Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र कायममुकायम प्रधानसेनापति अशोक सिग्देलबीच आगामी साउन २४ गते कार्यभार बरबुझारथ हुने भएको छ । भदौ २४ गते तीन वर्षे कार्यकाल सकाएर अवकाशमा जान लागेका सेनापति शर्माले आफ्नो कार्यभार सिग्देललाई बुझाउन लागेका हुन । कार्यक्रम त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा हुने समारोहस्थलमा उपस्थित हुन निर्देशनालयले निर्देशन दिएको छ । उनीहरुलाई कार्यालय–फिल्ड पोशाकमा उपस्थित हुन भनिएको छ ।

Read More

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको आज शपथ ग्रहण हुने भएको छ । मुख्यमन्त्री शाहसहित मन्त्रीहरुको आज साढे ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको हो । मुख्यमन्त्री शाहले मन्त्रालय भागबण्डाको बारेमा सत्ता साझेदार दलबिच छलफल जारी रहेको बताउँदै आजै टुंगो लगाउनेमा आफू प्रयासरत रहेको बताए । तर सत्ता साझेदार दल कांग्रेस र एमालेबिच अझै मन्त्रालय भागबण्डाको टुंगो लाग्न सकेको छैन । ती दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने गरी पावरसेयरिङमा लागेको बताइएको छ । एमाले र काँग्रेसबीच ३/३ मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय दिने तयारी गरेका छन् । स्रोतका अनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास…

Read More

काठमाडौं : काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आइतबार इरानसँग ३-२ सेटमा पराजित भएको हो। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपाल पहिलो सेटमा इरानलाई २५-१६ ले नतिजा सुम्पियो। दोस्रो सेटमा नेपाल २५-१६ ले नै विजयी भयो। तर तेस्रो सेट फेरि इरानले २५-२३ ले जित्यो। चौथो सेट २५-१५ ले जित्दै खेलमा नेपालले २-२ को बराबरी गर्‍यो। निर्णायक पाँचौं सेटमा इरान १५-१३ ले वियजी भएसँगै नेपालले अन्तिम अवस्थामा खेल गुमायो। यसअघि नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी भारतमाथि ३-२ सेटमा जित निकालेको थियो। पहिलो खेलमा नेपालले श्रीलंकामाथि…

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ की २६ वर्षीया हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएपछि उनको परिवारलाई किरिया खर्च हस्तान्तरण गरिएको छ। हिमालयन मध्यवर्ती उपभोक्ता समितिले बाघको आक्रमणबाट ज्यान गुमाएकी शाहको परिवारलाई तत्काल राहतस्वरूप एक लाख रुपैयाँ काजक्रिया खर्चबापत् हस्तान्तरण गरेको हो। यो रकम समितिमा स्थापना भएको तत्काल राहत उपलब्ध गराउने कोषबाट प्रदान गरिएको हो। बिहीबार बिहान घाँस काटिरहेकी शाहमाथि बाघले आक्रमण गर्दा उनको ज्यान गएको थियो। बाघको आक्रमणबाट भएको यो दुःखद घटनाले स्थानीयवासीहरुमा त्रास फैलिएको छ।

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आइतबार स्कुटी र साइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दोधारा चाँदनी नगरपालिका ५ मा भएको उक्त दुर्घटनामा दोधारा चाँदनी २ का १७ वर्षीय विशेष चन्द र वडा नम्बर ५ का ५६ वर्षीय खुमलाल खत्री घाइते भएका छन्। विशेष चन्द स्कुटीमा सवार थिए भने खुमलाल खत्री साइकल यात्री हुन्। घाइते दुवै जनाको धनगढीमा उपचार भइरहेको छ। स्कुटी चालक विशेष चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। आइतबार प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाह मुख्यमन्त्रीमा नियुक्त भएको जनाएका छन्। शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बनेका छन्। उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए।पुन: समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाह फेरि मुख्यमन्त्री…

Read More

धनगढी: सुदूरपश्चिमस्थित कञ्चनपुरका विवादित छविका व्यवसायी तेजबहादुर चन्दले मुद्दा मिलाइदिन भन्दै बालुवाटार चक्कर लगाउन थालेको पाइएको छ।आफूलाई नेकपा एमालेको कार्यकर्ता बताउने व्यवसायी चन्दले पूर्वमन्त्री तथा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो अख्तियारको मुद्दा मिलाईदिन बिन्ती गरिरहेको पाइएको हो। चन्दसहित दिवाकर भट्ट पनि बालुवाटार चक्कर लगाउनेमा सामेल छन्। उनीहरूले सेटिङमा भ्रष्टाचार मुद्दा मिलाइदिन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरिरहेको बताइएको छ। स्रोतका अनुसार उनीहरूले अख्तियारलाई मिलाइदिनुपर्ने प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखिरहेका हुन्। चन्द र भट्टसहितको कम्पनीले गत आर्थिक वर्षमा कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्का लिएका थिए। सो ठेक्कामा बदमासी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा केही समय अगाडि मुद्दा परेको थियो।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेश गरेका छन्। आइतबार प्रदेश प्रमुख समक्ष शाहले मुख्यमन्त्रीको लागी दाबी गरेका हुन्। प्रदेश सभामा दोस्रो ठुलो दल नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा शाहले दाबी पेश गरेका हुन्। यो सँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन्। राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए। शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन्। पुन: समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई फेरि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। सुदूरपश्चिमको मुख्यमन्त्रीको…

Read More

धनगढी : बाघको आक्रमणबाट १७ साउनमा दोधाराचाँदनी नगरपालिका– २ कमलशाह टोलकी २६ वर्षीया हीराकुमारी शाहले ज्यान गुमाइन्। यो घटनाले स्थानीयको होसहवास मात्र उडेन, दैनिकी नै प्रभावित हुन पुग्यो। शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्धार केन्द्र रम्मापुर पठाइएपछि स्थानीयको चिन्ता हरायो। तर, नरभक्षी बाघ नियन्त्रणमा लिएको २४ घण्टा पनि नबित्दै चारवटा बाख्रा मारिएपछि स्थानीय पुनः चिन्तित बनेका छन्। बाख्रा मारिएपछि बाघजस्तै नरभक्षी जनावर गाउँ पसेको भन्दै स्थानीयले जनप्रतिनिधि, प्रहरी र निकुञ्जका अधिकारीलाई पुनः गुहारेका छन्। स्थानीयका अनुसार देवीस्थानका महेश रोकाया, जमुनाभाडीका ओमप्रकाश रोकाया, श्याम सुनार र धनबहादुर सुनारका एक/एक बाख्रा शुक्रबार राति मारिएका छन्। चारै किसानका गोठमा…

Read More

धनगढीः सुदूरपश्चिममा उमेर नपुग्दै विवाह गर्नेको संख्या बढ्दै गएको छ। उमेर नपुग्दै विवाह गरिएको भन्दै वर्षेनि प्रहरीमा समेत उजुरी पर्ने गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा बालविवाहका पाँचवटा उजुरी प्रहरीमा दर्ता भएका थिए। कैलालीमा एक, दार्चुलामा २, डडेल्धुरामा एक र कञ्चनपुर प्रहरीमा एक गरेर बालविवाहका पाँचवटा उजुरी दर्ता भएका छन्। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कैलाली प्रहरीमा २, बैतडीमा एक र कञ्चनपुर प्रहरीमा २ गरेर उमेर नपुग्दै विवाह गरिएको भन्दै पाँचवटा मुद्दा दर्ता भएका छन्। बालविवाह वर्षेनि बढ्दो क्रममा देखिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बालविवाह सम्वन्धि उजुरीको संख्या बढेको छ। सो अवधिमा बाजुरा र डोटीमा…

Read More