Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।

Read More

काठमाडौं- भरतपुर महानगरपालिकको मेयर पदकी उमेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १५१२ मतको अग्रता बनाएकी छन्। २६ हजार पाँचसय २६ मत गणनामा उनले ९ हजार ३३१ मत पाएकी छन्। नेकपा एमालेका विजय सुवेदीले ८ हजार एकसय १९ मत ल्याएका छन्। जगन्नाथ पौडेल बागी उम्मेदवारले ४ हजार ३६० मत ल्याएका छन् । त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ५१५ मत ल्याइसकेका छन्। उनलाई राप्रपाकी हिमला गुरुङले ६६११ मत ल्याएर पछ्याइरहेकी छन्।

Read More

बाजुरा- बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा नेकपा एमाले विजय एको छ । अध्यक्षमा नेपाली कांग्रेसका गोविन्दबहादुर मल्ल विजयी भएका छन् । उनले दुई हजार ३८४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजबहादुर मल्लले दुई हजार २६९ मत प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा एमालेका राजकला सार्की दुई हजार ३६७ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम प्रतिदन्दी कमला रावत रोकायाले दुई हजार २८६ मत प्राप्त गरिन् ।

Read More

डोटी- डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही र उपाध्यक्षमा मिनादेवी बिष्ट पुनः निर्वाचित भएका हुन् । अध्यक्षमा शाही ४ हजार २६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २ हजार ६२१ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उमेदवार मिनादेवी विष्ट ४ हजार ७२ मतसहित विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्मला अवस्थीले २ हजार ५३६ मत प्राप्त गरिन ।

Read More

कञ्चनपुर- कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा श्रीमान–श्रीमती निर्वाचित भएका छन् । दोधराचाँदनी नगरपालिका ७ मा सन्दिप उपाध्याय र कमला उपाध्याय निर्वाचित भएका छन् । सन्दिप एमालेबाट र कमला काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । एमालेबाट श्रीमान सन्दिपले ७५५ र कमलाले ७९२ मत ल्याएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा एमालेको गढ भत्काउँदै नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा कैलाशबहादुर बलायर भारी मतका साथ प्यानलसहित निर्वाचित भएका छन् । बलायरले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका गणेशबहादुर ऐरलाई ३७९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । बलायकले १ हजार २२१ र एमालेका ऐरले ८४२ मत ल्याएका थिए । यस अघि ०७४मा एमालेकै उम्मेदवार छत्र महरासंग पराजित भएका काँग्रेसका बलायले यस पटक फराकिलो मतका साथ निर्वाचित भएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका तोयराज शर्मा ३६५ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका माओवादी र समाजवादीको गठबन्धनका उम्मेदवार समाजवादीका जीवनराज थापाले ३०२ मत मत प्राप्त गरेका छन् । एमालेका पदमबहादुर पुजाराले २०५ मत हासिल गरेका छन् । उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ३९१ मत सहित सुरुवाती अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसकी भुलिया रानाले ३४५ मत प्राप्त गरेकी छन् । यस्तै एमालेकी सुशीला खत्रीले १६९ मत प्राप्त गरेकी छन् । मतदानमा भएको विवादका कारण रोकिएको पनुर्वासको मतगणना मंगलबार रातिदेख सुरु भएको हो ।

Read More

डडेल्धुरा- डडेल्धुरा डडेल्धुराको परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय भरत बडायर जोशी निर्वाचित भएका छ्न् । जोशीले ५ हजार ९४१ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)ले ५ हजार ८०५ मत प्राप्त गरे । सुरूवातदेखि कांग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा भएपनि अन्तिममा उम्मेदवार माललाई जोशीले पराजित गरेका हुन्। एमालेबाट उम्मेदवार रहेका केशव बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरे । अध्यक्षमा निर्वाचित जोशी परशुराम नगरपालिकाको सभापतिसमेत हुन् । नगर उपप्रमुखमा भने माओवादी केन्द्रका बिमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा भइरहेको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ८२५ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् । हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर पुगेको छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र…

Read More

डोटी- डोटीको दीपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बाजीसिँह खड्का (विजय) मेयर र कलावती महर (साउँद) उपमेयरमा निर्वाचित भएका हुन् । खड्काले ५ हजार १३८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले ३ हजार ५१५ मत प्राप्त गरे । यस्तै उपमेयरमा कांग्रेसकी महरले ४ हजार ७६८ मत प्राप्त गरिन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गरिन् । दीपायल सिलगढीमा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ र २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको थियो…

Read More