Author: महेन्द्रनगर पोष्ट

बैतडी- बैतडीका ८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा मतगणना कार्य जारी रहेको छ । मतपरिणाम सार्वजनिक भएका पालिकामध्ये प्रमुख पदमा एमालेले तीन, नेपाली कांग्रेसले तीन, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक ठाउँमा जित हात पारेको छ । कांग्रेसले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा जित हात पारेको छ । यस्तै एमालेले दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हात पारेको छ भने माओवादी केन्द्रले मेलौलीमा र स्वतन्त्रले डिलाशैनीमा जित हात पारेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी भएका…

Read More

बैतडी- बैतडीमा नेपाली कांग्रेसको किल्ला भनेर चिनिएको बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेले जितेको छ । मेयरमा पुष्करराज जोशी (लख्खभार्ई) विजयी भएका छन् । लख्खभाईले ६ हजार ५ सय ८५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गजेन्द्रसिंह रावलले ५ हजार ४ सय २७ मत प्राप्त गरे । दशरथचन्द नगरपालिकामा २०५४ सालदेखि नै नेपाली कांग्रेसले जित हासिल गर्दै आएको थियो । तर नगरपालिकामा कांग्रेसले पहिलो पटक हार व्यहोरेको छ । मेयरमा विजयी लख्खभाई गएको स्थानीय तहको निर्वाचनमा पनि ६२ मतले मात्रै नेपाली कांग्रेसका नरेन्द्रसिंह थापासंग पराजित भएका थिए । २०७४ मा राप्रपा नेपालबाट चुनाव लडेका लख्खभाई यसपटक भने एमालेबाट…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत ल्याउँदै मतान्तर थप फराकिलो बनाएका छन् । पछिल्लो परिणाम अनुसार १४ हजार ७३६ मत गणना गर्दा हमालले ६ हजार ५९६ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन् ।

Read More

डडेल्धुरा- डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस(बीपी) ले अग्रता बनाएको छ । ८ हजार २२५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई उछिन्दै कांग्रेस (बीपी)का हरिप्रसाद भट्टले अग्रता लिएका हुन् । अमरगढीमा वडा नम्बर १ देखि ८ सम्मको गणना सम्पन्न भएको छ । वडा नम्बर ८ वडा र ९ को ६ सय मत गन्दा कांग्रेस (बीपी)ले मेयरमा पहिलो पटक अग्रता लिएको हो । पछिल्लो विवरण अनुसार मेयरमा भट्टले २ हजार ९५८ र जोशीले २ हजार ९५६ मत पाएका छन् । उनीहरुबीच २ मतको अन्तर छ । यस्तै उपप्रमुखमा काँग्रेसका उम्मेदवार पार्वती झुकालले २ हजार ९४४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले…

Read More

कैलाली- कैलालीका दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको छ । नेपाल पत्रकार महासंंघ कैलालीका उपाध्यक्ष एवम् एभिन्यूज टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हरिस विक र एभिन्यूज टेलिभिजनका कैलाली संवाददाता राजन जैगडीलाई अश्लील गालीगलौजसहित ज्यान मार्ने धम्की दिनेलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले र विभिन्न पत्रकार संघ संगठनहरुले यस्तो माग गरेको हो । यस्तै, नेपाल पत्रकार महासंंघ कैलाली शाखा, प्रेस चौतारी नेपाल कैलाली शाखा र प्रेस सेन्टर नेपाल कैलाली शाखाले पनि विज्ञप्ति जारी गर्दै । सो घटना आपत्तिजनक रहेको बताउँदै दोषी उपर कडा कारबाहीको माग गरेका छन् ।

Read More

काठमाडौं- इन्डियन आयल कर्पोरेसन (आईओसी) इन्धनको मूल्य बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजलेमा प्रतिलिटर ४ रुपैयाँ, हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य बढाएर पठाइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि प्रशोधित तेलको समेत मूल्य बढाएर पठाएको आईओसीले जानकारी दिएको उपाध्ययले बताए । यसअघि बढेको मूल्इ अनुसार निगमलाई १५ दिनमा ४ अर्ब २५ करोड घाटा रहेको थियो । अब ४ अर्ब ५० करोडको हाराहारीमा घाटा हुने देखिएको छ । नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन नगरे निगमलाई घाटा हुने उनले बताए । पछिल्लो समय रुस र…

Read More

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय भएका हुन् । उपाध्यक्षमा नेपाली काँग्रेसकी मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देवबहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् ।

Read More

डोटी- डोटीमा कांग्रेसको विजय र्यालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले विजय र्याली निकालेको थियो ।

Read More

अछाम- अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर साउँद विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीलाई हराउँदै उनी अध्यक्षमा विजयी भएका हुन् । साउँदले तीन हजार ९८२ मत ल्याएर भने आउजीले दुई हजार ५०६ मत पाए । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्कबहादुर साउँदले एक हजार ४७४ मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सरुदेबी खड्का निर्वाचित भइन् । खड्काले तीन हजार ७३४ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी अनिता खड्काले दुई हजार ४९१ मत पाइन् । यस्तै गठबन्धनका जीवनबिक्रम साउँदले एक हजार ७६३ मत ल्याए ।

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन् । ११ हजार १२९ मत गणना हुँदा हमालले ४ हजार ९६४ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ५९१ मत पाएका छन् । यो २ हजार ३७३ मतले अन्तर हो । यसैगरि नेकपा एमालेका रणबहादुर चन्दले १ हजार २१२ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार २७३, एमालेकी कन्दकला रानाले २ हजार ९४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ३४२ मत पाएका छन् । मेयर उपमेयरको मतगणतामा बदरको मतको संख्या पनि ह्वात्तै बढेको छ । दुबै पदमा…

Read More