Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ । यसले गर्दा देशभरको मौसममा बदली भएको छ। जसअनुसार आज (शनिबार) प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ । मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार केहि स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौं- गणतन्त्र दिवसको अवसरमा सरकारले ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५ सय ४७ जनाको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार वि.सं. २०७९ जेठ १५ देखि माफी मिनाहा गरिएको हो । संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी जनाइएको छ ।

Read More

काठमाडौं- कुनै एक व्यक्तिलाई फोनमार्फत र भेटघाटमा धम्क्याएर करोडौं रुपैयाँ असुल्न खोज्ने एक समूहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चार जना पुरुष र एक जना महिलासहितको समूहले व्यक्तिलाई फोन गर्ने, यदाकदा भेट्ने र धम्क्याएर करोडौं रुपैयाँ माग्ने गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई समातेको हो । सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानबाट समातेको जनाएको छ । पक्राउ पर्नेमा गोठाटार बस्ने उदयपुरको त्रियुगा–१० का २१ वर्षे सुजन आचार्य, कालिकोटको सान्नित्रिवेणी ८ घर भई हाल बूढानीलकण्ठ बस्ने २९ वर्षे टेक बिक र खप्तडछान्ना ७, बझाङ घर भई हाल कोटेश्वर बस्ने २९ वर्षे धर्मराज…

Read More

कैलाली- कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि दबाव सृजना गर्न अत्तरियामा गठिन संघर्ष समितिले पहिलो दिन पाँच हजार हस्ताक्षर संकलन गरेको छ । अत्तरिया चोकमा संचालन गरिएको उक्त अभियानमा स्वस्फुर्त रुपमा स्थानीयले हस्ताक्षर गरेका हुन् । संघर्ष समितिका सह–संयोजक आनन्द भट्टले सरकारलाई भौतिक रुपमा निर्माण सम्पन्न भएको मेडिकल कलेजलाई संचालनमा ल्याउनको लागि दबाव हस्ताक्षर संकलन गरिएको बताए । उनले २० हजार हस्ताक्षर संकलन गरेर गेटा मेडिकल कलेज छेउमै कार्यक्रम आयोजना गरेर प्रमुख जिल्ला अधिकारी लगायत सरोकारबाला निकायलाई बुझाइने बताए । उनले हस्ताक्षर कार्यक्रममा व्यापक रुपमा जनसहभागिता देखिएको बताए । उनले अस्ताक्षर अभियान आइतबार सम्म जारी रहने बताए । अहिले गेटा…

Read More

कैलाली- स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ५ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका छन् । ७ सय ३४ वडा रहेको प्रदेशमा ७ सय २४ वडाको नतिजा आउँदा ५ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका हुन् । कैलालीमा ४ र बझाङमा १ गरी ५ जना महिला वडा अध्यक्षमा विजयी भएको हुन् । कैलालीको गोदावरी नगरपालिका ७ मा एमालेकी कलावती साउँद, जोशीपुर गाउँपालिका ३ मा नागरिक उन्मुक्ति पार्टीकी रेणुकुमारी डगौरा, गौरीगंगा नगरपालिका ८ मा माओवादी केन्द्रकी करुणा चौधरी र लम्कीचुहा नगरपालिका ५ मा माओवादी केन्द्रकी माया विष्ट निर्वाचित भएका हुन् । यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका २ मा कांग्रेसकी गौरीकुमारी अधिकारी पनि विजयी…

Read More

दार्चुला- दार्चुलामा शिक्षकद्वय नरेन्द्र सिंह बडाल र लोकेन्द्रबहादुर बमको संयुक्त लेखनमा प्रकाशित भएको मुक्तक संग्रह शुक्रबार बिमोचन भएको छ । दार्चुला सदरमुकाम खलंगामा जारी बृहत् साहित्य महोत्सवको अवसरमा उक्त मुक्तक संग्रह ‘छुटेका यादहरु’ बिमोचन गरिएको हो । दार्चुला बृहत् साहित्य महोत्सवको अवसरमा महाकाली नगरप्रमुख नरसिंह चैसिरले मुक्तक संग्रहको बिमोचन गर्नुभयो । लेखक बडाल व्याँस गाउँपालिका ४ का स्थायी बासिन्दा हुन् भने बम दुहुँ गाउँपालिका २ का बासिन्दा हुन् । बडालले यसअघि असफल यात्री कथा संग्रह र कुहिरोको काग उपन्यास प्रकाशित गर्नुभएको छ । यस्तै लेखक बमले संसार फेर्ने हाम्रा आवाजहरु कविता संग्रह र को हुन भगवान् निबन्ध संगह प्रकाशित गर्नुभएको…

Read More

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ । एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी शुरू गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । ई–पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । अब वैदेशिक रोजगारीमा जानेहरुले जिल्ला प्रशासन कार्यालय बैतडीमा ३ हप्ता भित्र राहदानी पाउने र विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले ५ हजार शुल्क तिर्नुे पर्नेछ । यस्तै विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाइएको छ । राहदानी बनाउन तीन महिना लाग्ने गरेकोमा अब भने ३ हप्तामै जिल्लामा राहदानी आइपुग्ने…

Read More

बैतडी- बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट जिल्लाको सिगास गाउँपालिका–७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको मृत्यु भएको हो । स्थानीयका अनुसार शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको थियो ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको वेदकोट नगरपालिका ९ का १८ वर्षीय सुनिल विष्टमाथि खुकुरी प्रहार गर्न खोज्ने शुक्लाफाँटा नगरपालिका ३ का १९ वर्षीय कविराज भट्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार महेन्द्रनगर बजारको गल्ली नम्बर ५ मा विष्टमाथि खुकुरी प्रहारको प्रयास भएको थियो । खुकुरी प्रहार गर्न खोज्जुको कारण नखुलेको प्रवक्ता शाहले बताए । घटनाबारेमा अनुसन्धान भइरहेको उनले बताए ।

Read More

कैलाली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा ठूलो रकम हिनामिना गरेको पाइएपछि अख्तियारले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुवँर, तत्कालीन सब–इन्जिनियर भक्तराज जोशी, तत्कालीन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर बिष्ट र निर्माण व्यवसायी सन्तोष जोशी रहेका छन् । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसँग ४२ लाख ५३१ रुपैयाँ, तत्कालीन…

Read More