Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधिसहित ४ जनालाई पक्राउ गरेको छ । शनिवार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक रहेका छन् । प्रहरीले उनीहरुको साथबाट स्पास्मो प्रोक्सी प्लस क्याप्सुल २० ओटा फेला पारेको जनाएको छ । पक्राउ परेका चारैजना र बरामद २ ओटा मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको सशस्त्र प्रहरील गणले जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत शनिवार सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रीकेट एकेडेमी र लिटल फ्लावर क्रीकेट क्लब विजयी भएका छन् । शनिवारको पहिलो खेलमा बलरहरू चम्किँदा महेन्द्रनगर क्रीकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । धनगढी क्रीकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६।३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १३ रन मात्रै बनाउन सक्यो । १ सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढी क्रीकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पुरै…

Read More

काठमाडौं- सौन्दर्य प्रतियोगिताको आयोजना गरेर किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन् । आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिता आयोजना गरी उनले एक किशोरीलाई बलात्कार गरेको आरोप पीडित किशोरीले नै लगाएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । प्रहरीको उपत्यका अनुसन्धान कार्यलयले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित सुनिश्चित देखिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछिल्लो मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन् । जम्मा खसेको ६३ हजार ७१५ मतमध्ये ५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मतसहित हमाललाई पछ्याइरहेका छन् । अब ७ हजार ४८९ मत मात्रै गणना गर्न बाँकी छ । यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले…

Read More

दार्चुला- जिल्लाको सदरमुकाममा रहेको महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिरले पदभार ग्रहण गरेकै दिन नगरबासीको जनअपेक्षा अनुसारको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । महाकालीमा नयाँ सरकारको नयाँ योजनासहित आफूले काम गर्ने बताउँदै उनले भने, ‘खलंगा बजार क्षेत्रलाई व्यवस्थित बनाउँदै समग्र महाकालीको विकासका लागि जनताको चाहना अनुसार अगाडि बढ्नेछु ।’ विकास भनेको निरन्तर प्रक्रिया भए पनि त्यसलाई कसरी र कुन ढंगले प्रस्तुत गर्ने भन्ने कुरा विज्ञहरुको सल्लाह अनुसार जाने उनले बताए । ‘नयाँ सरकार आइसकेपछि नयाँ योजना अनुसार अगाडि बढ्ने छौँ,’ उनले भने । अघिल्लो मेयरको कार्यकाल भन्दा सहज र जनतालाई स्थानीय सरकारको अपनत्व दिलाउने गरी काम गर्ने उनले बताए । यहाँको…

Read More

दार्चुला – दार्चुलाका दुई नगरपालिकामा एमालेले गठबन्धनको विरासत तोडेको छ । स्थानीय तहको निर्वाचनमा होमिएका दार्चुलाका दुई नगरपालिकाका निवर्तमान प्रमुखहरुको विरासत यो पटक एमालेले तोडि दिएको हो । फेरि पालिका प्रमुखमा दोहोरिन चाहने दार्चुलाको महाकाली, र शैल्यशिखर नगरपालिकामा निवर्तमान अध्यक्षको विरासत यो पटक एमालेले तोडेको हो ।िजल्लाका दुई नगरपालिकामा नगरप्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजय प्राप्त गरिसकेको छ। २०७४ को निर्वाचनमा महाकाली नगरपालिकामा हंस राज भट्ट र सुना बोहरा निर्वार्चित भएका थिए । शैल्यशिखर नगरपालिकामा अमर सिह धामी र राजमति पाल विजयी भएका थिए। तर यि दुबै नगरपालिकामा यो पटक एमालेको बहुमतको सरकार बनेको छ । उनीहरु चारै जना…

Read More

झापा – प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ । पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।

Read More

धनुषा – धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा केकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेकपा (एमाले)का अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भए । राजेन्द्रले ४३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहेका अनिलले ४०९४ मत प्राप्त गरे । उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी भएका छन् । साहले ३३३० मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की अनिता कुमारीले २७९७ मत प्राप्त गरेका छन् । सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादीसबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका…

Read More

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ । जातीय समीकरण अनुसार महतो जातिलाई मेयर तथा उपमेयरमा टिकट नदिएकै कारण माओवादीको किल्ला भत्किएको गौशालावासीको भनाई छ । ०७४ मा अत्यधिक बहुमतका साथ मेयर र उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी (जसपा) सफल भएको छ । जसपाका दिपेन्द्र महतोले मेयरमा ८७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५६२७ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा जसपाकी रेनुकुमारी महतोले ८४५५ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी जनकदुलारी साहले ५४९० मत प्राप्त गरिन् । ०७४ को…

Read More

एजेन्सी – पश्चिम र मध्य अफ्रिकामा सामान्य भाइरल सङ्क्रमण मन्कीपक्सको युरोपमा १०० भन्दा बढी केसहरू पुष्टि वा शङ्कास्पद भएपछि यो प्रकोपबारे छलफल गर्न विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार आपत्कालीन बैठक बोलाएको छ। जर्मनीले युरोपमा अहिलेसम्मकै सबैभन्दा ठुलो प्रकोपको रूपमा वर्णन गरेको मन्कीपोक्सको सङ्क्रमण बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, स्विडेन र युनाइटेड किङ्गडमका साथै संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियालगायतका देशमा मन्कीपक्सको सङ्क्रमण देखा परिसकेको छ। स्पेनमा शुक्रवार मै २४ नयाँ केसहरू फेला परेका छन्। इजरायलको एउटा अस्पतालले पश्चिमी युरोपबाट भर्खरै आएका मन्कीपोक्ससँगे मिल्दोजुल्दो लक्षण भएको करिब ३० वर्षको व्यक्तिको उपचार गरिरहेको छ। बाँदरमा पहिलो पटक पहिचान भएको यो रोग…

Read More