Author: महेन्द्रनगर पोष्ट

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरका सहायक मतदान अधिकृतको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । स्थानीय तहको निर्वाचन सकिएर घर फर्किदै गर्दै वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ बर्षीय हृदय ढकालको मृत्यु भएको हो । उनी वीरेन्द्रनगर नगरपालिकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृत हुन् । वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएपछि बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएर उनको ेमृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले देशभर शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साह पूर्वक सहभागि भएर निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्दै उनले सामाजिक सञ्जालमार्फत कृतज्ञता व्यक्त गरेका छन् ।

Read More

रामेछाप – रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएकाे छ। रामेछाप नगरपालिका १ गोठगाउँबाट रामेछाप बजारतर्फ जाँदै गरेकाे ना ७ ख ३५०४ नम्बरको गाडी दुर्घटना परेकाे हाे । गाडी दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । गाडीकाे ब्रेक फेल भएर भएकाे दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएका छन।

Read More

काठमाडौं –  प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चार माध्यममध्ये आचारसंहिता विपरितका सामग्री सम्प्रेषित गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो । ती मध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

Read More

कैलाली- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले मतदानमा सहभागिता जनाइनन् । झण्डै दुई हप्ता सुदूरपश्चिम बसेर कांग्रेसका उम्मेदवारका लागि मत मागेकी राणाले अन्तिममा आफै मतदान गरिनन् । उनी प्रचारप्रसारका लागि गृहजिल्ला डडेल्धुरा समेत गएकी थिइन्। प्रधानमन्त्री एमव् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोलामा पुगेपनि राणा भने त्यहाँ पुगिनन् । असिग्राम मावि रुवाखोला ‘ख’ का मतदान अधिकृत सुरेन्द्रबहादुर कार्कीले नेतृ राणाको मतदाता नामावली पनि सोही मतदान केन्द्रमा छ । उनले राणा मत खसाल्न नआएको पुष्टि गरे । राणा अहिले काठमाडौंमै रहेको बुझिएको…

Read More

धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवाद भएपनि मतदान स्थगित गरिएको छ । मतदाताबाट मतदान गरिएको भन्दै दिउँसोदेखि विवाद बढेपछि मतदान स्थगित गरिएको हो । विवादपछि लामो समयसम्म सर्वदलीय बैठक मार्फत छलफल हुँदा समेत सहमति नभएपछि मतदान स्थगित गरिएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले बताइन् । अब मतदान कहिले भन्ने यकिन नभएको उनले बताइन् । निर्वाचन कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रक्रिया अघि बढाईने उनको भनाइ छ।

Read More

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा मतदान स्थगित भएको छ। डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि मतदान स्थगित भएको हो । स्थगित भएको निर्वाचन आगामी जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

Read More

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आज (शुक्रबार) बिहान २ बजे सिलिन्डर बम विस्फोट गराइएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार एक जना व्यक्तिले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन् । विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको छैन । तर घटनास्थल आसपासमा केही पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ।

Read More

तनहुँ – तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । व्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । जोशीको टाउकोमा चोट लागेको छ । काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् । जोशीले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि आक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थेँ’ उनले भने, ‘अहिले पनि बाहिर गुन्डाहरू छन्, म भित्र छु ।’

Read More

सुर्खेत – भारी वर्षा भएपछि सुर्खेतका दुई पालिकामा मतदान प्रक्रिया प्रभावित भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा पानी परेपछि निर्वाचन प्रक्रिया प्रभावित भएको हो। भारी वर्षा भएपछि दुई पालिकाका केही मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। पानी पर्न रोकिएपछि ती स्थानमा मतदान सुरू हुने बताइएको छ। सुर्खेतमा अहिले पनि हावा हुरीसँगै भारी वर्षा भइरहेको छ।

Read More