Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीबाट प्रहरीले दुई तोला सुनसहित २५ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ र घोडाघोडी नगरपालिका-८ बाट प्रहरीले बिहीबार २५ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बर्दगोरिया-४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा लुकाई छिपाई राखेका भारतीय रुपैयाँ २ लाख २२ हजार र घोडाघोडी-८ का लालबहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डोमा लुकाई छिपाई राखिएको भारतीय रुपैयाँ २३ लाख ४६ लाख र २ तोला सुनका बरामद गरिएको छ । भारतको विभिन्न स्थानबाट चोरी गरी भारतीय रुपैयाँ र सुन ल्याई लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले…

Read More

कैलाली- कैलालीको गेटा मेडिकल कलेजलाई सञ्चालनका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै धनगढीमा चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक दबाव समूहले बिहीबार धनगढीमा सडकमै पत्रकार सम्मेलन गरेको छ । मेडिकल कलेज सञ्चालन गर्न सरकारलाई दबाव सृजना गर्ने उद्देश्यसहित गठित नागरिकको संयुक्त दबाव समूहले धनगढीस्थित एलएनचोकको मुख्य सडक जाम गर्दै पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले सरकारले संसदको चालु अधिवेशनमै मेडिकल कलेजबारे टुंगो लगाउनुपर्ने बताए । उनले अब आउने बजेटमा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट छुट्याइनुपर्ने धारणा राखे । सरकारलाई दबाव सृजना गर्न सुरु गरिएको चरणबद्ध आन्दोलन अन्तर्गत शुक्रबार गेटा…

Read More

बाजुरा- निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखहरुलाई तीन दिन भित्र हटाउन निर्देशन दिएको छ । बाजुराको बुढीगङ्गा नगरपालिकामा आयोगले फेरि मतदान गर्ने निर्णय गरेसंगै बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिनभित्र हटाउन सरकारलाई निर्देशन दिएको हो । उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगले अन्य कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको बताएको छ । यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । आयोगले विहीबार विज्ञप्ति…

Read More

काठमाडौं- कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा (इपीएस टोपिक युबीटी–२०२२) यही जेठ १९ गतेदेखि सुरु हुँदैछ । परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपिएस कोरिया शाखाले परीक्षा केन्द्र ललितपुरको भैंसेपाटीस्थित सीबीटी भवनलाई कायम गरिएको जनाएको हो । परीक्षा पहिलो, दोस्रो र तेस्रो सिफ्टमा हुनेछ । जसमा पहिलो बिहान ८ बजेदेखि बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण हुनेछ भने बिहान १० बजेदेखि परीक्षा शुरू हुनेछ । दोस्रो सिफ्टको परीक्षा साढे ११ बजेदेखि र तेस्रो सिफ्टको दिउँसो २ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।

Read More

कैलाली- कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन्द भट्टलाई ज्ञापन पत्र बुझाइएको छ । ‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ अत्तरियाले मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारको शिकार बनेकी ११ वर्षीया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गरिदिन माग गरिएको छ । महिला अधिकारकर्मीले बलात्कारमा परेकी ११ वर्षीया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गर्नुपर्ने माग अघि सार्दै विहीबार भीमदत्त नगरका प्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीलाई ज्ञापन पत्र बुझाएका हुन् । महिला अधिकारकर्मी माया नेगीले बालिकामाथि करणी गर्न खोज्ने व्यक्तिले आत्महत्या गरेको अवस्थामा बालिकाको न्यायका लागि सरकारी निकाय गम्भिर हुनुपर्ने माग अघि सारेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको बताइन् । उनका अनुसार पीडित बालिकाको तत्काल स्वास्थ्य उपचार, सुरक्षा व्यवस्थापन गर्नुपर्ने, जीवन सुरक्षाका लागि निःशुल्क उच्च शिक्षा, भरणपोषण गर्नुपर्ने, समाजिक सुरक्षाको माग…

Read More

बैतडी- बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालन गर्न माग गरिएको छ । बिहीबार नेपाल विद्यार्थी संघले नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ)लाई ज्ञापनपत्र बुझाउँदै नगरबस सञ्चालनको माग गरेको हो । नेपाल विद्यार्थी संघ नगर समन्वय समितिले बुझाएको ज्ञापनपत्रमा सर्वसाधारण नागरिक समस्यामा परेकोले नगर बस सञ्चालनको माग गरिएको छ । नगर बस सञ्चालन नहुँदा यातायात व्यवसायीहरुले सर्वसाधारण बाध्यतामा रहेका उल्लेख गरिएको छ । नगरपालिकाको पहिलो बजेटबाटै नगरबस सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नेपाल विद्यार्थी संघ दनपा समन्वय समिति संयोजक अमर टेरले बताए । यस्तै पेट्रोल पम्प सञ्चालन र अटोरिक्सा सञ्चालनको माग समेत गरिएको छ । यसअघि पनि पटकपटक माग गरेका…

Read More

कञ्चनपुर- कञ्चनपुरको राना थारु बाहुल्य क्षेत्र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना निर्वाचित भए । स्थानीय तहको निर्वाचन अघि आफ्नो समुदायको पनि उपस्थिति हुनुपर्ने मागअघि सारेका राना थारु समुदायका नागरिक पालिकामा सम्मानजनक उपस्थितिले हर्षित छन् । “छ वडामा यहाँ तीन वडाध्यक्षसहित राना थारुको उपस्थिति सम्मानजनक छ”, अध्यक्ष रानाले भनिन्, “प्रतिनिधित्व भएअनुसारको काम पनि देखाउने छौँ।” मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदाय यहाँको कृष्णपुुर, लालझाडी, बेल्डाडीमा पालिका अध्यक्ष तथा उपप्रमुखको जिम्मेवारीमा आएका छन्। “वडाध्यक्ष त प्रायः पालिकामा राना थारु समुदायका नागरिक आएका छन्”, उनले भनिन्, “अघिल्लो निर्वाचनभन्दा यसपटक हाम्रो नेतृत्वदायी उपस्थिति पनि छ।” लालझाडी गाउँपालिकाका अध्यक्ष राना यसअघिको…

Read More

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । उनीहरुलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा विवाद थियो। २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीयको भनाइ छ…

Read More

डोटी- विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो। महिनावारी अर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरूमा बस्दा अनेक समस्यासँग जुधेका उनीजस्तै यहाँका महिलाका अनुहारमा छाउगोठ धमाधम भत्काउँदा जुन खुसी छाएको थियो, अहिले पुरानै अवस्थामा फर्कनु पर्दा अझ निराश बनाएको छ। उनी भन्छिन्, ‘त्यतिबेला हामीलाई राख्नैका लागि गोठ बनाइएका थिए, अहिले गाईभैंसी र बाख्राका खोरमा बस्नुपरेको छ। झन पशुजस्तै भएका छौं।’ महिलालाई मध्य तथा सुदूरपश्चिमका जिल्लामा वर्षौंदेखि कायम रहँदै आएको छाउपडी प्रथाको विरूद्ध जनचेतना अभिवृद्धिदेखि छाउ भएकी महिलालाई…

Read More