Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहने छ । राती केही भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

दोलखा – दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

Read More

कैलाली- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) सुदूरपश्चिम आउँदै छन् । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् । ओलीले बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभालाई उनले सम्बाधन गर्ने नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट अहिले हवाईजहाजबाट धनगढी अवतरण गर्ने ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन् भने अन्तिममा धनगढीको कार्यक्रमलाई सम्बोधन…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको प्रहरी नायब निरीक्षक  नारायण दत्त पौडेललाई अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको हो । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो । बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएकोमा वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस गरिएको सूचना बलको मुख्यालयले सार्वजनिक गरेको छ । तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएका थिए । केसीको ठाउंमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त…

Read More

दार्चुला – दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् । दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति भेडाबाख्रा मरेको भेडा पालक किसान कार्कीले बताए । भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रहमदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ। चट्याङ परेको वनक्षेत्र दुँहु पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्छ…

Read More

दार्चुला – ०७४ सालको स्थानीय तह निर्वाचनमा सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका प्रमुखको उम्मेदवार नेपाली काग्रेसका हंशराज भट्टले २९ बुद्धे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो । महत्वकांक्षी निर्णय गर्नुभएका काग्रेसका उम्मेदवार भट्टले चुनाव जितेपछि प्रतिबद्धता कार्यान्वयन भने फितलो देखिएको छ । तीन वर्षभित्र सबैको घरमा चौविसै घण्टा खानेपानी व्यवस्थापन र एक वर्षभित्र खानेपानीको व्यवस्था हुने उल्ल्ेख गरिएको छ । तर स्थानीय सरकार पाँच वर्ष चलाएका भट्टले अहिलेसम्म बजार क्षेत्रमै खानेपानीको व्यवस्थापन गर्न सकेका छैनन् । अहिले सदरमुकामबासीको धारामा दिनमा एक पटकमा आधाघण्टा पनि पानी आउँदैन् । गर्मी समयमा झन बजार क्षेत्र सुख्खा हुने गरेको छ । ९ वटै वडाका प्रत्येक घरधुरीमा…

Read More

काठमाडौं – निर्वाचन आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राखेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले माघ २५ देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम निर्वाचनको आरम्भ गरी हाल निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको ब्रिफिङ गरेका थिए । उक्त अवसरमा राष्ट्रपतिले आयोगको तयारी सन्तोषजनक रहेको बताउँदै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिइन् । उनले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा…

Read More

दार्चुला – नेकपा एमालेले सरकार सञ्चालन गरेको अपिहिमाल गाउँपालिकाको पाँच वर्षमा एक घर एक धारा र घर घरमा ग्याँस सिलिण्डर पुगेको छ । पाँच वर्षको अवधिमा गाउँपालिकाका ९० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको हो ।यस्तै गाउँपालिकाभरीका १ हजार ३ सय घरधुरीमा ग्याँस सिलिण्डर पुगेको छ । नेकपा एमालेका धर्मानन्द मन्यालले नेतृत्व गरेको अपिहिमालमा हरेक घरधुरीमा खानेपानीको पहुँच पुगेको हो । मन्याल नेकपा एमालेकातर्फबाट दोस्रो पटक गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएको छ । निर्माण गरिएका खानेपानी धारासँगै सुधारिएको चाङसमेत निर्माण गरिएको छ । खानेपानी घरघरमा पुगेपछि स्थानीय पनि दङ्ग छन् । यस्तै पर्यटकलाई लक्षित गर्दै देशकै नमूना सिद्धमकरीकोट पदमार्ग निर्माण गरिएको…

Read More

– राम धामी डडेल्धुरा – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेतरहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर काँग्रेसका असन्तुष्ट जिल्लास्तरीय नेताहरुले एमालेसँग चुनावी तालमेल गरिरहेकोमा आक्रोश ब्यक्त गरेकी छिन् । डडेल्धुरा काँग्रेसभित्र षड्यन्त्र खेल्नेहरु नेपाली काँग्रेस (विपी) पार्टीका नाममा करुवा चुनाव चिन्ह लिएर एमालेसँग तालमेल गर्नु राम्रो भएको डा. राणाले बताईन् । नेपाली काँग्रेस अमरगढी नगर समितिको आयोजनामा बुधबार डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै नेतृ डा. राणाले काङ्ग्रेसमा रहेर षड्यन्त्र गर्नेहरु पार्टी छोडेर जादा केही फरक नपर्ने जिकिर गरिन् । ‘जसको राष्ट्रियस्तरको नेता नभएको पार्टीले के गर्न सक्छ ? करुवा पार्टीको नेता को हो ?…

Read More

काठमाडौं – सर्वोच्च अदालतमा दायर नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट मुद्दा हेर्दाहेदैमा गएको छ । सर्वोच्च अदालतको न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा सुनुवाइ हुँदा हुँदै हेर्दाहेर्दैमा गएको हो । धीरजप्रताप सिंहलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Read More