काठमाडौँ – राष्ट्रियसभा सदस्यमा हालै मनोनीत भएका नारायणप्रसाद दाहालले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने बताए । नेकपा माओवादी केन्द्रको सिफारिस उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको जिकिर गरे । दाहाल पुनर्स्थापित संसद्मा माओवादीतर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए ।
Author: महेन्द्रनगर पोष्ट
मेक्सिको – मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ ।…
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र संविधान जोगाउनका आगामी निर्वाचनहरुमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयले सहरी विकाससम्बन्धी आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले अब राजनीतिक स्थिरतासँगै विकासको बाटोमा अघि बढ्न अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्ने दाबी गरे । अध्यक्ष दाहालले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘पोहोर जसरी संविधान नै उल्ट्याउने प्रयास भयो, अब पनि त्यहीँ शक्तिले जित्यो भने हामीले बलिदानी दिएर ल्याएको संविधानसँगै गणतन्त्र नै जोखिममा पर्न सक्छ ।’ संविधान…
काठमाडाैं – चालु आर्थिक वर्षको चैत्र २६ गतेसम्म संघीय सरकारको कुल खर्च ७ खर्ब ६८ अर्ब २५ करोड रहेको छ । यो रकम कुल विनियोजनको ४७.०५ प्रतिशत हो । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै संघिय सरकारको कुल खर्चबारे जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ७२ अर्ब ७८ करोड मात्र रहेको थियो । चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२ प्रतिशतले बढी हो । कूल खर्चमध्ये चालु खर्च ६ खर्ब ५ अर्ब ६३ करोड अर्थात विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च ९७ अर्ब ६६…
काठमाडौं – मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य ८०० रुपैयाँले बढेर सुन प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज नेपाली बजारमा तेजावी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
काठमाडौँ – भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको हो । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक शिशुका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी हुन् । उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भक्तपुरको सल्लाघारीमा रहेको डा इवामुरा अस्पतालमा उपचार भइरहेको छ ।
जाजरकोट – रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् । जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए ।
बैतडी- बैतडीको भटनामा आज (मंगलबार)देखि ‘दनौज जात’ सुरु हुँदैछ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नंं।.४ मा दुई दिनसम्म लाग्ने दनौज जात आजदेखि सुरु हुन लागेको हो ।परापूर्व कालदेखि दैवीय शक्ति रहेको मानिएको भटनामा दनौज जातमा विषेशगरि यहाँका देवी, देवता मालिका, महादेव र पहरौलको पूजाआजा गरिनुका साथै पञ्चेबाजा (दमाहालगायत) बजाउने र देउडा खेल्ने गरिन्छ । हेरक वर्ष शिवरात्रीको साँझबाट जागरण गरेर सुरु भई हरेक दिन साँझ पञ्चेबाजा, भोकरलगायतका स्थानीय बाजाको साथमा देउडा ठाडी भाका खेल, नाँच हुने गरेको छ । चैते दशै अन्तरगतको रामनवमीपछिको पहिलो एकादशीको दिन रतेडी (रात्री) र पछिल्लो दिन दिउसेडी (दिउँसो) जात हुने गरेको स्थानीय शिक्षक हरिचन्द्र भट्टले…
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ । भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् । वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ । केही साताअघि २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए । तीमध्ये अधिकांश युवा विद्यार्थी थिए ।’ रुसी युक्रेन संकट अन्त्यको आवह्वान र शान्तिको मार्गतर्फ अगाडि बढ्न आग्रह गर्दै मोदीले भने, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक टेलिफोनमा कुरा गरेको छु । मैले उनीहरूलाई शान्तिको अपील मात्र गरिन बरु राष्ट्रपति पुटिनलाई…
काठमाडौं- भन्सार छलेर ल्याएको साढे २३ लाख मूल्य बराबरको कपडासहित काठमाडौंको असनबाट दुईजना पक्राउपरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र १८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिए । उक्त कपडा अग्रवालले काठमाडौँ महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई थप…