धनगढी: पूर्व सशस्त्र प्रहरीले परशुराम नगरपालिकामा रहेको सब डिभिजन वन कार्यालय जोगबुढाको मोटरसाइकल जलाइदिएका छन्। हिजो (शुक्रबार) परशुराम नगरपालिका-५ परिगाउँमा पार्किङ गरेको अवस्थामा राखिएको मोटरसाइकल सोही ठाउँका पूर्व सशस्त्र प्रहरी धनबहादुर चन्दले जलाइदिएका हुन्। चन्दले रक्सी खाएर मोटरसाइकल जलाएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक सुरज रोकायाले जानकारी दिए। उनले भने, ´उनको परिवारबाट बुझ्दा रक्सी खाएर जलाएको खुलेको छ। बाइक ध्वस्त छ।` सब डिभिजनमा कार्यरत कर्मचारी इश्वरी बोहरा र सुरेश खातीले उक्त सुपप्र ००४-००१ ब ००१९ नम्बरको मोटरसाइकल परिगाउँ लगेर गएकाे बुझिएको छ। रोकायाका अनुसार मोटरसाइकल परिगाउँमा रहेको चन्दको घरमा राखेर उनीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्ड भिजिट गएका थिए। सोही…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देखतभुलीमा आयोजित प्रथम डीवाईएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका-७ ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि चुमेको हो। ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले ७ ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको हो। उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। विजेता र उपविजेतालाई एक कार्यक्रमबीच एमालेका प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद…
धनगढी: पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सुदूरपश्चिममा छन्। आज नै धनगढी पुगेका उनले कञ्चनपुरमा राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको उद्घाटन गरेका छन्। शनिबार जिल्लाको वेदकोट नगरपालिका–८ गैलनदीमा उनले बुद्धिचाल प्रतियोगिताको उद्घाटन गरेका हुन्। यस्तै उता आज बिहान १० बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट नेपाल प्रहरीका एआईजी सुदीप गिरी पोखरा पुगेको बताइएको छ। उनी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै एकै जहाजमा पोखरा गएको बताइन्छ। त्यस्तै आफ्ना सभापति तथा सांसद रवि लामिछाने पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकाले रास्वपा सांसदहरु पनि पोखरामा छन्। सहकारी ठगी र संगठित अपराधको आरोप लागेका रवि लामिछानेलाई प्रहरीले हिजो पार्टी कार्यालयमा पक्राउपछि राति नै…
काठमाडौं: कञ्चनपुरको भिमदत्त नगरपालिका- ४ का २३ वर्षीय योगेश ठगुन्नाले ल्याब असिस्टेन्टको पढाइ सकेका थिए। पछिल्लो समय उनी महेन्द्रनगरको शर्मा प्याथोलोजीमा काम गर्दै आएका थिए। उनकाे मासिक तलब १३ हजार रुपैयाँ थियाे। उनकाे जीवन सामान्य नै चल्दै थियाे। तर, यसपल्ट दसैँको दिन उनको ह्वाट्सएपमा एक अपरिचित नम्बरबाट फाेन आयो। फाेनबाट उनलाई अनलाइन कामको प्रलोभन देखाइएको थियो। सुरुमा कुनै रकम लगानी नगरी उनको वालेटमा रकम आयो। त्यसपछि उनलाई पाँच हजार रुपैयाँ जम्मा गर्न भनियो। पहिले रकम आएको देखेका योगेशले भनेकै जति रकम उनीहरूले पठाएको खातामा हालिदिए। त्यस लगत्तै ह्वाट्सएपमा भेटिएका व्यक्तिले ५० हजार रुपैयाँ जम्मा गरे ३ गुणा रकम आउँछ भन्ने प्रलोभन…
काठमाडौं: ‘हनी ट्रयापिङ’ मा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर बिनुकुमारी शाहीलाई अझै पक्राउ गरिएको छैन। दसैं अगाडि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भएपनि शाही अझै पक्राउ परेकी छैनन्। जबकी प्रहरीले पुर्जी जारी भएपछि खोजी भैरहेको भन्दै फरार भनेकी उनै इन्सपेक्टर शाही सोसल मिडियामा भने खुलेआम एक्टिभ देखिन्छिन्। उनले केही दिन अगाडिमात्रै महेन्द्रनगरपोष्ट डटकमका सम्पादक टेकसिंह धामीलाई फेसबुक स्टाटसमा धम्कीपूर्ण प्रतिक्रिया दिएकी थिइन्। इन्सपेक्टर फरार रहेको घटनासम्बन्धी लेखिएको स्टाटसमा शाहीले आफू फरार नभएको जनाएकी थिइन्। तर केही समयपछि भने उनले त्यो प्रतिक्रिया हटाइन्। उनको त्यो प्रतिक्रियाले भने उनी आफैं फरार नभएर फरार बनाइएको देखिन्छ। तर उता प्रहरी प्रधान कार्यालय…
धनगढी: कञ्चनपुरमा चितुवा देखिएपछि स्थानीय त्रसित बनेका छन्। शुक्रवार राति बेलडाँडी गाउँपालिका–२ चन्दनवस्तीमा चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको बस्तीमा राति चितुवा देखिएपछि स्थानीय र सुरक्षा निकाय उक्त क्षेत्रमा छन्। अहिले उक्त क्षेत्रमा त्रास बढेको छ।
धनगढीः कैलालीबाट सवारी ज्यान र बिना इजाजत वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा दुई महिना दुई दिन कैद सजाय र दुई हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१३ झलारी बस्ने ३२ वर्षीय गोपाल राना र बिना इजाजत वन पैदावार ओसारपसार मुद्दामा १२ हजार ८२० जरिवाना तोकिएको जोशीपुर गाउँपालिका–६ सिमरी बस्ने ४२ वर्षीय आशिष कठरीया पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको जनाएको छ।
धनगढीः धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको हो। सोही ठाउँ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसहित १२ जना पक्राउ परेका हुन्। उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ।
बैतडी: बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये एकजनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ४५ बर्षीया बसन्ती भनिने हरिना जोशीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।दुर्घटनामा घाइते भएकी जोशीलाई जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो। धनगढी लैजाने क्रममा दशरथचन्द राजमार्गअन्तर्गत पाटन–खोड्पे सडकखण्डमा शुक्रबार साँझ ६ बजे उनको मृत्यु भएको हो।शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते…
काठमाडौं: सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुगाइएको छ। जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो। बालाजुस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा ल्याइएको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखिएको छ। लामिछानेलेलाई आज सार्वजनिक बिदा परेकाले आइतबार (भोलि) मात्रै अदालतमा उपस्थित गराइने छ।