Author: महेन्द्रनगर पोष्ट

कैलाली- सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ । विहान साढे ७ बजे सर्वदलीय बैठक बोलाइएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उनका अनुसार मतपेटिका संकलनलगायत प्रक्रियामा समय लाग्ने भन्दै शुक्रबार राति मतगणना गरिएको थिएन । तर मतगणना गर्न माग गर्दै युवाहरूले शुक्रबार राति १२ बजेदेखि नाराबाजे गरेका छन् । यसरी नाराबाजी गर्ने युवाहरूमाथि प्रहरीले राति लाठी चार्जसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मतगणनास्थलमा नारावाजी हुन थालेपछि भिड नियन्त्रणमा लिन लाठी चार्ज गरेको बताएका छन् ।

Read More

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि मतदान स्थगित भएको जनाएको हो । उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगको भनाइ छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको आयोगले जानकारी दिएको छ । त्यस्तै मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका सङ्कलन भइसकेपछि मतगणना यथाशीघ्र सुरु गरिने…

Read More

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणना हिमाली जिल्ला मनाङबाट सुरु भएको छ । जिल्लाको चामे गाउँपालिकामा मतगणना सुरु भएको हो । कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् । एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । जिल्लाका अन्य पालिकाहरुमा भने मतगणना सुरु नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरका सहायक मतदान अधिकृतको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । स्थानीय तहको निर्वाचन सकिएर घर फर्किदै गर्दै वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ बर्षीय हृदय ढकालको मृत्यु भएको हो । उनी वीरेन्द्रनगर नगरपालिकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृत हुन् । वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएपछि बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएर उनको ेमृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले देशभर शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साह पूर्वक सहभागि भएर निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्दै उनले सामाजिक सञ्जालमार्फत कृतज्ञता व्यक्त गरेका छन् ।

Read More

रामेछाप – रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएकाे छ। रामेछाप नगरपालिका १ गोठगाउँबाट रामेछाप बजारतर्फ जाँदै गरेकाे ना ७ ख ३५०४ नम्बरको गाडी दुर्घटना परेकाे हाे । गाडी दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । गाडीकाे ब्रेक फेल भएर भएकाे दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएका छन।

Read More

काठमाडौं –  प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चार माध्यममध्ये आचारसंहिता विपरितका सामग्री सम्प्रेषित गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो । ती मध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

Read More

कैलाली- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले मतदानमा सहभागिता जनाइनन् । झण्डै दुई हप्ता सुदूरपश्चिम बसेर कांग्रेसका उम्मेदवारका लागि मत मागेकी राणाले अन्तिममा आफै मतदान गरिनन् । उनी प्रचारप्रसारका लागि गृहजिल्ला डडेल्धुरा समेत गएकी थिइन्। प्रधानमन्त्री एमव् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोलामा पुगेपनि राणा भने त्यहाँ पुगिनन् । असिग्राम मावि रुवाखोला ‘ख’ का मतदान अधिकृत सुरेन्द्रबहादुर कार्कीले नेतृ राणाको मतदाता नामावली पनि सोही मतदान केन्द्रमा छ । उनले राणा मत खसाल्न नआएको पुष्टि गरे । राणा अहिले काठमाडौंमै रहेको बुझिएको…

Read More

धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवाद भएपनि मतदान स्थगित गरिएको छ । मतदाताबाट मतदान गरिएको भन्दै दिउँसोदेखि विवाद बढेपछि मतदान स्थगित गरिएको हो । विवादपछि लामो समयसम्म सर्वदलीय बैठक मार्फत छलफल हुँदा समेत सहमति नभएपछि मतदान स्थगित गरिएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले बताइन् । अब मतदान कहिले भन्ने यकिन नभएको उनले बताइन् । निर्वाचन कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रक्रिया अघि बढाईने उनको भनाइ छ।

Read More

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा मतदान स्थगित भएको छ। डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि मतदान स्थगित भएको हो । स्थगित भएको निर्वाचन आगामी जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

Read More