Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुखका लागि नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) लाई पत्नी सबिना काफ्लेले बधाई दिएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् बालेनलाई बधाई दिँदै अब मेरो बालेन हाम्रो बालेन भएको बताएकी छिन् । उनले निर्वाचन आयोगले बालेनलाई औपचारिक रुपमा विजेता घोषित भएलगत्तै घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन’ भन्दै प्रतिबद्धता समेत जनाएकी छिन् । उनले अगाडि लेखेकी छिन्, आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ । तिम्रो संयमता नै तिम्रो शक्ति हो…

Read More

काठमाडौं – विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आउने भएको छ | धितोपत्र बोर्डले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको छ | यस कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन हुन लागेको हो | जसमा (५ % ) ७५ हजार कित्ता सामुहीक लगानी कोष र (४% ) ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । जेठ २० गतेदेखि खुल्ने आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन…

Read More

महेन्द्रनगर – भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाका परिवारलाई रु पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराउनुभएको छ । कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनका लागि जिम्मेवारी दिइने निर्णय गरिएको बताउनुभयो । “मुख्यरूपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक निर्वाचनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनेलगायतका निर्णय गरिएका छन्…

Read More

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन् । प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मानस्वरुप प्रतिपरिवार वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने निर्णय गरेका छन्। यस्तै, घाइतेका लागि निःशुल्क उपचार हुने गरी स्वास्थ्य बीमा गर्ने निर्णय भएको नगरप्रमुख बमले जानकारी दिए। नगरपालिकाभित्र सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अध्ययन निःशुल्क गर्न विद्यार्थीको भर्ना तथा पठनपाठन शुल्कवापतको रकम शोधभर्ना गर्ने निर्णय गरिएको छ। नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चौडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९र८० को…

Read More

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) भारी मतका विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४२६ मतान्तरले पराजित गर्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन साह विजयी भएका हुन् । बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३८ हजार ११७ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत, राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७७० मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरेकी…

Read More

कैलाली- कैलालीबाट प्रहरीले दुई तोला सुनसहित २५ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ र घोडाघोडी नगरपालिका-८ बाट प्रहरीले बिहीबार २५ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बर्दगोरिया-४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा लुकाई छिपाई राखेका भारतीय रुपैयाँ २ लाख २२ हजार र घोडाघोडी-८ का लालबहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डोमा लुकाई छिपाई राखिएको भारतीय रुपैयाँ २३ लाख ४६ लाख र २ तोला सुनका बरामद गरिएको छ । भारतको विभिन्न स्थानबाट चोरी गरी भारतीय रुपैयाँ र सुन ल्याई लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले…

Read More

कैलाली- कैलालीको गेटा मेडिकल कलेजलाई सञ्चालनका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै धनगढीमा चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक दबाव समूहले बिहीबार धनगढीमा सडकमै पत्रकार सम्मेलन गरेको छ । मेडिकल कलेज सञ्चालन गर्न सरकारलाई दबाव सृजना गर्ने उद्देश्यसहित गठित नागरिकको संयुक्त दबाव समूहले धनगढीस्थित एलएनचोकको मुख्य सडक जाम गर्दै पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले सरकारले संसदको चालु अधिवेशनमै मेडिकल कलेजबारे टुंगो लगाउनुपर्ने बताए । उनले अब आउने बजेटमा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट छुट्याइनुपर्ने धारणा राखे । सरकारलाई दबाव सृजना गर्न सुरु गरिएको चरणबद्ध आन्दोलन अन्तर्गत शुक्रबार गेटा…

Read More

बाजुरा- निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखहरुलाई तीन दिन भित्र हटाउन निर्देशन दिएको छ । बाजुराको बुढीगङ्गा नगरपालिकामा आयोगले फेरि मतदान गर्ने निर्णय गरेसंगै बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिनभित्र हटाउन सरकारलाई निर्देशन दिएको हो । उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगले अन्य कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको बताएको छ । यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । आयोगले विहीबार विज्ञप्ति…

Read More