काठमाडौँ: कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सुदूरपश्चिममा लागूऔषधतर्फ नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन सफतापूर्वक सम्पन्न गरेको छ। आज (मंगलबार) प्रदेशको कञ्चनपुर जिल्लास्थित पुनर्वास नगरपालिका-३ बजार क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित कारोबारी समातेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा डीआईजी रविन्द्र केसीले आज बेलुका सो क्षेत्रमा ठूलो मात्रामा ब्राउन सुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगरबाट खटिएको सिनियर सब-इन्सपेक्टर केशव जोशी र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले सो अपरेसन चलाएको हो। विशेष सुराकीका आधारमा थालिएको अपरेसनमा २ ड्रग्स कारोबारी समातिएका छन्। समातिनेमा पर्सा घर भएर धनगढी बस्छु भनी बताउने अमित कुमार र बेलौरीकी सीता देबी चौधरी…
धनगढी: बहराइनमा जारी आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवाले स्वर्ण पदक जितेकी छन्। मंगलबार बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५-० ले पराजित गरिन्। तिरुवा सुदूरपश्चिमस्थित कञ्चनपुरको पुर्नबास नगरपालिकाकी स्थायी बसोबासी हुन्। प्रतियोगितामा तेक्वान्दोतर्फ ब्राइट फ्यूचर मावि नैकापका उज्ज्वल वाग्लेले पनि स्वर्ण जितेका छन्।
धनगढी: कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन्। गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करन बिकको मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश बिक र गंगा साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगाबहादुर थापाले जानकारी दिए। उनकाअनुसार मृतक बिकका परिवारले उनीसँगै रहेका उनीहरु चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो। ओलानीमा जुवातास भइरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरीको टोली जुवाखालमा पुगेको थियो। प्रहरी…
काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नव नियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी निरीक्षक १६औं समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए। महानिरीक्षक अर्यालले भने, ‘विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिङ्गो सङ्गठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ। यहाँहरूले यसमा थप भूमिका निर्वाह गर्नु हुनेछ।’ त्यस अवसरमा…
काठमाडौं: भारतीय वायुसेनाका नवनियुक्त प्रमुख अमरप्रित सिंह नेपाल आउन लागेका छन्। यसै हप्ता उनले नेपालको औपचारिक भ्रमण गर्न लागेको र यहाँस्थित भारतीय दूतावासले सो को तयारी गरिरहेको बुझिएको छ। भ्रमणबारे सरकारी तवरबाट औपचारिक जानकारी भने गराइएको छैन। भारतीय जहाजहरुमाथि आतंककारी बम आक्रमणको धम्की बढिरहेको र भिस्तारासहित एअर ईन्डियाको नेपाल आउने जहाज पनि सो को अनाहक शिकार बन्दै गरेको बेला अघिल्लो महिना असोज १४ गते सोमवार वायुसेनाको २८ औं प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका उनको आगमन आफैमा चासोको बिषय बन्न पुगेको छ। यस्तै उता भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ।…
काठमाडौं: गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताए। ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ। यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरुको स्थापना, मौज्दुता बीओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ’, उनले भने। हाल स्थापनारत बिओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्री लेखकले दीक्षित प्रहरी निरीक्षकहरुलाई आफ्नो वौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र…
बझाङः बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेकामध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन्। तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उनले बताए। “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उनले भने, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ…
काठमाडौंः सर्वोच्च अदालतले सशस्त्र प्रहरीको अवकाशसम्बन्धी व्यवस्थालाई यही आर्थिक वर्षभित्र ऐनमा समावेश गर्न आदेश दिएको छ। सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहितका अधिकारीहरुले ३० वर्षे सेवा अवधिविरुद्ध दिएको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले पटकपटक निर्देशात्मक आदेश जारी भएकामा हालसम्म ऐनमा समावेश गरेको नदेखिएको भनेको छ। ‘अनिवार्य अवकाश लगायतका सारभूत व्यवस्थाहरु ऐनमा समावेश गरिएको नदेखिएको हुँदा यसै आर्थिक वर्षभित्र अनिवार्य अवकाश सम्बन्धी व्यवस्था ऐनमा समावेश गर्ने व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ। सशस्त्र प्रहरीको नियमावलीमा ३० वर्षे सेवा अवधिको व्यवस्था छ। नेपाल प्रहरीमा पनि नियमावलीमा भएको व्यवस्था अनुसार अधिकृतहरु ३०…
धनगढीः कैलालीबाट बिना इजाजत वन पैदावार ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका(३ बस्ने ६० वर्षीय कर्ण कुँवर रहेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धि मुद्दामा ३ महिना कैद सजाय तोकिएपछि उनी फरार रहेका थिए। कुँवरलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।