Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता लिएका छन् । ५१ हजार ६५ मत गन्दा हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मतसहित हमाललाई पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छिन् । रानाले १० हजार ८८० र अधिकारीले…

Read More

कैलाली- कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी तर्फ आइरहेको से १ च ४४८ नम्बरको जिपले म२प६८३३ नम्बरको मोटरसाइकललाई अर्जुनी व्यारेक नजिक जंगलमा ठक्कर दिएको हो । दुर्घटनामा बेदकोट नगरपालिका ५ बस्ने ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेषबहादुर बम घाइते भएका थिए । उनको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । जिप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

कैलाली- कैलालीको गौरीगंगामा गठबन्धनका तर्फबाट माओबादी केन्द्र र उपमेयरमा कांग्रेस विजयी भएको छ । शुक्रवार सम्पन्न मतगणना अनुसार माओबादी केन्द्रका देवी कँडेलले १३ हजार ७ सय ९५ मत प्राप्त गरेर विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरे । कँडलले ७ हजार १ सय ६३ मतान्तरले विजय प्राप्त गरे । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका भोजबहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी प्राप्त गरे । उपप्रमुखमा एमालेका शान्तिदेवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरे । ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी…

Read More

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा महिला विजयी भएका छन् । नगरपालिकाको मेयरमा कांंग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् । मेयर शाहीले १२ हजार ७१३ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याए । बजगाई निवर्तमान मेयर हुन् । मेयरमा विजयी शाही सुदूरपश्चिममा यसपटकको चुनावबाट मेयरमा निर्वाचित हुने दोस्रो महिला मेयर हुन् । यसअघि अछामको पञ्चदेवल विनायकबाट कांग्रेसकै अम्बिका चलाउने मेयरमा विजयी भएकी हुन् । यस्तै लम्कीचुहा नगरपालिकाको उपप्रमुखमा चौधरीले ११ हजार ७८ र उनकी प्रतिस्पर्धी माओवादीकी जानकीकुमारी शाहीले आठ हजार ३०८ मत ल्याएकी छन् ।

Read More

चितवन- चितवनमा हावाहुरीका कारण फरक–फरक ठाउँमा सवारी साधनमा रुख ढल्दा तीन जनाको मृत्यु भएको छ । भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ । यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको छ ।आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ चितवनसहित देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चलेको थियो ।

Read More

कैलाली- कैलालीमा हावाहुरीले चलिरहेको बसमा रुख ढल्दा त्यसमा सवार ६ जना घाइते भएका छन् । जिल्लाको लम्किचुहा–८ स्थित गप्कामा गुडिरहेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिएपछि त्यसमा सवार पाँच जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं- सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्नबाट सुशोभित गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार आयोजित समारोहकाबीच सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पौडेललाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका हुन् । मन्त्रिपरिषद्को आजै बसेको बैठकले पौडेललाई बढुवा गर्ने निर्णय गरेको थियो । समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पौडेललाई हार्दिक बधाई दिँदै आगामी दिनमा कार्य सफलताको शुभकामना समेत व्यक्त गरे । उनले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि जोड दिँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुको बृहत्तर हितका लागि निर्णय गरि केही सुधारका कार्यहरुको सुरुवात गरि सकिएको बताए । उनले अधिकृत तहका कर्मचारीहरुले जिम्मेवारी निर्वाहको क्रममा मातहतकालाई कुशल…

Read More

कैलाली- कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायको पद तथा गोपनीयताको शपथ रोकिएको छ । उनी विृृरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेकाले अहिले सपथ रोकिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए । निर्वाचन आयोगको अनुरोधमा सपथ रोकिएको उनले बताए । उनका अनुसार आयोगले केही दिनमा निकास निकाल्ने जनाएको छ । कैलालीमा अन्तिम मतपरिणाम सार्वजनिक भएका गोदावरी नगरपालिका, चुरे, कैलारी र बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । माओवादीका उपाध्याय एमालेका धरमबहादुर थापालाई पराजित गर्दै मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, वालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना…

Read More

कैलाली- सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अगाडि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड दोस्रो र एमालेका रणबहादुर चन्द तेस्रो स्थानमा छन् । धनगढीमा ४४ हजार बढी मत गणना हुँदासम्म हमालले २० हजार मत कटाएका छन् । उनी निकटतम प्रतिस्पर्धी भन्दा १० हजार बढी मतान्तरले अगाडि छन् । यस अवधिसम्म आइपुग्दा धनगढीका १२ वटा वडाको मतगणना सकिएको छ । १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ ।…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर थप फराकिलो बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ७७ मतको अग्रता लिएका छन् । ४४ हजार १०३ मत गन्दा हमालले २० हजार ६ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ९२९ मतसहित हमाललाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ९१४ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै गठबन्धनबाट उपमेयर बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीले ९ हजार १६८ मत ल्याएकी छन् ।…

Read More