Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले र काँग्रेसबीच कडा प्रतिष्पर्धा भइरहेको छ । ३२६ जम्मा मत गणना हुँदा एमालेले ११५ मत पाएको छ भने काँग्रेसले ११३ पाएको छ। एमाले काँग्रेस भन्दा जम्मा २ मतले अगाडि रहेको छ । यस्तै माओवादी केन्द्रले ६४, एकीकृत समाजवादीले ९ मत प्राप्त गरेको छ । उपमेयरमा मांग्रेसले १ सय १०, एमालेले ९७, माओवादी केन्द्रले ७ र समाजवादीले ८ मत प्राप्त गरेको छ ।

Read More

काठमाडौं- सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Read More

डोटी– डोटीको पूर्वीचौकी गाउँपालिका वडा नंं. १ खिरसैनमा नेपाली कांग्रेसको वडाध्यक्षसहित प्यानल विजयी भएको छ । अध्यक्षमा अकंबहादुर खड्का, दलित महिला सदस्य खिनादेवी लुहार, महिला वडा सदस्यमा पारुदेवी श्रीमाल, वडा सदस्यमा वीरबहादुर खड्का, वडा सदस्यमा सरस्वतीदेवी साउँदको सिंगो प्यानल विजयी भएको छ। उनले प्रतिपक्ष नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार कैलाश खड्कालाई ३४८ मतान्तर ले पराजित गर्दै विजयी सुरुवा गरेका हुन्। पूर्वीचौकी गाउँपालिकामा अरु वडाहरुको मत गणना जारी छ।

Read More

डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएका हुन् ।

Read More

रोल्पा– रोल्पाको रोल्पा नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगी गोलाप्रथाबाट विजयी भएका छन् । डाँगी र कांग्रेसका देउचन थापाले बराबरी ५४३ मत ल्याएपछि गोलाप्रथा गरिएको थियो । सुरुवाती चरणमा डाँगीको अग्रता भएपनि अन्तिममा थापाले मतान्तर घटाउँदै बराबरी बनाएका थिए । यहाँ एमालेले ७४ र राप्रपाले ३५ मत ल्याएको छ ।

Read More

काठमाडौं- काभ्रेको बेथानचोक गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वपत्रकार मधुसुदन तिमिल्सिना विजयी भएका छन् । कुल खसेको मतको ५०७ मत ल्याउँदै उनले जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दण्डप्रसाद तिमिल्सिनाले ४९८ मत प्राप्त गरे । तिमल्सिना नेपाल प्रेस युनियन काभ्रेका सचिव तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार थिए ।

Read More

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले दोब्बर मतान्तरले अग्रता लिएको छ । सुरुवाती चरणदेखि नै अग्रता लिएका नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अगाडि गएका छन् । थारुले ५८८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार श्याम खत्रीले २६७ मत ल्याएका छन् । त्यसैगरि गठबन्धन दलका उम्मेदवार नवराज रावलले १९० मत ल्याएका छन् । यस्तै उपमेयरमा पनि नागरिक उन्मुक्तिका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेकी छन् । एमालेबाट उपमेयर उपमा केसीले १९० र गठबन्धनबाट माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत…

Read More

दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) विजयी भएका हुन्। यो सँगै माओवादी केन्द्रले अहिलेसम्म २ वटा स्थानीय तह जितेको छ।

Read More

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार मोहनसिंह महरा विजयी भएका छन् । महराले ७२१ मत प्राप्त गरे भने उका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ५९७ मत पाए । नगरप्रमुखमा पनि एमालेले नै अग्रता लिएको छ । एमाले उम्मेदवारले ७२६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवारले ६०७ मत प्राप्त गरेको छ । उपप्रमुखमा एमाले ७१४ मत प्राप्त गर्दा गठबन्धनले ६०९ मत प्राप्त भएको छ ।

Read More

अछाम- मतदान कार्य रोकिएको अछामको साँफेबगर नगरपालिका–१३ बाब्ला र पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको शनिबार बाब्लास्थित राष्ट्रिय माविको ‘क’ र ‘ख’ केन्द्र र लयाँटीस्थित नवज्योति माविमा रहेका ‘क’ र ‘ख’ मतदान केन्द्रमा पुनः मतदान गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० अनुसार पुनः मतदान गर्ने व्यवस्था मिलाउन अधिकृतलाई भनिएको छ । शुक्रबार भएको मतदानका क्रममा दुवै स्थानका मतदान केन्द्रमा झडप हुँदा मतदान कार्य दिउँसोबाट रोकिएको थियो । बाब्लास्थित मतदान केन्द्रमा काँग्रेस–समाजवादी गठबन्धन र नेकपा एमालेबीच शुक्रबार बिहान करिब साढे ९ः००…

Read More