Author: महेन्द्रनगर पोष्ट

नेपालगञ्ज – नेपालगञ्जमा होटल व्यवसाय गर्दै आउनुभएकी बैजनाथकी लक्ष्मी योगीलाई चुनावमा भाग लिन गाउँ जाने तर्खरमा हुनुहुन्छ । बैजनाथ गाउँपालिका–२ निवासी उनी अरु बेला नेपालगञ्जमा होटल व्यवसाय गरे पनि भोट हाल्न गाउँ जाँदा रमाइलो हुने बताउनुहुन्छ । बाँकेको नेपालगञ्ज र कोहलपुरमा पेशा तथा व्यवसाय गरेर बस्दै आएका अधिकांश सर्वसाधारण आ–आफ्नो गाउँमा फर्किसकेका छन् । आसन्न निर्वाचनमा मतदानको लागि आज साँझसम्म सबैजसो सर्वसाधारण आ–आफ्नो गाउँ फर्किसक्ने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो । उहाँले नेपालगञ्जमा होटल व्यवसाय गर्दै आएका अधिकांश व्यवसायी आ–आफ्नो गाउँमा भोट हाल्न पुगेको जानकारी दिनुभयो । होटल व्यवसायी चुनावमा भोट हाल्न गाउँ गएका कारण नेपालगञ्जका…

Read More

हुम्ला – हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् । अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्‍याए पनि लिमी क्षेत्रमा हेलिकप्टर नपठाउँदा समस्या भएको हो । दार्चुलाको तिंकर क्षेत्रमा हेलिकप्टरको प्रयोग भए पनि हुम्लाको नाम्खा गाउँपालिका- ६ को लिमीमा प्रयोग भएन । हेलिकप्टर नभएपछि ४८०० मिटर उचाइमा रहेको नारा लेकबाट हिउँ छिचोल्दै लिमी पुग्न बाध्य भएको हिमशिखर प्राथमिक विद्यालय तिल मतदान केन्द्रका मतदान अधिकृत विस्न रोकायाले गुनासो गरे । नाम्खा गाउँपालिका ६ मा रहेका तीन वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित दु:खका साथ कर्मचारी पुगेको…

Read More

काठमाडौं – सरकारले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबारको प्रेस ब्रिफिमा प्रसूतिलगायत अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई दिर्नेशन दिएकी हुन्। उनले भनिन् ,“प्रसूतिलगायत अत्यावश्यक आकस्मिक सेवा संचालन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध छ।” उनले स्वास्थ्यकर्मीले पनि मतदान गर्नुपर्ने भएकोले सो दिन नियमित खोप केन्द्र, खोप अभियान भने संचालन नहुने बताइन्। उनले सबै मतदातलाई भयरहित भएर जनस्वास्थ्यका मापदण्ड अपनाउँदै आफ्नो मतअधिकारको प्रयोग आग्रह गरिन्।

Read More

जनकपुरधाम – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ । जनकपुरधामस्थित सिताशरण होटलमा बसेर अन्सारीले मतदातालाई रिझाउन पैसा बाँडेको आरोप एमालेका कार्यकर्ताहरुले लगाएका छन् । मतदातालाई पैसा बाँडेको भन्दै एमालेका कार्यकर्ताहरुले अन्सारी बसेको होटल घेराउन गर्न पुगेपछि सो क्षेत्र तनावपूर्ण बनेको छ । मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले रकम वितरण गरिरहेको सूचना पाएपछि आफूहरु त्यहाँ पुगेको नेकपा एमालेका जनकपुरधाम नगर कमिटी सचिव राजु साहले बताए । अन्सारीको ब्याग र कोठा सर्च गर्न प्रहरीलाई भन्दा उल्टै प्रहरीले आफूहरुमाथि हातपात गरेको साहले बताए । नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि पुगेको प्रहरी टोलीले अन्सारीलाई सुरक्षासहित बाहिर…

Read More

काठमाडौं – निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का वाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको हो । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । दाहालले व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरेको र उक्त कार्यले आचारसंहिताको उल्लङ्घन भएको आयोगको बुझाइ छ ।

Read More

रामेछाप – नेपाली कांग्रेस उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । उमाकुण्ड गाउँपालिका ३ कुँबुकास्थलीका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेकपा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेको छ । खुकुरी प्रहार बाट घाइते भएका सुनुवारको वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा उपचार भइरहेको नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सम्शेर कार्कीले जानकारी दिए । खुकुरी प्रहार गर्ने मुख्य अभियुक्त पबित्र सुनुवार सहित केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीका अनुसार वडा अध्यक्ष समेत रहेका सुनुवारलाई राप्रपा र एमालेका कार्यकर्ताले पछाडिबाट झुक्याएर खुकुरी प्रहार गरेका थिए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जिल्ला…

Read More

काठमाडौं – पछिल्ला ५ दिनमा मात्रै करिब ३ लाखभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार चुनावका लागि भोट खसाल्न जाने यात्रुको उच्च चाप थियो । बुधबार मात्रै ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका थिए । बुधबार ११ हजार २३३ सवारीले काठमाडौँ विभिन्न नाका हुँदै काठमाडौँ छाडेका थिए । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको सङ्ख्या घट्दै गर्दा बाहिरिने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौँ छाडेका थिए। २६ वैशाखमा यो सङ्ख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौँ छाडेका थिए…

Read More

काठमाडौं – नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोला रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए। चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काल रिहा गर्न माग गरेका थिए ।

Read More

काठमाडौं – रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। मतदातालाई पैसा बाँडेको विषयमा विवाद हुँदा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। उक्त झडपमा परी पाँच जना घाइते भएका छन्। घाइते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन्। घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए। जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको थियो।

Read More

सुर्खेत – सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ परेका छन्। जिल्लाको गुर्भाकोट नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई बुधबार राति पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो। प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। पक्राउ परेका विसीलाई प्रहरी चौकी मेहलकुनामा राखिएको र निर्वाचन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Read More