Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् ।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने, ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।’उनले वाग्मती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए । उनले भने, ‘यो बेलामा घटना…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्योलमा परेको छ ।केन्द्रमा राजनीतिक समीकरण फेरबदल भएसँगै बजेट अन्योलमा परेको हो । बजेटमाथि प्रदेश सभामा हालसम्म छलफल नै सुरु भएको छैन । बजेटलाई लिएर सत्तारूढ दलहरूबीच नै चर्को असन्तुष्टि रहेका देखिन्छ । केन्द्रमा सत्तासमीकरण बदलिएसँगै प्रदेश सरकार पनि फेरिने भएपछि बजेट पारित हुनेमा संशय देखिएको हो ।नयाँ समीकरण बनाएका कांग्रेस र एमालेबीच सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति छ । नयाँ सरकार गठन हुने भएपछि एमाले बजेट पारित गर्न नहुने पक्षमा छ । प्रदेश सभामा अहिले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा एमाले,…

Read More

काठमाडौं: सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक दरबन्दी भई ओलीनिवास बालकाेटमा सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिएका इन्स्पेक्टर थापाको शनिबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार ४२ वर्षीय इन्स्पेक्टर थापा शुक्रबार बेलुका खाना खाएर भक्तपुरको सूर्यविनायक नगरपालिका-९, गुण्डुस्थित उनको घरमा सुतेकामा शनिबार बिहान ५:३० बजे अचेत भेटिएका थिए। उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा बिहान ६:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। उनी डेढ वर्षदेखि ओलीको सुरक्षामै कार्यरत थिए। सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार आकस्मिक हदृयघात भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। थापाका एक छोरा र श्रीमती छन्।

Read More

काठमाडौं : देशका धेरै स्थानमा आज वर्षा भइरहेकाले आकस्मिक बाढीको सम्भावना छ ।  सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो र राति सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।    

Read More

काठमाडौं : सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत आयोजनाको ढलानमा खसेर बेपत्ता भएका दुईजनाको शव भेटिएको छ।  बेपत्ता भएका बर्दियाको बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भोटेकोशी गाउँपालिका-४ मा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा खस्दा उनीहरू च्यापिएका थिए। शुक्रबार नै दश जनाको सकुशल उद्धार गएिको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना प्रहरीले पक्राउ गरेको छ । बझाङको खप्तडछान्ना गाउँपालिका–३ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्कमा कोठा गरि बस्ने २८ वर्षीय सुजल खड्काको कोठाबाट भीमदत्त नगरपालिका–६ बस्ने बर्ष २९ वर्षीय गणेश बि.क. र भीमदत्त नगरपालिका–१५ का २७ वर्षीय प्रकाश भण्डारीसहित तीनै जनालाई पक्राउ गरेको हो । भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । 

Read More

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए । बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो ३ बजे बस्ने तय भएको छ । 

Read More

काठमाडौं: हालै नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका चिफ हुतराज थापा बालकोट पसेको घटनाले चर्चा पाएको छ। सत्ता समीकरणमा उलटफेर आएसँगै हुनेवाला प्रधानमन्त्री भनिएका केपी शर्मा ओलीलाई थापा निवासमै भेट्न गएका थिए। निवासमा भेट्न गएका बेला बालकोटले उनलाई प्रतिकुल जवाफ दिएपछि सो घटनाको चर्चा थालिएको हो। उसै त विभागभित्र रोल्पा घर भएका थापामाथि माओवादीको निर्देशनमा विभाग सञ्चालन गरेको आरोप लाग्दै आएको छ। त्यसमाथि बालकोटले त्यसमा थप पुष्टि खाले जवाफ दिएको बताइन्छ। स्रोतका अनुसार ओलीले थापाका कामप्रति असन्तुष्टि जनाएका थिए। भेटमा ओलीले विभागका कर्मचारीबीच भेदभाव गरेको भन्दै हाकिमको परफरमेन्स नदेखिएको ओलीको भनाई थियो। यसै परिपेक्षमा सरकार परिवर्तन भएर ओली प्रधानमन्त्री…

Read More

काठमाडौं : जुम्लामा अत्याधुनिक हतियारसहित चार जना पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चने लेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित चार जना पक्राउ परेका हुन् । जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका– १, डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले जानकारी दिए । घटना लगत्तै जुम्ला, मुगु र डोल्पाका नाकाबाटहरुमा प्रहरी खटाइएको उनले बताए । घटना भएको झण्डै एक महिनापछि मुगुुमा पछिल्लो पटक स्थानीयले संकलन गरेको यार्सा लुटपाटमा संलग्न आठमध्ये चार जनाको पक्राउ गर्न प्रहरी सफल भएको…

Read More