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् । काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिए । ‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, आजै उदघाटन गर्नुपर्ने अधिवेशन सारेर भदौ १३–१४ पुर्‍याइएको छ,’ अर्यालले भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’ वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात सिंहले आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । उनले भनिन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’ उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् । मेयरकी प्रत्यासी सिंह ३८३४१ मतका साथ दोस्रो भएकी छन् ।

Read More

काठमाडौं –  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिएका छन् । मेयरमा निर्वाचित भएका बालेनले अबको पाँच वर्ष आफ्नो सम्पूर्ण समय महानगरपालिकाको विकासका लागि दिने प्रतिबद्धता गरेका छन् । उनले आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उनले भने, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’

Read More