Author: महेन्द्रनगर पोष्ट

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय भएका हुन् । उपाध्यक्षमा नेपाली काँग्रेसकी मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देवबहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् ।

Read More

डोटी- डोटीमा कांग्रेसको विजय र्यालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले विजय र्याली निकालेको थियो ।

Read More

अछाम- अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर साउँद विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीलाई हराउँदै उनी अध्यक्षमा विजयी भएका हुन् । साउँदले तीन हजार ९८२ मत ल्याएर भने आउजीले दुई हजार ५०६ मत पाए । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्कबहादुर साउँदले एक हजार ४७४ मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सरुदेबी खड्का निर्वाचित भइन् । खड्काले तीन हजार ७३४ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी अनिता खड्काले दुई हजार ४९१ मत पाइन् । यस्तै गठबन्धनका जीवनबिक्रम साउँदले एक हजार ७६३ मत ल्याए ।

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन् । ११ हजार १२९ मत गणना हुँदा हमालले ४ हजार ९६४ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ५९१ मत पाएका छन् । यो २ हजार ३७३ मतले अन्तर हो । यसैगरि नेकपा एमालेका रणबहादुर चन्दले १ हजार २१२ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार २७३, एमालेकी कन्दकला रानाले २ हजार ९४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ३४२ मत पाएका छन् । मेयर उपमेयरको मतगणतामा बदरको मतको संख्या पनि ह्वात्तै बढेको छ । दुबै पदमा…

Read More

डोटी- डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले‘क्लिन स्विप’ गरेको छ । कांग्रेस सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय, उपाध्यक्षमा पशुपती खड्का विजयी भएका छन् । उपाध्याय ५ हजार १३३ मतसहित विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णकुमार खड्काले २ हजार २०५ मत प्राप्त गरे । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उमेदवार देवबहादुर खड्काले २३२ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर धामीले २७ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा पनि कांग्रेसकै पशुपती खड्का ४ हजार ७ सय २१ मतसहित विजयी भइन् । उनका निकट…

Read More

भैरहवा – प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् । २५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको साँस्कृतिक समबन्ध थप बलियो भएको बताए । मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, साँस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए । गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै संस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए ।

Read More

सर्लाही- सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता देवी ३ हजार ५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाइन् । त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत…

Read More

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर विष्टले २ हजार ३०१ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी शान्ति नाथले ३ हजार ६७३ मत ल्याएर विजयी भएकी छिन् ।

Read More

काठमाडौं – संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले एमओयूमा हस्ताक्षर गरेका हुन् । चैत २०७८मा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र वमोजिम सरकारी स्वामित्वका संस्थाहरुको संयुक्त लगानीमा अरुण–४ को निर्माण अगाडि बढाउन लागिएको हो । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत…

Read More

कञ्चनपर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मतगणना स्थगित भएको छ । कृष्णपुर नगरपालिकाको वडा नम्बर ९ को पञ्चाधिन माध्यामिक विद्यालयको बुथ केन्द्रको मतगणना गर्दा खसेको मत भन्दा बढी मतगणनासहित नतिजा सार्वजनिक भएपछि नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका हुन् । पञ्चाधिन बुथ केन्द्रमा १ हजार ९ सय १४ मत खसेकोमा २ हजार ६४ मत गणना भएको भन्दै नतिजा प्रकाशित गरिएको थियो ।कृष्णपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले कम्पुटरमा डाटा इन्ट्री गर्दा गल्ती भएको जानकारी दिए ।विवादपछि पुनः मत गणना गर्दा मुचुल्कामा उल्लेख भए अनुसारको मतपत्र पाइएको र पछि कम्प्युटरमा तथ्यांक इन्ट्री गर्दा गल्ती भएको बताए । उनले विवाद समाधानका लागि…

Read More