Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका हुन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छिन् । भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाएका छन् । काँग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि छिन्।

Read More

काठमाडौं : निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् । आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितीसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ । यस्तै,…

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको कारोबार मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – गत वैशाख ३० गते सम्पन्नस्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ५ महानगरपालिकासहित ५४ पालिकाको अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अद्यावधिक विवरणअनुसार प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जितेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । नतिजा आउन बाँकीमा प्रदेश १ मा झापाका ५, मोरङका २, सुनसरीका ३ र उदयपुरका २ पालिका बाँकी छ । मधेश प्रदेशमा रौतहटका ७, बाराका ४, सप्तरीका ३, सिराहा र धनुषा २-२, महोत्तरी, सर्लाही र पर्साका १-१…

Read More

काठमाडौं – काठमाडौं महानगरको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरले अग्रता कायमै छ । भर्खरेको अद्यावधिक मतपरिणामअनुसार कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् । बिहानसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा बालेनले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले भेटवार्ता गर्नुभएको छ । शुक्रबार तीन दिने भ्रमणका लागि आएकी उपमन्त्री जियाले शनिबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हु्न् । सो अवसरमा नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो । उनी भारतको नयाँँ दिल्ली हुँदै नेपाल भ्रमणमा आएकी हुन् ।

Read More

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा चलेको छ । पछिल्लो मत गणना अपडेट अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले झिनो अग्रता बनाएका छन् ।  २८ हजार २७१ मत गणना हुँदा गृहमन्त्री खाँणका सहोदर भाइ समेत रहेका काँग्रेस उम्मेदवार रामकृष्णले १० हजार​ ९६६ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार मोहन चापागाईँले १० हजार ८८८ मतसहित पछ्याई रहेका छन् । मोहनभन्दा रामकृष्ण ८८ मतले अगाडि छन् । उपमेयरमा भने एमालेकी जागेस्वरी चौधरीको फराकिलो अग्रता छ । उनले १० हजार​ ५८८ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ५३५१ मत ल्याएका छन्…

Read More

भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा खसेको मतमध्ये ९० हजार ३ सय ८ मत गणना सकिएको छ । जसअनुसार गठबन्धनकी उम्मेदवार रेणु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्। उनले अर्को एमाले—राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्। यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्। उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतले विजयी भएका छन् । उनले नेपाली गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार बढी मतान्तरले पराजित गरे । हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् । यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन् । उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले…

Read More

काठमाडौं- स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइरहेको छ । मौसमविद् का अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । शनिबार राति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो । यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । प्रि मनसुनको सुरुका महिना सुक्खा भए पनि गएको वैशाख महिनादेखि लगातारजसो…

Read More