Author: महेन्द्रनगर पोष्ट

धनगढी – बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भएको हो । दुवै पक्षबीच ढुंगामुढा भएर स्थिति तनावपूर्ण भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए । उनका अनुसार सशस्त्र प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छ ।

Read More

काभ्रे – काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ । बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए । काभ्रेको पाँचखाल १३ मा मात्र मतदान रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले आज उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने सूचना सार्वजनिक गरेको छ ।

Read More

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता कायमै राखेका छन् । ३५३ मतगणना गर्दा हमलाको पक्षमा १४८ मत खसेको छ । उनलाई पछ्याइरहेका गठबन्धनका उम्मेदवार नृपबहादुर सुनारले १०३ मत पाएका छन् । त्यसैगरी एमालेका रणबहादुर चन्दले २० मत पाएका छन् । उपमेयरमा गठबन्धनका शान्ति अधिकारीले ९७, एमालेकी कन्दकला रानाले ४४ र आँप चिन्हका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५६ मट प्राप्त गरेका छन् ।

Read More

कैलाली – कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । गोदावरीका २ वडामा १०१८ मतगणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको हो । वडा नं १ र १२ मा गरिएको मतगणनामा वडा नं १ मा ४ सय १८ मतगणना हुँदा नेपाली कांग्रेसका बिरेन्द्र भट्टले ४ सय ८ मत ल्याएका छन् । उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले ३६३ मत ल्याएका छन् । वडा नं १२ मा ६ सय मत गणना हुँदा कांग्रेसका भट्टले २०४ र एमालेका भट्टले २३७ मत ल्याएका छन् । वडा नम्बर १२ मा भने कांग्रेस एमालेले समान मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार भिम खड्का ले २०८ मत…

Read More

डडेल्धुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेस (वीपी) का नरेश भण्डारी विजयी भएका छन् । उनले ६ सय ७३ मत ल्याउँदा कांग्रेसका चन्द्रबहादुर देउवाले ५ सय ४४ मत पाए । पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा लडेका थिए । कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले कांग्रेस (विपी) को करुवा चुनाव चिह्न लिएर एमालेसंग तालमेल गर्दै जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

Read More

काठमाडौं – वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगित भएका मतदान केन्द्रको संख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति १० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगित भएको विवरण सार्वजनिक गरेको हो । हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगित भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ ।

Read More

कैलाली- कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको सुरुवाती अग्रता कायमै रहेको छ ।गाउँपालिकाको वडा नम्बर १ को ८ सय मत गणना गर्दा अध्यक्षमा राप्रका उम्मेदवार होमबहादुर गुरुङले २७०, नेपाली काँग्रेसका राजसमझ चौधरीले २४१, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले १६४ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले ४० मत प्राप्त गरेका छन् । उपाध्यक्ष तर्फ राप्रपाका २३३, नेपाली काँग्रेसका २५१, माओवादी केन्द्रका १८३ र एमालेका उम्मेदवार ३८ मत प्राप्त गरेका छन् ।

Read More

चितवन – चितवनको भरतपुर महानगरपालिकामा १०० मत गणना भएको छ । जसमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३७ मत पाएकी छन् । भरतपुरमा विजय र रेणुबीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।

Read More

डडेल्धुरा- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको आलिताल गाउँपालिका– १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा (योगेन्द्र) विजयी भएका छन् । देउवाले ४ सय ५७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्दी बोहराले ३७७ मत ल्याए । नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सुरत बोहराले ६५ मत प्राप्त गरे । महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेबी कामी ३ सय ९२ मत प्राप्त गर्दै विजय भएका छन् । खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत ल्याउँदै…

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । अहिलेसम्म १५ सय मतगणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

Read More