Author: महेन्द्रनगर पोष्ट

भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा खसेको मतमध्ये ९० हजार ३ सय ८ मत गणना सकिएको छ । जसअनुसार गठबन्धनकी उम्मेदवार रेणु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्। उनले अर्को एमाले—राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्। यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्। उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतले विजयी भएका छन् । उनले नेपाली गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार बढी मतान्तरले पराजित गरे । हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् । यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन् । उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले…

Read More

काठमाडौं- स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइरहेको छ । मौसमविद् का अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । शनिबार राति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो । यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । प्रि मनसुनको सुरुका महिना सुक्खा भए पनि गएको वैशाख महिनादेखि लगातारजसो…

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा स्वतन्त्रका उम्मेदवारको प्यानल विजयी भएको छ । वडा अध्यक्ष र वडा सदस्य गरी सबै पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका हुन् । वडा अध्यक्षमा राना श्रवण ८१८ मतसहित विजयी भएका छन् । त्यस्तै, महिला सदस्यामा देवी कार्की ६३२ मत, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१ मत, सदस्यमा दिपेश मल्ल ६६४ मत र दुलेराम राना ६१३ मत ल्याएर विजयी भएका छन् । उनीहरु सबै गुलाबको फूल चिह्नबाट चुनाव लडेका थिए ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ मा नेकपा माओबादी विजयी भएको छ । एमाले र नेपाली काँग्रेस बर्चश्व रहेको सो क्षेत्रमा माओबादीका भोजराज जोशी निर्वाचित भएका हुन् । माओवादी नेता जोशी काँग्रेसका गम्भिरसिंह ऐरीलाई ६२ मत अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भए । जोशीले ५३१, ऐरीले ४६९ मत ल्याएका थिए । एमालेकी सितादेवी सिहले १६५, राप्रपाका पार्वती भट्टले ९१ मत ल्याएका थिए । यस अघि उक्त वडामा कहिले एमाले, कहिले काँग्रेसले जित्दै आएको थियो ।

Read More

कैलाली- कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका १२ वटा सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीले प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएर चालकलाई सम्झाइबुझाइ गरी छाडिएको जनाएको छ । कतिपय सरकारी गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाएपछि स्थानीय प्रशासनले त्यसमा कडाई गर्न सुरु गरेको हो । बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइने व्यवस्था छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरको दोधाराचाँदनीका सक्रिय पत्रकार पप्पु गुरुङ्गमाथि कुटपिट भएको छ । स्थानीय भुपेन्द्र ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखिएको विषयलाई लिएर पत्रकार गुरुङ्गमाथि कुटपिट गरेका हुन् । शनिबार पत्रकार गुरुङ्गकै कार्यालय दोधाराचाँदनीमा कुटपिट गरिएको घाइते पत्रकार गुरुङ्गले बताए । पत्रकार गुरुङ्गले आफुमाथि भुपेन्द्र ओलीले र श्रीमती रन्तादेवी ओली कार्यालयमा आएर कुटपिट गरेको बताए । उनले आफूलाई कुटपिट गरेर, क्यामेरा, फोन र कार्यालयमा तोडफोड गरेको आरोप लगाएका छन् । ओली दाम्पतीको कुटपिटबाट पत्रकार गुरुङ्ग घाइते भएका छन् । पत्रकार गुरुङ्गमाथि कुटपिट भएको विषयमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरले घटनाबारे भत्र्सना गर्दै दोषी उपर कारबाहीको माग गरेको छ…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र खड्का प्यानलसहित विजयी भएका छन् । उनी १३५८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ७५१ मत पाए । राप्रपाका उम्मेदवारले ५२५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २४९ मत पाए ।

Read More

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा हेलो मेयर कार्यक्रम सुरु हुने भएको छ । नवनिर्वाचित नगर प्रमुख पुस्करराज जोशीले पदभार ग्रहण गर्दै हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका बताएका हुन् । नागरिकहरुका गुनासो सुन्न हरेक बैतडीशुक्रबार ३ देखि ५ बजेसम्म नगर प्रमुखलाई सिधै गुनासो राख्न सक्ने नगर प्रमुख जोशीले बताए । उनले विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राख्ने बताएका छन् । नगरप्रमुख जोशीले शुक्रबार पद तथा गोपनियताको सफथग्रहण गरेका थिए ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा काँग्रेसका प्रेमबहादुर भण्डारी ६६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नविनसिंह कोलीले ६१० मत ल्याएर पराजित बने । यस्तै सम्पूर्ण वडा सदस्य पनि काँग्रेसबाट विजयी भएका छन् ।

Read More