Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् । एक अपिल जारी गर्दै गृहमन्त्री खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आग्रह गरेका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पु¥याउनका लागि निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने आग्रह गरेका छन् । उनले सरकार स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचन आज हुँदैछ । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर एकसाथ मतदान गरिँदैछ । विहान ७ बजेदेखि सुरु हुने मतदानका लागि निर्वाचन आयोगले सबै तयारी पूरा भइसकेको जनाएको छ । मतदानमार्फत जनताले शुक्रबार जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । हालसम्म निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेरजम्म ३९० जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट निर्धारण गरिएका छन् । जहाँ एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका…

Read More

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ । तुलसीपुर -५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डीएसपी श्याम अर्याल बताए । दुई वटा बोतल भित्र मट्टीतेल हालेर प्रहार गरिएको उनले बताए । अपरिचित समूहले घरको कम्पाउण्ड भित्र दुई वटा बम फ्यालेर भागेको डिएसपी आर्यलले बताए । यसले कुनै मानवीय र भौतिक क्षति भने नभएको उनले बताए ।

Read More

डाेटी- डाेटीकाे शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा ना १ ज ३१५२ काे जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शिखर नगरपालिकाकाे लुवाखडीबाट यात्रु बाेकेर शिखर नगरपालिका- ५ तिजाली तर्फ जान लागेकाे जीप दुर्घटना भएकाे हाे । जीप बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएकाे बताइएकाे छ । जीपमा करिब ३० जना यात्रु रहेका जनाइएकाे छ । यात्रु जीपकाे छतमा समेत कसेका बसेका थिए । घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी हस्पतालमा लगिएकाे बताइएकाे छ । अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहकाे निर्वाचनका लागि भाेट हाल्न…

Read More

कैलाली- वैशाख ३० अर्थात शुक्रबार (भोलि) हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा करिब ७० प्रतिशत मत खस्ने आकलन गरिएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले प्रदेशमा करिब ७० प्रतिशत जनताले निर्वानमा मतदान गर्ने आँकलन गरिएको बताए ।उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १६ लाख २५ हजार १५० मतदाता छन् । यसमध्ये प्रदेशमा ७० प्रतिशत भन्दा बढी अर्थात ११ लाख ३७ हजार भन्दा बढी मत खस्ने प्रदेश निर्वाचन कार्यालयको अनुमान छ । सबैभन्दा बढी मतदाता रहेको कैलालीमा मात्रै पनि ७० प्रतिशत भन्दा बढी मत खस्ने आँकलन गरिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले बताए ।उनका अनुसार कैलालीमा मतदाता…

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वासबाट नेकपा माओबादी केन्द्रका कार्यकर्ताले चुनावी प्रचारमा प्रयोग भएको सरकारी मोटरसाइकल स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । नगरपालिकाको वार्ड नं. २ का वडाध्यक्ष सन्तकुमार चौधरीले प्रयोग गर्ने म.१ ब ४४४ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बुधवार राति करिब १ बजेको समयमा पुनर्वास नगरपालिका वार्ड नं. २ अमरैया टोलमा चुनावी प्रचारमा प्रयोग गरिरहेको अवस्थामा स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएका थिए । निर्वाचन आचार संहिता विपरित मौन अवधिमा सरकारी गाडी प्रयोग गरेको पाइएकाले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।

Read More

कैलाली- वैशाख ३० अर्थात भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान विहान ७ बजेदेखि हुनेछ । अपराह्न ५ बजेसम्म हुने मतदानपछि मतगणनाको प्रक्रिया सुरु हुन्छ। देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउनका लागि निकै कसरत गरिएको छ । मतदानदेखि मतगणनालाई सुरक्षित बनाउने विषयमा बढी ध्यान दिइएको छ । सुदूरुपश्चिममा प्रदेशका सबै पालिकामा मतगणना हुने स्थान छनोट भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार प्रदेशका अधिकांश मतगणनास्थलमा सीसीटीभीको व्यवस्था गरिएको छ । प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला कैलालीको निर्वाचनलाई भने निकै महत्वका साथ हेरिएको छ । सुदूरपश्चिमको एक मात्र…

Read More

काठमाडौं – आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ । निर्वाचन अगाडि बिहीबार अन्तिम कारोबार भएको हो । अब मंगलबार मात्र बजार खुल्ने छ । सोमबार सार्वजनिक बिदा परेका कारण बजार मंगलबार मात्र खुल्ने भएको हो । यस दिन कुल ४० हजार २३ वटा कारोबारबाट ५२ लाख २७ हजार ३५९ कित्ता सेयर किनबेच भएको छ । आज २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँको कारोबार भएको छ । बिहीबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । बिहीबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर…

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले षडयन्त्र पूर्वक महिला प्रयोग गरेर आफ्नाे चरित्र हत्या गरिएको बताएका छन्। धनगढीका मेयर पदका स्वतन्त्र उम्मेदवार हमालमाथि एक महिलालाई मादक पदार्थ सेवन गराएर विभिन्न आरोप लगाएको भिडियो सार्वजनिक भएपछि यस्ताे बताएका हुन्। हमालले आफूमाथि राजनीति प्रतिस्पर्धा गर्न नसक्नेहरुले गलत बाटो राजेको स्पष्ट भएको बताएका छन्। मौन अवधिमा हमालमाथि गरिएको दुष्प्रचारको यतिबेला सर्वत्र विरोध भइरहेको छ। ती महिलाले भने धाकधम्कीका कारण आफूले झुटो कुरा बोलको बताएकी छन्। उनले आफूलाई मादक पदार्थ सेवन गराएर हमालको विरुद्धमा बोल्न लगाएको बताइन्। उनले आफूलाई षडयन्त्रपूर्वक प्रयोग गरेको भन्ने भिडियोसमेत सार्वजनिक भइसकेको छ। सो विषयमा मेयर…

Read More

काठमाडाैं – भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ। तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं. १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन्। धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो। यस वडामा १८ हजार ९१३ जना मतदाता छन्। वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन्। त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो। यस वडामा ३ हजार ७२९ मतदाता छन्। वडा नं. २३ मा चार हजार ४७७ मतदाता छन्। वडा २० मा ४ हजार ६१४ मतदाता छन्। कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन्। यसमा…

Read More